bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 19
2 Kings 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 20 →
1
जब हिजकिया राजाले यो सुने, तब तिनले आफ्ना लुगा च्याते, र भाङ्ग्रा लाएर परमप्रभुको मन्दिरभित्र पसे।
2
तिनले राजमहलका सञ्चालक एल्याकीम, सचिव शेब्ना र मुख्य-मुख्य पूजाहारीहरूलाई सबैले भाङ्ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए।
3
तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्नुहुन्छ: जसरी बच्चा जन्मनै लाग्दा त्यसलाई जन्माउन बल हुँदैन, आजको दिन कष्ट, निन्दा र तिरस्कारको दिन भएको छ।
4
शायद परमप्रभु तपाईंका परमेश्वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्नुहुनेछ होला, जसलाई उनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई गिल्ला गर्न पठाएका थिए, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको कुराको कारण उहाँले उनलाई हप्काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्ति प्रार्थना चढ़ाइदिनुहोस्।”
5
जब हिजकियाले पठाएका अधिकारीहरू यशैयाकहाँ आए,
6
तब यशैयाले तिनीहरूलाई भने, “आफ्ना मालिकलाई भन, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले सुनेका कुराले गर्दा तँ नडरा— जुन कुराहरूले अश्शूरको राजाका चाकरहरूले मेरो निन्दा गरेका छन्।
7
ध्यानसित सुन्! म त्यसमा एउटा यस्तो आत्मा हालिदिनेछु, कि जब त्यसले कुनै एउटा प्रतिवेदन सुन्नेछ, तब त्यो आफ्नै देशमा फर्किजानेछ, र म त्यहाँ त्यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”
8
रणभूमिका सेनापतिले यो सुने कि अश्शूरका राजाले लाकीश छोड़े, तब उनी फर्के, र राजाले लिब्नाको विरुद्धमा लड़ाइँ गरिरहेका उनले भेट्टाए।
9
अब मिश्रदेशका कूशी राजा तिर्हाकाह आफूसित लड़ाइँ गर्नलाई आइरहेका छन् भनी सनहेरीबले प्रतिवेदन पाए। यसैले उनले फेरि यहूदाका राजा हिजकियाकहाँ यसो भनेर समाचारवाहक पठाए,
10
“यहूदाका राजा हिजकियालाई भन्नू: ‘यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन’ भन्ने तिमीले भरोसा गरेका देवताले तिमीलाई धोका नदेऊन्।
11
अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन्, र तिनीहरूलाई कसरी सम्पूर्ण सर्वनाश गरेका छन् सो तिमीले निश्चय नै सुनेकै छौ। अनि के तिमी छुटकारा पाउने आशा गर्दछौ र?
12
के मेरा पिता-पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटकारा दिए त— गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूका देवताहरू?
13
हमातका राजा, अर्पादका राजा वा सपर्बेम सहरका राजा, अथवा हेना वा इव्वाका राजाहरू कहाँ छन् त?”
14
हिजकियाले यो चिट्ठी समाचारवाहकहरूबाट लिए, र पढ़े। तब तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए, र परमप्रभुको सामुन्ने त्यो खोलेर राखिदिए।
15
र हिजकियाले परमप्रभुमा यो प्रार्थना चढ़ाए: “हे परमप्रभु, इस्राएलका परमेश्वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईं मात्र परमेश्वर हुनुहुन्छ। तपाईंले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो!
16
हे परमप्रभु, आफ्ना कान खोलेर सुन्नुहोस्! हे परमप्रभु, आफ्ना आँखा खोलेर हेर्नुहोस्। जीवित परमेश्वरलाई ठट्टा गर्न सनहेरीबले पठाएका कुराहरू सुन्नुहोस्।
17
“हे परमप्रभु, यो कुरा साँचो हो, कि अश्शूरका राजाहरूले यी जाति-जातिहरू र यिनीहरूका देशहरूलाई उजाड़ पारेका छन्।
18
उनीहरूले यिनीहरूका देवताहरूलाई आगोमा हालेर सर्वनाश पारिदिएका छन्, किनकि तिनीहरू त ईश्वर थिएनन्, तर मानिसहरूका हातले बनाएका काठ र ढुङ्गा मात्र थिए।
19
अब हे परमप्रभु हाम्रा परमेश्वर, उनको हातबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यहरूले यो जानून् कि परमप्रभु, तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
20
तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ एउटा समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अश्शूरका राजा सनहेरीबको विषयमा तैंले मलाई चढ़ाएको प्रार्थना मैले सुनें।
21
त्यसको विरुद्धमा परमप्रभुले भन्नुभएको वचन यही हो: “‘सियोनकी कन्ये-छोरीले तेरो निन्दा गर्छे, र तेरो गिल्ला गर्छे। तँ भागेर जाँदा यरूशलेमकी छोरीले आफ्नो शिर हल्लाउँछे।
22
तैंले कसको ठट्टा र निन्दा गरिस्? कसको विरुद्धमा तँ चिच्च्याइस्, र घमण्डले तेरा आँखा उठाइस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो!
