bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 18
2 Kings 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 19 →
1
इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्य गर्न लागे।
2
जब तिनी राजा भए तब तिनी पच्चीस वर्षका थिए, र तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम जकरियाकी छोरी अबिया थियो।
3
आफ्ना पुर्खा दाऊदले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे।
4
तिनले अल्गा-अल्गा ठाउँहरू हटाइदिए, चोखा ढुङ्गाहरू भत्काइदिए, र अशेराका खम्बाहरू ढालिदिए। मोशाले बनाएको काँसाको साँपलाई तिनले टुक्रा-टुक्रा पारिदिए, किनकि त्यस बेलासम्म इस्राएलीहरूले त्यसको निम्ति धूप बालेका थिए। तिनीहरूले त्यसलाई नहूश्तान भन्थे।
5
हिजकियाले परमप्रभु इस्राएलका परमेश्वरमाथि भरोसा राखे। यहूदाका सबै राजाहरूमध्ये तिनका अघि हुने अथवा तिनीपछि आउने कुनै पनि तिनीजस्ता भएनन्।
6
तिनी परमप्रभुका भक्त भइरहे, र उहाँको पछि लाग्न छोड़ेनन्। परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू तिनले पालन गरे।
7
अनि परमप्रभु तिनीसँग रहनुहुन्थ्यो। तिनले गरेका सबै काममा तिनी सफल भए। तिनी अश्शूरका राजाको विरुद्धमा बागी भए, र उनको सेवा गरेनन्।
8
पलिश्तीहरूको देश गाजा र त्यसको इलाकासम्म, पहरादार बस्ने धरहरादेखि लिएर किल्ला भएको सहरसम्म तिनले जिते।
9
हिजकियाका शासनकालको चौथो वर्षमा, जो इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्ष थियो, अश्शूरका राजा शलमनेशेरले सामरियामाथि आक्रमण गरे, र त्यसलाई घेरा हाले।
10
तीन वर्षसम्म घेरा हालेपछि अश्शूरीहरूले त्यो कब्जा गरे। यसरी हिजकियाको छैटौँ वर्षमा, जो इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, सामरिया कब्जा गरियो।
11
अश्शूरका राजाले इस्राएलीहरूलाई अश्शूरमा लगे, र हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा उनले तिनीहरूलाई बसाले।
12
यो यही कारण भएको थियो, कि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार, अर्थात् परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्लङ्घन गरेका थिए। तिनीहरूले न त आज्ञाहरूमा ध्यानै दिए, न ती पालन गरे।
13
हिजकियाका राजकालको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्ला भएका सबै सहरहरूलाई आक्रमण गरेर ती कब्जा गरे।
14
यसैले यहूदाका राजा हिजकियाले लाकीशमा अश्शूरका राजाकहाँ यसो भनेर समाचार पठाए: “भूल मेरो भयो। मेरो देशबाट फर्किजानुहोस्, र मबाट जो तपाईं दाबी गरेर माग्नुहुन्छ, सो म तिर्नेछु।” अश्शूरका राजाले यहूदाका राजा हिजकियामाथि दश टन चाँदी र एक टन सुन दण्ड तोकिदिए।
15
यसैले हिजकियाले परमप्रभुको मन्दिरमा र राजमहलका भण्डारहरूमा भेट्टाएका सबै चाँदी उनलाई दिए।
16
त्यस बेला यहूदाका राजा हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र ढोकाका खामाहरू, जो तिनी आफैले सुनले मोहोरेका थिए, तीबाट सुन निकालेर अश्शूरका राजालाई दिए।
17
अश्शूरका राजाले आफ्ना सर्वोच्च सेनापति, आफ्ना मुख्य अधिकृत र आफ्ना रणभूमिका सेनापतिलाई एउटा ठूलो सेनाको साथमा लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। उनीहरू उक्लेर यरूशलेममा आए, र धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा अड़िए।
18
उनीहरूले राजा बोलाइपठाए, अनि राजमहलका सञ्चालक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ उनीहरूसँग भेट गर्नलाई गए।
19
रणभूमिका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन: “‘अश्शूरका महाराजा यसो भन्नुहुन्छ:
20
