bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 4
2 Kings 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 5 →
1
अगमवक्ताहरूमध्ये एक जनाकी पत्नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्याउन उहाँका साहूकार आइरहेछन्।”
2
एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।” तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्कोमा तेलबाहेक अरू केही पनि छैन।”
3
एलीशाले भने, “गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्काहरू मागेर ल्याऊ। थोरै मात्र नमाग।
4
त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्कोको तेल ती सबै भाँड़ाहरूमा खन्याऊ, र भरिएका भाँड़ाहरू अलग्गै राख।”
5
तिनी एलीशाबाट बिदा भइन्, र आफ्ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्। उनीहरूले भुँडुल्काहरू ल्याए र तिनले ती भर्दैगइन्।
6
जब ती सबै भरिसके, तिनले आफ्नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्को ले।” तर त्यसले जवाफ दियो, “अब एउटै भुँडुल्को पनि छैन।” तब तेल आउन पनि बन्द भयो।
7
ती विधवा गएर परमेश्वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्नेछौ।”
8
एक दिन एलीशा शूनेममा गए। त्यहाँ एउटी धनाढ्य स्त्री थिइन्, जसले तिनलाई खानपान गर्न जिद्दी गरिन्। यसैले जब एलीशा त्यहाँबाट भएर जान्थे, तब खानपान गर्नलाई केही समय बस्थे।
9
ती स्त्रीले आफ्ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।
10
कौसीमा तिनको निम्ति हामी एउटा सानो कोठा बनाइदिऔं, र त्यहाँ तिनको निम्ति एउटा ओछ्यान, एउटा टेबिल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔं। तब तिनी यहाँ हामीकहाँ आउँदा त्यहीँ नै बस्न सक्छन्।”
11
एक दिन एलीशा आएर कौसीको आफ्नो कोठामा गएर विश्राम गर्नलाई पल्टे।
12
तिनले आफ्नो चाकर गेहजीलाई भने, “त्यस शूनम्मी स्त्रीलाई बोलाएर ले।” त्यसले तिनलाई बोलाएर ल्याए, र तिनी ती अगमवक्ताको सामुन्ने उभिइन्।
13
एलीशाले आफ्नो चाकरलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्ति यी सबै दु:ख गरेका छौ। अब तिम्रो निम्ति के गर्न सकिन्छ। के हामी तिम्रो पक्षमा राजासित अथवा सेनापतिसित तिम्रो केही कुरा गरिदिन सक्छौं’?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै मानिसहरूका बीचमा मेरो घर छँदैछ।”
14
एलीशाले गेहजीलाई भने, “तिनको निम्ति म के गर्न सक्छु?” गेहजीले भन्यो, “तिनको कोही छोरा छैन, र तिनका पति वृद्ध छन्।”
15
तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्यायो, र तिनी ढोकानेर खड़ा भइन्।
16
तब एलीशाले भने, “प्राय: यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले भनिन्, “होइन, होइन, मेरा प्रभु, हे परमेश्वरका जन, आफ्नी दासीलाई नछकाउनुहोस्।”
17
तर तिनी गर्भवती भइन् र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्माइन्।
18
त्यो बालक बढ़्यो, र एक दिन त्यो आफ्ना बुबाकहाँ गयो, जो कटनी गर्नेहरूसँग थिए।
19
त्यसले आफ्ना बुबालाई कराएर भन्यो, “मेरो कपाल दुख्यो! मेरो कपाल दुख्यो!” त्यसका बुबाले एक जना नोकरलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लैजा।”
20
त्यस नोकरले ठिटालाई उठाएर आमाकहाँ पुर्याएपछि त्यो ठिटो आफ्नो आमाको काखमा मध्यदिनसम्म बसिरह्यो, र त्यसपछि त्यो मर्यो।
21
ती स्त्रीले गएर ठिटालाई माथि परमेश्वरका जनको ओछ्यानमा राखिदिएर ढोका लगाई बाहिर निस्केर गइन्।
22
तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “कृपा गरी मलाई एउटा नोकर र एउटा गधा पठाइदिनुहोस्, र म जत्ति सक्दो चाँड़ो परमेश्वरका जनकहाँ गएर फर्कनेछु।”
23
उनले सोधे, “आज किन जानुपर्यो? आज न त औंसी हो न शबाथ हो।” तिनले भनिन्, “ठीकै छ।”
24
तिनले गधामा जीनकाठी कसिन्, र आफ्नो नोकरलाई भनिन्, “मैले नभनुञ्जेल धपाउँदै जा र ढिलो नगर्।”
25
यसरी तिनी गइन् र कर्मेल डाँड़ामा परमेश्वरका जनकहाँ आइन्। तिनलाई टाढ़ैबाट आइरहेकी देखेर परमेश्वरका जनले आफ्नो चाकर गेहजीलाई भने, “हेर त, त्यो आउने त शूनम्मी स्त्री हो।
26
दगुरेर गई त्यसलाई भेटेर सोध्, ‘के तपाईंलाई कुशलै छ? के तिम्रा पतिलाई कुशलै छ? के तिम्रो बालकलाई सन्चै छ’?” तिनले भनिन्, “सबै ठीकै छन्।”
27
जब तिनी डाँड़ामा परमेश्वरका जनकहाँ पुगिन्, तब तिनले एलीशाका खुट्टा समातिन्। तिनलाई हटाउनलाई गेहजी अगि सरेर आयो, तर परमेश्वरका जनले भने, “तिनलाई छोड़िदे! तिनलाई साह्रै ठूलो कष्ट परेको छ, तर परमप्रभुले त्यो कुरा मबाट लुकाएर मलाई केही भन्नुभएको छैन।”
28
तिनले भनिन्, “हे मेरा प्रभु, के मैले छोरो मागेको थिएँ र? ‘आशा दिएर मलाई निराश नपार्नुहोस्’ भनी बिन्ती गरेको थिइनँ र?”
