bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 25
2 Kings 25
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
1
यसैले सिदकियाहका शासनको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्नो सबै सेनाको साथ यरूशलेमको विरुद्धमा अगि बढ़े, र त्यसको वरिपरि घेरा-मचान खड़ा गरे।
2
सिदकियाह राजाको एघारौँ वर्षसम्म सहर घेराभित्र रह्यो।
3
चौथो महिनाको नवौँ दिनमा सहरमा यति चर्को अनिकाल पर्यो, कि मानिसहरूलाई केही खानेकुरा थिएन।
4
त्यही बेला सहरको पर्खाल भत्काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकैमा सारा सेना राजाको बगैँचानेरका दुई पर्खालका बीचको ढोकाबाट राती भागे। तिनीहरू अराबातिर भागे,
5
तर बेबिलोनी सेनाले राजालाई खेदे र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सिपाहीहरू तिनीबाट अलग भएर तितरबितर भए।
6
अनि तिनी पक्राउ परे। तिनी रिब्लामा बेबिलोनका राजाकहाँ ल्याइए, जहाँ तिनलाई सजायको फैसला भयो।
7
उनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै नजरको सामुन्ने मारे। त्यसपछि उनीहरूले आँखा फुटाइदिए, र तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे।
8
बेबिलोनका राजा नबूकदनेसरको उन्नाईसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान, बेबिलोनका राजाका एक अधिकारी यरूशलेममा आए।
9
उनले परमप्रभुको मन्दिर र राजमहल र सहरका सबै घरहरूमा आगो लगाइदिए। सबै मुख्य-मुख्य भवनहरूलाई उनले जलाइदिए।
10
राजकीय अङ्गरक्षकहरूका सेनापतिको नेतृत्वमुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्काइदिए।
11
सेनापति नबूजरदानले सहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजाकहाँ गएकाहरूलाई निर्वासनमा लगे।
12
तर ती सेनापतिले दाखबारी र खेतको काम गर्नका निम्ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्यहाँ छोड़े।
13
बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू, गुड्ने आधारहरू, र काँसाको विशाल खड्कुँलो ढाले, र काँसाचाहिँ बेबिलोनमा लगे।
14
उनीहरूले भाँड़ाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, र कचौराहरू, र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।
15
राजकीय अङ्गरक्षकहरूका सेनापतिले धुपौराहरू र छर्कने बाटाहरू, कञ्चन सुन वा चाँदीले बनाइएका जति सबै लगे।
16
सोलोमनले परमप्रभुका मन्दिरको निम्ति बनाएका दुई वटा स्तम्भहरू, विशाल खड्कुँलो र गुड्ने आधारहरूको काँसो जोख्न नसक्ने थियो।
17
प्रत्येक स्तम्भ अठाह्र हात अल्गो थियो। एउटा स्तम्भमाथिको स्तम्भ-शिर तीन हात अल्गो थियो, र काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ त्यसको जालीसमेत ठीक त्यही किसिमको थियो।
18
अङ्गरक्षकहरूका सेनापतिले मुख्य पूजाहारी सरायाह र दोस्रो दर्जाका पूजाहारी सपन्याहलाई र तीन जना ढोकेहरूलाई पनि कैद गरेर लगे।
19
सहरमा अझै रहेकाहरूमध्ये उनले योद्धाहरूका प्रमुख अधिकृत र पाँच जना राजकीय सल्लाहकारहरूलाई लगे। उनले देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्य अधिकृत-सचिव र सहरमा फेला पारेका तिनका साठी जना मानिसहरूलाई पनि लगे।
20
अङ्गरक्षकका सेनापति नबूजरदानले रिब्लामा बेबिलोनका राजाकहाँ तिनीहरू सबैलाई ल्याए।
21
त्यहाँ हमातका देशको रिब्लामा बेबिलोनका राजाले तिनीहरूलाई मार्न लाए। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
22
बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा आफूले छोड़ेका मानिसहरूमाथि नियुक्त गरे।
23
जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेको कुरा सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए— नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू।
24
गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्वासन दिए, र तिनले भने, “बेबिलोनी अधिकारीहरूसँग नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।”
25
तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्याह र तिनीसँग मिस्पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्या गरे।
26
यसैले बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत सबै मिश्रदेशमा भागे।
27
यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा राजा एबील-मरोदकले यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए।
28
उनले तिनीसँग दयालु कुरा गरे, र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्दा अझ उच्च सम्माननीय स्थानमा तिनलाई राखे।
29
यसरी यहोयाकीनले आफ्ना कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे।
30
राजाले तिनको निम्ति नियमित भत्ता तिनको जीवनकालभरि नै दिए।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25