तिमीहरू केमा भर परेर भरोसा गर्दैछौ? तिमीसित युद्ध-कला र सैनिक बल छन् भनी तिमी भन्छौ— तर तिमी त हावाको कुरा मात्र बोल्दछौ। तिमी कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी भयौ।
21
अब हेर, तिमी मिश्रदेशमाथि भरोसा गर्दैछौ। त्यो त एउटा चिराचिरा पारिएको नर्कटजस्तै मात्र हो, जसमाथि कोही भर पर्छ भने त्यसले मानिसको हात घोच्छ र त्यसलाई चोट लाग्छ। त्यसमाथि भरोसा राख्ने सबैका निम्ति मिश्रदेशका राजा फारो त्यस्तै त छ।
22
अनि यदि तिमी “हामी त परमप्रभु हाम्रा परमेश्वरमाथि भरोसा गर्दैछौं” भनेर भन्छौ भने, के त्यो त्यही होइन, जसका अल्गा-अल्गा ठाउँहरू र वेदीहरूलाई हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई यसो भनेका थिए, “तिमीहरूले यरूशलेममा भएको यस वेदीको सामुन्ने उपासना गर्नुपर्छ।”
23
“‘अब मेरा मालिक अश्शूरका राजासँग सौदा गर्नुहोस्। यदि सवार गर्नेहरू पाउन सक्नुहुन्छ भने म तपाईंलाई दुई हजार घोड़ाहरू दिनेछु।
24
मेरा मालिकका अधिकारीहरूमध्येका सबैभन्दा साना अधिकृतलाई पनि तपाईं कसरी पछि हटाउन सक्नुहुन्छ र— यद्यपि तपाईं रथहरू र घोड़चढ़ीहरूका निम्ति मिश्रदेशमाथि भरोसा गर्नुहुन्छ।
25
अरू कुरा, के परमप्रभुको वचनविना आक्रमण गर्न र यस देशलाई नाश गर्न म आएको हुँ? परमप्रभु आफैले नै मलाई “यस देशलाई आक्रमण गरेर त्यसलाई सर्वनाश गर्नू” भनी भन्नुभएको छ’।”
26
तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले ती रणभूमिका सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस्, किनभने त्यो भाषा हामी बुझ्छौं। पर्खालमा भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा नबोल्नुहोस्।”
27
तर सेनापतिले जवाफ दिए, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्ने यी मानिसहरूलाई पनि होइन र? तिमीहरूले जस्तै तिनीहरूले आफ्नै मलमूत्र खानुपर्नेछ।”
28
तब ती सेनापति खड़ा भएर हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज अश्शूरका राजाको वचन सुन।
29
राजा यसो भन्नुहुन्छ: हिजकियाले तिमीहरूलाई धोका नदेओस्। मेरो हातबाट त्यसले तिमीहरूलाई छुटाउन सक्दैन।
30
‘परमप्रभुले निश्चय नै हामीहरूलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा सुम्पिदिइनेछैन’ भनी तिमीहरूलाई परमप्रभुमाथि भरोसा गर्न हिजकियाले खुरन्धार नलागोस्।
31
“हिजकियाको कुरा नसुन। अश्शूरका राजा यसो भन्नुहुन्छ: “मसित सन्धि गर, र मकहाँ बाहिर निस्किआओ। तब तिमीहरू हरेकले आ-आफ्नो लहराको फल र नेभाराको फल खानेछौ, र आफ्नै कूवाको पानी पिउनेछौ,
32
जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, भद्राक्षका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा म आएर लानेछैनँ। मृत्युको सट्टा जीवन चुन! “हिजकियाको कुरा नसुन। ‘परमप्रभुले हामीहरूलाई बचाउनुहुनेछ’ भनी त्यसले त तिमीहरूलाई धोका दिँदैछ।
33
के कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट बचाउन सकेको छ र?
34
हमात र अर्पादका देवताहरू कता गए? सपर्बेम, हेना र इव्वाका देवताहरू खोइ त? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाए त?
35
के यी देशहरूका सबै देवताहरूमध्ये कसैले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेको छ? परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्छ र?”
36
तर मानिसहरू सबै चूपचाप बसे र जवाफमा केही पनि भनेनन्, किनभने राजाले यस्तो हुकुम दिनुभएको थियो, “उनलाई जवाफ नदिनू।”
37
तब राजमहलका सञ्चालक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआले आ-आफ्ना लुगा च्याते, र हिजकिया राजाकहाँ आएर रणभूमिका सेनापतिले भनेका कुरा सुनाइदिए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25