29
तब एलीशाले गेहजीलाई भने, “तेरो खास्टोले कम्मर कस्। यो मेरो लहुरो लिएर कुदी जा। यदि बाटोमा कसैलाई भेटिस् भने त्यसलाई अभिवादन नगर्, र त्यसले अभिवादन गर्यो भने त्यसलाई जवाफ नदे। यो मेरो लहुरो त्यस ठिटाको मुखमा राखिदे।”
30
तर ठिटाकी आमाले भनिन्, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसैले तिनी उठेर ती स्त्रीको पछि लागे।
31
गेहजीले चाहिँ तिनीहरूका अगि गएर त्यो लहुरो त्यस ठिटाको मुखमा राखिदियो, तर कुनै प्रतिक्रिया आएन। यसैकारण एलीशालाई भेट गर्न गेहजी फर्किगयो, र तिनलाई भन्यो, “त्यो केटो त जागेन।”
32
जब एलीशा घरमा पुगे, तब तिनले आफ्नो ओछ्यानमा राखिएको त्यस ठिटालाई मरिसकेको भेट्टाए।
33
तिनी कोठाभित्र पसे र ती दुई मात्र भित्र गएर तिनले कोठाको ढोका थुने र परमप्रभुलाई प्रार्थना गरे।
34
त्यसपछि ओछ्यानमाथि चढ़ेर आफ्ना मुख त्यसका मुखमा, आफ्नो आँखा त्यसको आँखामा र आफ्ना हात त्यसका हातमा राखेर तिनी त्यस बालकमाथि लमतन्न पस्रिए। जब तिनी त्यसमाथि लमतन्न परे, तब त्यस बालकको शरीर तातो हुँदैगयो।
35
एलीशा उठे, र कोठाभित्र यताउता हिँड़े, र फेरि एक पल्ट ओछ्यानमा चढ़ेर तिनी त्यसमाथि लमतन्न परे। तब त्यस ठिटाले सात खेप छिउँ काढ़्यो र आँखा खोल्यो।
36
तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” त्यसले तिनलाई बोलायो। ती स्त्री आएपछि एलीशाले भने, “तिम्रो छोरालाई लैजाऊ।”
37
तिनी भित्र आइन् र भूइँसम्मै निहुरेर एलीशाका खुट्टामा घोप्टो परिन्। त्यसपछि आफ्नो छोरालाई लगेर तिनी बाहिर निस्किन्।
38
एलीशा फर्केर गिलगालमा गए, र त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूको दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो चाकरलाई भने, “आगोमा ठूलो भाँड़ा राखेर यी मानिसहरूका निम्ति केही जाउलो बना।”
39
उनीहरूमध्ये एक जनाचाहिँ झारपात खोज्न खेतमा गए, र जङ्गली लहरा भेट्टाए। उनले त्यसका केही लौका पोल्टोभरि टिपेर ल्याए। ती के हुन् भनी कसैले नजानी उनले ती फलहरू काटेर त्यस जाउलोको भाँड़ोमा हाले।
40
मानिसहरूले खाऊन् भनी त्यो खन्याइयो, तर जब उनीहरूले त्यो खान लागे, तब उनीहरूले कराएर भने, “हे परमेश्वरका जन, यस भाँड़ामा त मृत्यु पो रहेछ!” अनि उनीहरूले त्यो खान सकेनन्।
41
एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनले त्यो भाँड़ामा हालेर भने, “अब यिनीहरूलाई त्यो खान देऊ।” यस पल्ट त्यस भाँड़ाको खानेकुरामा हानि गर्ने केही थिएन।
42
बाल-शलीशाको कुनै एक जना मानिसले परमेश्वरका जनको निम्ति अगौटे अन्नका जौका बीस वटा रोटी र केही नयाँ अन्नका बालाहरू लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई त्यो खान देऊ।” तिनको चाकरले सोध्यो, “एक सय मानिसलाई यति मात्र म कसरी खान दिन सक्छु र?”
43
तर एलीशाले जवाफ दिए, “मानिसहरूलाई त्यो खान देऊ। किनकि परमप्रभु यसो भन्नुहुन्छ: ‘तिनीहरूले खाएर केही उब्रिएको पनि हुनेछ’।”
44
तब त्यसले त्यो तिनीहरूको अगि राखिदियो, र परमप्रभुले भन्नुभएझैँ तिनीहरूले खाएर केही उब्य्रो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25