23
आफ्ना समाचारवाहकहरूद्वारा तैंले परमप्रभुमाथि अनादर थुपारिस्, र तैंले भनिस्, “मेरा धेरै रथहरूसित म पहाड़का टाकुराहरूमा चढ़ेको छु, लेबनानका सबैभन्दा उच्च टाकुराहरूमा। मैले त्यसका सबैभन्दा अल्गा देवदारुका रूखहरू, त्यसका सबैभन्दा असल सल्लाका रूखहरू ढालें। म त्यसको पल्लो कुनामा, त्यसका सबैभन्दा सुन्दर वनहरूमा पुगें।
24
मैले विदेशी ठाउँहरूमा कूवा खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले मिश्रदेशका खोलाहरू सुकाइदिएँ।”
25
“‘के तिमीहरूले सुनेका छैनौ र? उहिले नै मैले त्यो ठहराएँ। तादिका दिनमा नै मैले त्यो युक्ति रचें। अब मैले यो पूरा गरेको छु, कि तैंले किल्ला भएका सहरहरूलाई ढुङ्गाहरूका थुप्रा तुल्याएको छस्।
26
तिनीहरूका नगरवासीहरूको बल सुकेर तिनीहरू निराश भएर लज्जित भएका छन्’।” तिनीहरू मैदानका बोटहरूजस्तै, कलिला हरिया मुनाहरूझैँ छन्, उम्रन अघि नै सुकिहाल्नेजस्तै छन्।
27
“‘तर तँ कहाँ बस्छस् म जान्दछु। तँ बाहिर गएको र भित्र आएको मलाई थाहा छ। मेरो विरुद्धमा तेरो रीसको झोँक म जान्दछु।
28
तैंले मेरो विरुद्धमा झोँक देखाएकोले, र तेरो अहङ्कार मेरो कानमा पुगेको कारणले, म तेरो नाकमा बल्छी र तेरो मुखमा लगाम लगाइदिनेछु, र तँ आएकै बाटो भएर म तँलाई फर्कन लाउनेछु’।”
29
“ए हिजकिया, तेरो निम्ति चिन्हचाहिँ यो हुनेछ: यो साल तिमीहरूले आफै उम्रेका अन्न खानेछौ। दोस्रो साल त्यसैबाट उम्रेका खानेछौ। तर तेस्रो सालचाहिँ तिमीहरू छर र कटनी गर, दाखबारी लगाओ र त्यसको फल खाओ।
30
फेरि यहूदाका घरानाका बाँचेकाहरूले भूइँमुनि जरा हाल्नेछन्, र जमिनमाथि फल उमार्नेछन्।
31
किनभने यरूशलेमबाट एउटा बाँकी रहेको भाग, र सियोन डाँड़ाबाट बाँचेकाहरूको एक दल निस्केर आउनेछन्। सर्वशक्तिमान् परमप्रभुको जोशले यो काम पूरा गर्नेछ।
32
“यसैकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “त्यो यस सहरभित्र पस्नेछैन, अथवा त्यसले एउटा काँड़ पनि यहाँ हान्नेछैन। त्यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन।
33
त्यो आएकै बाटो भएर फर्किजानेछ। यस सहरभित्र त्यो पस्नेछैन, परमप्रभु यही घोषणा गर्नुहुन्छ।
34
मेरो खातिर र मेरो दास दाऊदको खातिर म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु।”
35
त्यस रात परमप्रभुका स्वर्गदूत निस्के, र तिनले अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लाशहरू मात्र थिए।
36
यसैले अश्शूरका राजा सनहेरीब आफ्नो छाउनी उठाएर फर्किगए। उनी निनवेमा फर्केर गई बस्न लागे।
37
एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25