bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 8
2 Kings 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 9 →
1
अब जुन स्त्रीको छोरालाई एलीशाले पुनर्जीवित पारेका थिए, त्यस स्त्रीलाई तिनले भनेका थिए, “तिम्रो परिवारसमेत यहाँबाट गइहाल, र केही समयको लागि जहाँ हुन्छ त्यहीँ प्रवास गर, किनभने परमप्रभुले सात वर्षसम्म अनिकालको उर्दी घोषणा गर्नुभएको छ।”
2
परमेश्वरका जनले भनेझैँ ती स्त्रीले गरिन्। तिनी आफ्नो परिवारसमेत गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्ष बसिन्।
3
सात वर्षको आखिरमा तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्, र आफ्नो घर र जग्गाजमिन फिर्ता पाउनलाई बिन्ती गर्न राजाकहाँ गइन्।
4
त्यस बेला राजाचाहिँ परमेश्वरका जनको चाकर गेहजीसँग यसो भनेर कुरा गर्दैथिए, “एलीशाले गरेका सबै महान् कार्यहरूका विषयमा मलाई भन्।”
5
जब गेहजीले एलीशाले मरेकालाई कसरी प्राण दिए भनी राजालाई वर्णन गरिरहेको थियो, त्यही स्त्री, जसको छोरालाई एलीशाले मरेकाहरूबाट जीवित पारेका थिए, आफ्नो घर र जग्गाजमिनको निम्ति राजालाई बिन्ती गर्नलाई आइन्। गेहजीले भन्यो, “हे मेरा प्रभु महाराजा, यिनै स्त्री हुन्, र एलीशाले पुनर्जीवित पारेको तिनको छोरो यही हो।”
6
राजाले ती स्त्रीलाई त्यस विषयमा सोधे, र तिनले पनि बताइदिइन्। तब राजाले तिनको मुद्दा एउटा अधिकारीको जिम्मामा लगाइदिए, र तिनलाई भने, “तिनका सबै जग्गाजमिन र तिनले देश छोड़ेर गएको समयदेखि अहिलेसम्मका जग्गाजमिनबाट आएको आम्दानीसमेत तिनलाई फिर्ता गरिदिनू।”
7
एलीशा दमस्कसमा गए, र त्यस बेला अरामका राजा बेन-हदद बिरामी परेका थिए। जब राजालाई “परमेश्वरका जन यहाँ आएका छन्” भनी सुनाइयो,
8
तब उनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्वरका जनलाई भेट गर्न जाऊ। तिनीद्वारा परमप्रभुसित सल्लाह लेऊ, र सोध, “के यस रोगबाट म निको हुन्छु कि’?”
9
हजाएल आफूसित दमस्कसमा सबै किसिमका असल-असल थोकहरू उपहार स्वरूप चालीस वटा ऊँटमाथि बोकाएर गए। उनी भित्र गए, र अगमवक्ताको सामुन्ने उभिए, र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई यो कुरा सोध्नलाई तपाईंकहाँ पठाउनुभएको छ।” “के म यस रोगबाट निको हुन्छु’?”
10
एलीशाले जवाफ दिए, “गएर उनलाई भन, ‘तिमी निश्चय नै निको हुनेछौ।” तर परमप्रभुले मलाई यो कुरा प्रकट गर्नुभएको छ, कि वास्तवमा उनी मर्नेछन्।”
11
तिनले एक टक लाएर एकोहोरो हजाएललाई हेरिरहे, र उनलाई शर्म लाग्यो। तब परमेश्वरका जन रुन लागे।
12
हजाएलले सोधे, “हे मेरा प्रभु, तपाईं किन रुँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “किनभने तिमीले इस्राएलीहरूमाथि गर्ने बुराइ म जान्दछु। तिमीले तिनीहरूका किल्लाहरूमा आगो लाउनेछौ, र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भूँइमा पछारेर मार्नेछौ, र गर्भवती स्त्रीहरूका पेट चिर्नेछौ।”
13
हजाएलले भने, “म त जाबो एउटा कुकुरले यस्तो ठूलो काम कसरी गर्न सकुँला र?” एलीशाले जवाफ दिए, “तिमी अरामका राजा हुनेछौ भनी परमप्रभुले मलाई देखाउनुभएको छ।”
14
यसपछि हजाएल एलीशाबाट बिदा भए, र आफ्ना मालिककहाँ फर्केर आए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने” भनी सोधे, उनले उत्तर दिए, “‘तपाईं निश्चय नै निको हुनुहुनेछ” भनी तिनले मलाई भने।”
15
तर भोलिपल्ट उनले एउटा बाक्लो कम्बल लिई पानीमा चोपेर राजाको मुख छोपिदिए, र यसरी उनी मरे। त्यसपछि हजाएल राजा भए।
16
इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा, जब यहोशापात यहूदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहूदाका राजा भएर राज्य सुरु गरे।
17
जब तिनी राजा भए तब यहोराम बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे।
18
आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही तिनले गरे।
19
तरै पनि आफ्ना दास दाऊदको खातिर परमप्रभुले यहूदालाई नाश गर्न इच्छा गर्नुभएन। उहाँले दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदाको निम्ति बलिरहने एउटा दियो कायम राख्ने प्रतिज्ञा गर्नुभएको थियो।
20
यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्नै राजा खड़ा गर्यो।
21
यसैले यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के।
22
एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्ना पनि त्यसै बेला बागी भयो।
23
यहोरामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
24
तब यहोराम आफ्ना पित्रहरूसँग सुते, र तिनीहरूसित दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा अहज्याह राजा भए।
25
इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न लागे।
26
जब तिनी राजा भए तब अहज्याह बाईस वर्षका थिए, र तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। तिनी इस्राएलका राजा ओम्रीकी एउटी नातिनी थिइन्।
27
अहज्याह आहाबको घरानाका चालहरूमा हिँड़े, अनि आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही तिनले गरे, किनकि विवाहले गर्दा तिनको सम्बन्ध आहाबको घरानासित थियो।
28
अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादमा लड़ाइँ गर्नलाई अहज्याह आहाबका छोरा योरामसित गए। तर अरामीहरूले योरामलाई घाइते बनाए।
29
यसैले अरामका राजा हजाएलसित लड़ाइँ गर्न जाँदा रामोत-गिलादमा पाएको चोटबाट निको हुनलाई राजा योराम यिजरेलमा फर्किगए। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25