bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 6
2 Kings 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 7 →
1
अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, तपाईंसित भेट गर्न हामी बसेको यो ठाउँ हाम्रा निम्ति साह्रै साँघुरो छ।
2
यर्दन नदीमा हामी जाऔं, जहाँ हरेकले काठ पाउन सक्छ, र हामी त्यहाँ आफ्ना निम्ति बस्ने घर बनाऔं।” तिनले भने, “जाओ।”
3
तब तीमध्ये एक जनाले भने, “हजूर, आफ्ना दासहरूसँग आउनुहुन्न र।” एलीशाले जवाफ दिए, “म आउँछु।”
4
अनि तिनी उनीहरूसँग गए। उनीहरूले यर्दन नदीमा पुगेपछि रूखहरू ढाल्न सुरु गरे।
5
एउटा रूख काट्दाकाट्दै एक जनाको बन्चरो बीँड़बाट खुस्केर पानीभित्र खस्यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्याएको बन्चरो पो थियो।”
6
ती परमेश्वरका जनले सोधे, “त्यो कहाँ खस्यो?” जब उनले तिनलाई यो ठाउँ देखाइदिए, तब एलीशाले एउटा लट्ठी काटेर त्यहाँ हालिदिए, र त्यो बन्चरो माथि उत्रँदै निस्क्यो।
7
तब तिनले भने, “उठाएर लैजाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर त्यो उठाएर लगे।
8
अब अरामका राजा इस्राएलसित लड़ाइँ गरिरहेका थिए। उनले आफ्ना अधिकृतहरूसँग सल्लाह गरे, र भने, “म फलानो ठाउँमा मेरो छाउनी बनाउनेछु।”
9
परमेश्वरका जनले इस्राएलका राजालाई यसो भनेर खबर पठाए, “त्यस ठाउँबाट भएर जानलाई होशियार रहनुहोस्। किनभने अरामीहरू त्यहाँ गइरहेका छन्।”
10
यसैले जुन ठाउँको विषयमा परमेश्वरका जनले तिनलाई सङ्केत दिएका थिए, त्यहाँ इस्राएलका राजाले हेर-विचार गरे। एलीशाले राजालाई घरीघरी चेताउनी दिन्थे, त्यसैले त्यस्ता ठाउँहरूमा तिनी सतर्क बसे।
11
यसले गर्दा अरामका राजा क्रोधित भए। उनले आफ्ना अधिकृतहरूलाई बोलाएर कड़ा गरी सोधे, “के तिमीहरू मलाई भन्दैनौ, हामीहरूमध्येको कुनचाहिँ इस्राएलका राजाको पक्षमा छ?”
12
उनका अधिकृतहरूमध्येका एक जनाले भने, “हे मेरा प्रभु महाराजा, हामीमध्ये कोही छैन, तर इस्राएलका अगमवक्ता एलीशाले इस्राएलका राजालाई तपाईंले आफ्नो सुत्ने कोठामा बोल्नुभएका सबै कुरा बताइदिन्छन्।”
13
राजाले हुकुम गरे, “गएर तिनी कहाँ छन् पत्ता लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” “तिनी त दोतानमा छन्” भन्ने खबर तिनलाई बताइयो।
14
तब राजाले घोड़ाहरू र रथहरू भएको एउटा शक्तिशाली फौज त्यहाँ पठाए। उनीहरू राती गएर त्यस सहरलाई घेरे।
15
जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”
16
ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।”
17
तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्।” तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्निमय घोड़ाहरू र रथहरूले भरिएका देख्यो।
18
जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्धा पारिदिनुहोस्।” एलीशाले बिन्ती गरेझैँ उहाँले उनीहरूलाई अन्धा पारिदिनुभयो।
19
तब एलीशाले उनीहरूलाई भने, “यो बाटो होइन। यो सहर पनि होइन। मेरो पछि लाग, र म तिमीहरूले खोजेको मानिसकहाँ तिमीहरूलाई पुर्याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्याए।
20
उनीहरू सहरमा पसेपछि एलीशाले यसो भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोलिदिनुहोस्, र उनीहरूले फेरि देख्न सकून्।” अनि उहाँले उनीहरूका आँखा खोलिदिनुभयो, र उनीहरूले हेरे, र आफूलाई सामरियाभित्र पो रहेछौं भनी देखे।
21
जब इस्राएलका राजाले उनीहरूलाई देखे, तब तिनले एलीशालाई सोधे, “हे मेरा पिता, के म यिनीहरूलाई मारौं? के म यिनीहरूलाई मारौं?”
