bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 12
2 Kings 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 13 →
1
येहूको सातौँ वर्षमा योआश राजा भए, र तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ सिब्या थियो। तिनी बेर्शेबाकी थिइन्।
2
यहोयादा पूजाहारीले तिनलाई सिकाएका सबै वर्षहरूभरि नै तिनले परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे।
3
तापनि अल्गा-अल्गा ठाउँहरू तिनले हटाएनन्। मानिसहरूले त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे।
4
योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा पवित्र भेटीको रूपमा जनगणनामा जम्मा गरेको रकम, व्यक्तिगत भाकल गरेको रकम र राजीखुशीसँग मन्दिरमा ल्याएको रकम जम्मा गर।
5
हरेक पूजाहारीले कुनै एक कोषाध्यक्षबाट रकम लिऊन्, र मन्दिरमा भएको कुनै पनि नोक्सानी मरम्मत गर्नलाई त्यो प्रयोग गरिओस्।”
6
तर योआश राजाको तेईसौँ वर्षसम्म पनि पूजाहारीहरूले मन्दिरको मरम्मत गरेका थिएनन्।
7
यसकारण योआश राजाले यहोयादा पूजाहारी र अरू पूजाहारीहरूलाई बोलाएर भने, “तिमीहरूले किन मन्दिरका भत्केका ठाउँहरू मरम्मत गरेका छैनौ? अब उप्रान्त तिमीहरूले आफ्ना कोषाध्यक्षहरूबाट रकम नलिनू, तर मन्दिरका मरम्मतको निम्ति त्यो हस्तान्तरण गर्नू।”
8
यसकारण मानिसहरूबाट रुपियाँ अब नलिने र मन्दिरका मरम्मतको निम्ति तिनीहरू आफैले जिम्मा नलिने भनी पूजाहारीहरू सहमत भए।
9
यहोयादा पूजाहारीले एउटा सन्दूक लिएर त्यसको बिर्कोमा प्वाल पारे। परमप्रभुको मन्दिरमा पस्ने ठाउँको दाहिनेतिर वेदीको छेउमा तिनले त्यो राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पूजाहारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हालिदिन्थे।
10
जब-जब तिनीहरूले त्यो सन्दूक धेरै रकमले भरिएको देख्थे, तब राजाका सचिव र प्रधान पूजाहारी आएर परमप्रभुको मन्दिरमा यसरी ल्याएका रुपियाँको हिसाब गरेर थैलाहरूमा हाल्थे।
11
तिनीहरूले रुपियाँपैसाको हिसाब लगाएपछि परमप्रभुको मन्दिरमा काम गर्नेहरूमाथि नियुक्त भएका मानिसहरूलाई त्यो रुपियाँपैसा दिन्थे। त्यसैबाट तिनीहरूले मन्दिरका निर्माणको काम गर्नेहरूलाई दिन्थे,
12
अर्थात् सिकर्मीहरू, डकर्मीहरू र ढुङ्गा काट्नेहरूलाई। परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाएका ढुङ्गाहरू किने, र मन्दिरका पुनर्निर्माणको लागि अरू सबै खर्च गरे।
13
तिनीहरूले चाँदीका कचौराहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई परमप्रभुको मन्दिरमा ल्याएका रकमबाट खर्च गरेनन्।
14
त्योचाहिँ मन्दिर मरम्मत गर्न काम गर्ने मानिसहरूलाई दिइयो।
15
काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँपैसाको हरहिसाब तिनीहरूले लिएनन्, किनभने तिनीहरूले पूरै ईमानदारीसाथ काम गर्थे।
16
दोषबलि र पापबलिका भेटीको रकमचाहिँ परमप्रभुको मन्दिरमा ल्याइँदैनथ्यो। त्योचाहिँ पूजाहारीहरूकै हुन्थ्यो।
17
प्राय: त्यसै बेला अरामका राजा हजाएलले उक्लेर गई गातमाथि आक्रमण गरी त्यो दखल गरे। त्यसपछि उनी यरूशलेमलाई आक्रमण गर्न अगि फर्के।
18
तर यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, योराम र अहज्याहले समर्पण गरेका सबै पवित्र थोकहरू र आफैले समर्पण गरेका उपहारहरू र परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूमा भेट्टाएका सबै सुन लिएर अरामका राजा हजाएलकहाँ पठाइदिए। त्यसपछि उनी यरूशलेमबाट फर्के।
19
योआशको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
20
तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा मारे।
21
तिनलाई मार्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25