bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 24
2 Kings 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 25 →
1
यहोयाकीमको राजकालमा बेबिलोनका राजा नबूकदनेसरले देशलाई आक्रमण गरे, र तीन वर्षसम्म यहोयाकीम उनका अधीनमा रहे। तर तीन वर्षपछि तिनले आफ्नो मन बद्लेर नबूकदनेसरको विरोधमा विद्रोह गरे।
2
परमप्रभुले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्मोनीहरूका लूटपीट गर्ने दलहरू पठाउनुभयो। परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा अगमवाणी गरेअनुसार यहूदालाई नाश गर्न उनीहरूलाई पठाउनुभयो।
3
मनश्शेले गरेका पापहरू र तिनले गरेका सबै काम अनि तिनले निर्दोषी रगत बगाएको कारणले तिनीहरूलाई आफ्नो सामुबाट निकालिदिने परमप्रभुको अभिप्राय पूरा हुन निश्चय नै परमप्रभुको आज्ञाअनुसार यी सबै यहूदामाथि हुन आए।
4
किनकि मनश्शेले निर्दोषी रगतले यरूशलेमलाई भरिदिएका थिए, र परमप्रभुले क्षमा गर्न चाहनुभएन।
5
यहोयाकीमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
6
यहोयाकीम आफ्ना पित्रहरूसित सुते, र तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।
7
मिश्रदेशका राजा उनको आफ्नै देश छोड़ेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर यूफ्रेटिस नदीसम्म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए।
8
जब यहोयाकीन राजा भए तब तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाउँ एल्नातानकी छोरी नहूश्ता थियो। तिनी यरूशलेमकी थिइन्।
9
आफ्ना पिताले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।
10
त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरू यरूशलेमतिर बढ़ेर त्यस सहरलाई घेरा हाले,
11
अनि आफ्ना अधिकृतहरूले त्यसलाई घेरा हालिरहेको बेलामा नबूकदनेसर स्वयम् सहरमा आइपुगे।
12
यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका टहलुवाहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले आफू-आफूलाई उनको हातमा सुम्पिदिए। बेबिलोनका राजाले आफ्नो शासनको आठौँ वर्षमा यहोयाकीनलाई कैद गरे।
13
परमप्रभुले घोषणा गर्नुभएझैँ परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूका सबै थोकहरू उनले हटाए, र परमप्रभुका मन्दिरको निम्ति इस्राएलका राजा सोलोमनले बनाएका सुनका सबै सामानहरू लगे।
14
उनले जम्मै यरूशलेमलाई निर्वासनमा लगे— जम्मै अधिकृतहरू र योद्धाहरू र सबै कारीगरहरू र कलाकारहरूलाई— सबै जम्मा दश हजार जनालाई कैद गरेर लगे। केवल साह्रै कङ्गालीहरूलाई मात्र उनले छोड़े।
15
नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। उनले यरूशलेमबाट राजमाता, तिनका पत्नीहरू, तिनका अधिकारीहरू र देशका अग्रगण्य मानिसहरूलाई यरूशलेमबाट बेबिलोनमा लगे।
16
बेबिलोनका राजाले सात हजार बलिया र लड़ाइँको निम्ति सुयोग्य योद्धाहरू र एक हजार कारीगर र कलाकारहरूलाई पनि बेबिलोनमा निर्वासन गरेर लगे।
17
उनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको सट्टामा राजा तुल्याए, र तिनको नाउँ सिदकियाह राखे।
18
जब सिदकियाह राजा भए तब तिनी एक्काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्नाकी थिइन्।
19
तिनले यहोयाकीमले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।
20
परमप्रभुको क्रोधले गर्दा यी सबै यरूशलेम र यहूदालाई हुन आए। आखिरमा उहाँले तिनीहरूलाई आफ्नो दृष्टिबाट निकालिदिनुभयो। तब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25