bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 16
2 Kings 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 17 →
1
रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्य गर्न लागे।
2
जब आहाज राजा भए तब तिनी बीस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरेनन्।
3
इस्राएलका राजाहरूका चालमा तिनी हिँड़े। इस्राएलको सामुबाट जुन जातिहरूलाई परमप्रभुले निकाल्नुभएको थियो, तिनीहरूकै घिनलाग्दा चालमा हिँड़ेर तिनले आफ्नो छोरालाई पनि आगोमा होम गरे।
4
तिनले अल्गा-अल्गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।
5
तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकहले यरूशलेमको विरुद्धमा लड़ाइँ गरेर आहाजलाई घेरा हाले, तर तिनीहरूले जित्न सकेनन्।
6
त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर एलातलाई अरामको निम्ति फेरि लिए। तब एदोमीहरू एलातमा पसे, र आजको दिनसम्म त्यसमा बसोबास गरेका छन्।
7
आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर समाचारवाहकहरू पठाए, “म तपाईंको दास र तपाईंकै मातहत सेवक हुँ। मलाई आक्रमण गर्ने अरामका राजा र इस्राएलका राजाबाट आएर मलाई बचाउनुहोस्।”
8
अनि आहाजले परमप्रभुको मन्दिरमा र राजमहलका भण्डारहरूमा भेट्टाएका सुन र चाँदी लिएर कोसेलीको रूपमा अश्शूरका राजाकहाँ पठाए।
9
अश्शूरका राजाले तिनका कुरा सुने, र दमस्कसलाई आक्रमण गरेर उनले त्यो कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई निर्वासन गरेर कीरमा लगे, र रसीनलाई मारे।
10
तब राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरसित भेट गर्न दमस्कसमा गए। तिनले दमस्कसमा एउटा वेदी देखे, र त्यसका बनावटको सम्पूर्ण ढाँचा पूजाहारी उरियाहकहाँ पठाइदिए।
11
यसैले राजा आहाजले दमस्कसबाट पठाएको सम्पूर्ण ढाँचाबमोजिम पूजाहारी उरियाहले एउटा वेदी निर्माण गरे र राजा फर्कन अघि नै त्यो सिद्ध्याए।
12
जब राजा दमस्कसबाट फर्केर आए, तब तिनले त्यो वेदी हेरे, र त्यसको छेउमा गएर त्यसमा भेटी चढ़ाए।
13
तिनले आफ्नो होमबलि र अन्नबलि चढ़ाए, र अर्घ-बलि खन्याए र आफ्नो मेलबलिको रगत वेदीमाथि छर्के।
14
परमप्रभुको सामुन्ने भएको काँसाको वेदी तिनले परमप्रभुका मन्दिरको अगिबाट, अर्थात् नयाँ वेदी र परमप्रभुका मन्दिरको बीचबाट हटाएर त्यस नयाँ वेदीको उत्तरतिर राखिदिए।
15
त्यसपछि राजा आहाजले पूजाहारी उरियाहलाई यस्तो हुकुम गरे: “यस ठूलो नयाँ वेदीमा बिहानको होमबलि र बेलुकाको अन्नबलि, राजाको होमबलि र तिनको अन्नबलि, र देशका सबै मानिसहरूका होमबलि र तिनीहरूको अन्नबलि र अर्घ-बलि चढ़ाउने गर। वेदीमा होमबलि र बलिदानहरूको सबै रगत छर्कनू। तर काँसाको वेदीचाहिँ म आफ्नो पथप्रदर्शनको लागि प्रयोग गर्नेछु।”
16
राजा आहाजले हुकुम गरेझैँ पूजाहारी उरियाहले गरे।
17
राजा आहाजले ठेला-गाड़ीहरूबाट तिनका वरिपरि भएका पाटाहरू र तिनका बाटाहरू हटाए। तिनले विशाल खड्कुँलो त्यसलाई थामिराख्ने काँसाका साँढ़ेहरूबाट निकालेर ढुङ्गाको आधारमा राखे।
18
तिनले शबाथमा प्रयोग गरिने चँदुवा, जुनचाहिँ परमप्रभुको मन्दिरमा निर्माण गरिएका थिए, त्यो लगे, अनि परमप्रभुको मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वार तिनले अश्शूरका राजालाई सन्तुष्ट गराउन हटाइदिए।
19
आहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
20
आहाज आफ्ना पित्रहरूसित सुते, र दाऊदको सहरमा तिनीहरूसित गाड़िए। अनि तिनीपछि तिनका छोरा हिजकिया राजा भए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25