bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 11
2 Kings 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 12 →
1
जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब सबै राजघरानालाई नष्ट पार्न तिनी कारबाही गर्न लागिन्।
2
तर यहोराम राजाकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन्, र यसरी त्योचाहिँ मारिएन।
3
अतल्याहले देशमा शासन गर्दा यसरी त्यो आफ्नो धाईसित परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बस्यो।
4
सातौँ वर्षमा यहोयादाले एक सयको दलका कप्तानहरू, करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे, र तिनीहरूलाई परमप्रभुको मन्दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए।
5
तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्छौ— तिमीहरूमध्ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने,
6
एक-तिहाइ सूर ढोकामा बस्ने, र मन्दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्ने—
7
अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया शबाथमा खटाइएका कामबाट फुर्सत पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाका निम्ति मन्दिरको रक्षा गर्नू।
8
तिमीहरू हरेक मानिस आ-आफ्नो हतियार हातमा लिएर राजाको वरिपरि तैनाथ गर्नू। तिमीहरूका नजिक आउने जोसुकैलाई पनि मारिहाल्नू। राजा जहाँ गए तापनि तिमीहरू तिनको नजिकै रहनुपर्छ।”
9
यहोयादा पूजाहारीले हुकुम गरेबमोजिम नै एक-एक सयको दलका कप्तानहरूले गरे। हरेकले आ-आफ्ना मानिसहरू लिए— शबाथको काममा खटाइएकाहरू र काम सकेर फुर्सत पाएकाहरू दुवै— यहोयादा पूजाहारीकहाँ आए।
10
तब तिनले कप्तानहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊदका भालाहरू र ढालहरू दिए।
11
ती अङ्गरक्षकहरू हरेक आ-आफ्नो हतियार हातमा लिई वेदी र मन्दिर नजिकै मन्दिरको दक्षिणपट्टिबाट उत्तरपट्टिसम्मै राजालाई घेरेर बसे।
12
तब यहोयादाले राजाका छोरालाई बाहिर ल्याए, र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादाले तिनलाई करारको एउटा साक्षी-पत्र चढ़ाए, र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे, र मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्।”
13
जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरू कराएको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा भएका मानिसहरूकहाँ गइन्।
14
तिनले हेरिन्, र दस्तूरअनुसार राजालाई स्तम्भको छेउमा उभिएका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए, र देशका जम्मै मानिसहरू तुरही फुक्दै आनन्द मनाइरहेका थिए। तब अतल्याहले आफ्ना लुगा च्यातिन्, र कराएर भनिन्, “राजविद्रोह! राजविद्रोह!”
15
यहोयादा पूजाहारीले एक-एक सयको दलका कप्तानहरूलाई यसो भनेर हुकुम दिए, “तिनलाई मन्दिरको बाहिर ल्याओ, र तिनको पछि लाग्नेहरू सबैलाई तरवारले मार।” किनकि “तिनी परमप्रभुको मन्दिरमा नमारिऊन्” भनी पूजाहारीले भनेका थिए।
16
यसैले तिनी राजमहलका घोड़ाहरू पस्ने ठाउँमा पुग्दा तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनलाई मारे।
17
त्यसपछि यहोयादाले तिनीहरू परमप्रभुको प्रजा होऊन् भनी परमप्रभु, राजा र प्रजाका बीचमा करार बाँधे। तिनले राजा र प्रजाका बीचमा पनि एउटा करार बाँधे।
18
देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यो भत्काइदिए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे। तब यहोयादा पूजाहारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे।
19
तिनले आफूसित सय-सयका दलका कप्तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्दिरबाट राजमहलभित्र ल्याए। तब राजा राजगद्दीमा बसे,
20
र देशका सारा मानिसहरू आनन्दित भए। अनि सहरमा शान्ति भयो, किनभने अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्।
21
जब योआश राजा भए तब तिनी सात वर्षका थिए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25