bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 14
2 Kings 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 15 →
1
इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्य गर्न लागे।
2
जब तिनी राजा भए तब तिनी पच्चीस वर्षका थिए, र तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो। तिनी यरूशलेमकी थिइन्।
3
तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे, तर तिनका पुर्खा दाऊदले गरेजस्तै त होइन। सबै कुरामा तिनले आफ्ना पिता योआशले गरेझैँ गरे।
4
तापनि डाँड़ाका अल्गा-अल्गा थानहरू तिनले हटाएनन्। मानिसहरूले त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे।
5
तिनको हातमा राज्य सुदृढ़ भएपछि तिनले आफ्ना ती अधिकारीहरूलाई मारे जसले तिनका पिता राजाको हत्या गरेका थिए।
6
तापनि मोशाका व्यवस्थाको पुस्तकमा लेखिएअनुसार यसो भन्ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनले हत्याराका छोराहरूलाई मारेनन्: “बुबाहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बुबाहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्नै अपराधहरूका निम्ति मरोस्।”
7
नूनको उपत्यकामा दश हजार एदोमीहरूलाई हराउने र लड़ाइँमा सेलालाई लिएर त्यसको नाउँ योक्तेल राख्ने तिनी नै थिए। त्यसको नाउँ आजको दिनसम्म त्यही हो।
8
त्यसपछि अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको चुनौती दिए, “आऊ, मसँग आमनेसामने लड़।”
9
तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई यस्तो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर समाचार पठायो, ‘तिम्री छोरी मेरो छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्यसबाट भएर आयो, र त्यस सिउँड़ीलाई कुल्चिदियो।
10
तिमीले साँच्चै एदोमलाई जित्यौ, र अहिले तिम्रो शेखी बढ़ेको छ। तिम्रो विजयमा गर्व गर, तर आफ्नै घरमा बस! आफ्नै र यहूदाको पनि पतनको निम्ति किन समस्या निम्त्याउछौं?”
11
तरै पनि अमस्याहले यस कुरामा ध्यानै दिएनन्। यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे, र तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एक-अर्काको सामना गरे।
12
यहूदा इस्राएलद्वारा पराजित भए, र हरेक मानिस आ-आफ्नो घरमा भाग्यो।
13
इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। त्यसपछि येहोआश यरूशलेममा गए, र एफ्राइमको ढोकादेखि कुने ढोकासम्म प्राय: दुई सय मिटर लामो सहरका पर्खालको एक भाग भत्काइदिए।
14
तिनले परमप्रभुको मन्दिरमा र राजमहलका भण्डारहरूमा भेट्टाएका सबै सुन र चाँदी र सबै चीजहरू लगे। तिनले धितो राखेका मानिसहरू पनि लगेर सामरियामा फर्के।
15
यहोआहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू र तिनका उपलब्धिहरू, र यहूदाका राजा अमस्याहको विरुद्ध गरेको युद्ध के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
16
येहोआश आफ्ना पित्रहरूसित सुते, र इस्राएलका राजाहरूसित सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यारोबाम राजा भए।
17
इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे।
18
अमस्याहको राजकालका अरू घटनाहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
19
तिनको विरुद्धमा यरूशलेममा एउटा षड्यन्त्र भयो, र तिनी लाकीशमा भागे। तर तिनीहरूले तिनको पछि लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे।
20
तिनको लाश घोड़ामाथि बोकाएर ल्याइयो, र तिनी आफ्ना पित्रहरूसित दाऊदको सहर यरूशलेममा गाड़िए।
21
तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका अजर्याहलाई लिएर तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।
22
अमस्याह आफ्ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।
23
यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबाम सामरियामा राजा भए, र तिनले एकचालीस वर्ष राज्य गरे।
24
तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, र इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट फर्केनन्।
25
परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना दास गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा भन्नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमाना फेरि स्थिर गर्ने तिनी नै थिए।
26
कुनै फुक्का कि बँधुवा होस्, इस्राएलले साह्रै कष्ट भोगेको परमप्रभुले देख्नुभएको थियो। तिनीहरूलाई सहायता गर्ने कोही थिएन।
27
पृथ्वीबाट इस्राएलको नाउँनिशानै मेटिदिन्छु भनी परमप्रभुले नभन्नुभएको हुनाले, उहाँले येहोआशका छोरा यारोबामको हातद्वारा तिनीहरूलाई बचाउनुभयो।
28
यारोबामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू र सैनिक उपलब्धिहरू, अनि दमस्कस र हमात, जो यहूदाका थिए, इस्राएलको निम्ति फेरि प्राप्त गरेको कुरा के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
29
यारोबाम आफ्ना पित्र इस्राएलका राजाहरूसित सुते, र तिनीपछि तिनका छोरा जकरिया राजा भए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25