bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 22
2 Kings 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 23 →
1
जब योशियाह राजा भए तब तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अदायाहकी छोरी यदीता थियो। तिनी बोस्कतकी थिइन्।
2
तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी देब्रे-दाहिने नलागी आफ्ना पुर्खा दाऊदकै सबै चालहरूमा हिँड़े।
3
आफ्नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्दिरमा पठाए।
4
तिनले भने, “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँपैसा तयार राख्नू भनी तिनलाई भन।
5
मन्दिरका मुख्य कर्मचारीहरूका हातमा त्यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मरम्मत गर्ने मानिसहरूलाई देऊन्।
6
अर्थात् सिकर्मी, डकर्मी र निर्माण गर्नेहरूलाई। मन्दिर मरम्मतको निम्ति काठपात र काटेका ढुङ्गाहरू तिनीहरूले किनून्।
7
तिनीहरूलाई दिइएको रकमको हरहिसाब तिनीहरूले नलिऊन्, किनभने तिनीहरू विश्वाससित काम गरिरहेका छन्।”
8
प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढ़े।
9
तब सचिव शापान राजाकहाँ गएर तिनलाई भने, “हजूरका अधिकारीहरूले परमप्रभुको मन्दिरमा भएको रकम लिएर मन्दिरमा काम गर्नेहरू र कामको हेरचाह गर्नेहरूलाई दिएका छन्।”
10
त्यसपछि सचिव शापानले राजालाई यो सूचना दिए, “प्रधान पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” अनि शापानले त्यो राजाको सामुन्ने पढ़ेर सुनाए।
11
जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते।
12
तिनले पूजाहारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका टहलुवा असायाहलाई यो हुकुम गरे:
13
“मेरो आफ्नै लागि, प्रजाको लागि र सबै यहूदाको लागि यो फेला पारेको पुस्तकमा के लेखिएको छ भनी गएर परमप्रभुसित सोधपूछ गर। हाम्रा विरुद्धमा परमप्रभुको भयानक रीस उठेको छ, किनभने हाम्रा पिता-पुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। हाम्रा विषयमा त्यहाँ लेखिएका सबै कुराअनुसार तिनीहरूले व्यवहार गरेका छैनन्।”
14
यसैले पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्।
15
तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,
16
“परमप्रभु यसो भन्नुहुन्छ: यहूदाका राजाले पढ़ेको यस पुस्तकमा लेखिएको हरेक कुराबमोजिम म यस स्थान र त्यसका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।
17
तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र आफ्नै हातले बनाएका सबै मूर्तिहरूद्वारा मलाई रीस उठाएका छन्। यसैकारण यस स्थानको विरुद्धमा मेरो रीस उठेको छ, र त्यो शान्त हुनेछैन’।
18
परमप्रभुलाई सोधपूछ गर्न पठाउने यहूदाका राजालाई तिमीहरूले यही कुरा भन, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ:
19
तेरो हृदय जवाफ दिनलाई उत्सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेको कुरा कि तिनीहरू श्रापित र उजाड़ हुनेछन् भन्ने सुनेर परमप्रभुको सामुन्ने तँ विनम्र भएकाले, र तैंले आफ्नो पोशाक च्यातेर मेरो उपस्थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्नुहुन्छ’।
20
यसैकारण म तँलाई तेरा पित्रहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित गाड़िनेछस्। यस ठाउँमाथि ल्याउने सबै सर्वनाश तेरा आँखाले देख्नेछैनन्।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्याए।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25