22
तिनले जवाफ दिए, “उनीहरूलाई नमार्नुहोस्। के तपाईंले आफ्नै तरवार र धनुले कैद गरेका मानिसहरूलाई मार्नुहुन्थ्यो र? तपाईंले यिनीहरूका अगि खानेकुरा र पानी राखिदिनुहोस्, ताकि यिनीहरू खानपान गरेर आफ्ना मालिककहाँ जाऊन्।”
23
तब तिनले उनीहरूका निम्ति एउटा ठूलो भोज दिए, र उनीहरूले खानपान गरिसकेपछि तिनले उनीहरूलाई पठाइदिए, र उनीहरू आफ्ना मालिककहाँ फर्के। यसरी अरामीहरूका दलहरूले लूटपीट गर्न इस्राएलीहरूमाथिको आक्रमणलाई रोकिदिए।
24
त्यसको केही समयपछि अरामका राजा बेन-हददले आफ्नो सारा सेना जम्मा गरेर सामरियातर्फ अगि बढ़ेर त्यसलाई घेरा हाले।
25
सहरमा घोर अनिकाल पर्यो। घेरा यति लामो भयो, कि गधाको एउटा टाउको एक किलोग्राम चाँदी, र एक मुट्ठी सिमी पचपन्न ग्राम चाँदीको दाम भयो।
26
जब इस्राएलका राजा सहरको पर्खालमा हिँड़िरहेका थिए, तब एउटी स्त्रीले हपारेर तिनलाई भनी, “हे मेरा प्रभु महाराजा, मलाई सहायता गर्नुहोस्!”
27
राजाले जवाफ दिए, “यदि परमप्रभुले नै तँलाई केही सहायता गर्नुभएन भने मैले तेरो निम्ति कहाँबाट सहायता पाउने? खलाबाट कि दाख-कुण्डबाट?”
28
तब तिनले सोधे, “तिमीलाई के भयो त?” त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘आज खानलाई तिम्रो छोरो देऊ। भोलिचाहिँ हामी मेरो छोरो खाऔंला’।
29
तब हामीले मेरो छोरो पकाएर खायौं। भोलिपल्ट मैले त्यसलाई भनें, ‘आज खानलाई तिम्रो छोरो ल्याऊ,’ तर त्यसले त्यसलाई लुकाई।”
30
राजाले त्यस स्त्रीको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते। जब तिनी पर्खालमा हिँड़िरहेका थिए तब मानिसहरूले तिनलाई देखे र राजाको जीउमा भित्रपट्टि भाङ्ग्रा लाएका देखे।
31
तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर त्यसका काँधमा नै रह्यो भनेदेखि परमप्रभुले यो व्यवहार मात्र होइन, तर त्यसभन्दा पनि बढ़ी व्यवहार मसँग गरून्।”
32
अब एलीशा र धर्म-गुरुहरू पनि तिनीसँगै आफ्नो घरमा बसिरहेका थिए। राजाले एक जना समाचारवाहकलाई अगि पठाए, तर त्यो समाचारवाहक आइपुग्न अघि एलीशाले धर्म-गुरुहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्नलाई कसैलाई पठाएको तपाईंहरू देख्नुहुन्न? हेर, त्यो समाचारवाहक आइपुग्दा ढोका थुनिदेओ, र खूब जोडसित ठेलिराख। के त्यसका मालिकका पाइलाको आवाज त्यसको पछिपछि आएको होइन?”
33
तिनी यसरी तिनीहरूसँग बोल्दाबोल्दै त्यो समाचारवाहक आइपुगिहाल्यो। अनि राजाले भने, “यो सर्वनाश परमप्रभुबाट भएको हो! अब परमप्रभुको प्रतीक्षा मैले किन गरिरहने?”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25