bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 9
2 Kings 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 10 →
1
एलीशा अगमवक्ताले अगमवक्ताहरूको दलका एक जनालाई बोलाएर तिनलाई भने, “पटुकाले आफ्नो कम्मर कस, र तिमीसित यो तेलको भुँडुल्को लिएर रामोत-गिलादमा जाऊ।
2
जब तिमी त्यहाँ पुग्छौ तब तिमीले निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, तिनलाई आफ्ना साथीहरूबाट अलग्गै बोलाएर भित्री कोठामा लैजाऊ।
3
तब यो भुँडुल्कोको तेल तिनको शिरमा खन्याएर यस्तो घोषणा गर, ‘परमप्रभु, यसो भन्नुहुन्छ: म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु’। तब ढोका खोलेर भाग। ढिलो नगर।”
4
यसैले ती जवान अगमवक्ता रामोत-गिलादमा गए।
5
जब तिनी त्यहाँ आइपुगे तब तिनले सेनाका अधिकृतहरूलाई एकसाथ भेला भएका र बसिरहेका भेट्टाए। तिनले भने, “सेनापति हो, तपाईंलाई एउटा कुरो छ।” येहूले सोधे, “हामीहरूमध्येका कसलाई?” तिनले भने, “तपाईंलाई।”
6
येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले तिनको शिरमा तेल खन्याएर यसो भनेर घोषणा गरे, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म तँलाई परमप्रभुको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु।
7
तैंले आफ्ना मालिक आहाबको घरानालाई सर्वनाश गर्नुपर्छ, र ईजेबेलले बगाएको मेरा दासहरू, अर्थात् अगमवक्ताहरूको रगत र प्रभुका सबै दासहरूका रगतको साटो म लिनेछु।
8
आहाबका सबै घराना नष्ट हुनेछन्। इस्राएलमा त्यसका घरानाको हरेक पुरुषलाई, फुक्का वा बँधुवा होस्, म नाश गर्नेछु।
9
म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु।
10
ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्यसलाई गाड्नेछैन’।” त्यसपछि ढोका खोलेर तिनी कुदेर गए।
11
जब येहू फेरि सङ्गी-अधिकृतहरूकहाँ बाहिर आए, तब तिनीहरूमध्येका एक जनाले तिनलाई सोधे, “के सबै ठीकै छ? त्यो बौलाहा मान्छे किन तिमीकहाँ आएछ?” येहूले जवाफ दिए, “तिमीहरू ती मानिसलाई चिन्दछौ, र त्यसले के भन्छ सो त तिमीहरूलाई थाहै छ।”
12
तिनीहरूले भने, “त्यो कुरा सत्य होइन, हामीलाई ठीक कुरा बताऊ।” येहूले भने, “तिनले मलाई के भने, त्यो त्यही हो: ‘परमप्रभु यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु’।”
13
तब तिनीहरूले झट्टै आ-आफ्ना बाहिरी पोशाक उतारेर सिँढ़ीका ढुङ्गामा तिनी हिँड्नलाई ओछ्याइदिए। तब तिनीहरूले तुरही फुके र कराएर भने, “येहू राजा हुनुहुन्छ!”
14
यसैले निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। अब योराम र सबै इस्राएलीहरूले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
15
तर राजा योरामचाहिँ अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्दा अरामीहरूले तिनलाई लाएको चोटबाट निको हुनलाई यिजरेलमा गएका थिए। येहूले भने, “यदि तिमीहरूको यस्तै इच्छा छ भने, यिजरेलमा यो समाचार लैजानलाई सहरबाट कोही पनि उम्कन नपाओस् है।”
16
तब तिनी आफ्नो रथमा चढ़ेर यिजरेलमा गए, किनभने योराम त्यहाँ आराम लिइरहेका थिए, र यहूदाका राजा अहज्याह तिनलाई हेर्न भनी त्यहीँ झरेका थिए।
17
जब यिजरेलको धरहरामा उभिरहेको पहरादारले येहूका फौजलाई आइरहेका देखे, तब उनले कराएर भने, “म केही फौजहरू आइरहेका देख्दैछु।” योरामले हुकुम दिए, “एउटा घोड़चढ़ी तिनीहरूलाई भेट गर्न पठाएर सोध्न लगा, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो?”
18
त्यो घोड़चढ़ी येहूलाई भेट्न गयो, र भन्यो, “राजा यसो भन्नुहुन्छ: “के तपाईं मित्रभावले आउनुभएको हो’?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्ता? तँ मेरो पछि लाग्।” त्यस पहरादारले बताइदियो, “त्यो खबर लैजानेले तिनीहरूलाई भेट्न त भेट्यो, तर त्यो फर्केर आएन।”
19
तब राजाले अर्को घोड़चढ़ी पठाए। जब त्यो तिनीहरूकहाँ आयो, तब त्यसले भन्यो, राजा यसो भन्नुहुन्छ, “के तपाईं मित्रभावले आउनुभएको हो?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्ता? तँ मेरो पछि लाग्।”
20
तब पहरादारले बताइदियो, “त्यसले तिनीहरूलाई भेट्न त भेट्यो, तर त्यो पनि फर्केर आएन। त्यो रथ हाँकेको त निम्शीका छोरा येहूले हाँकेजस्तै छ। तिनले बौलाहाजस्तै हाँक्छन्।”
21
योरामले भने, “मेरो रथ तयार गर।” जब उनीहरूले त्यो तयार गरे, तब इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नो रथमा सवार भएर येहूलाई भेट्न गए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमै भेटे।
22
जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्त्रतन्त्र रहँदा केको मित्रभाव?”
23
योरामले आफ्नो रथ फर्काएर अहज्याहलाई यसो भन्दै भागे, “अहज्याह, धोकाबाजी भएछ!”
24
तब येहूले आफ्नो धनु पूरा तानेर योरामको काँधहरूका बीचैमा हाने। त्यस काँड़ले तिनको मुटु नै छेड़्यो र तिनी आफ्नो रथैमा लोटे।
25
तब येहूले रथका अधिकृत बिदकारलाई भने, “तिनलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्याँकिदेऊ। तिमीलाई याद छ होला, कि कसरी तिमी र म तिनका पिता आहाबको पछि सँगसँगै रथहरूमा जाँदा तिनको विषयमा परमप्रभुले यो अगमवाणी गर्नुभएको थियो,
26
‘परमप्रभु यसो भन्नुहुन्छ: मैले हिजो नाबोत र त्यसका छोराहरूको रगत देखें, र म निश्चय नै तँलाई यही जमिनमा साटो लिनेछु, परमप्रभु भन्नुहुन्छ’। यसैले परमप्रभुको वचनअनुसार तिनलाई त्यही जग्गामा उठाएर फालिदेऊ।”
27
जब यहूदाका राजा अहज्याहले यो देखे, तब तिनी बेथ-हागान जाने बाटो भएर भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा तिनको रथमा नै घाइते बनाए, तर तिनी भागेर मगिद्दोमा गए, र त्यहीँ नै मरे।
28
तिनका सेवकहरूले तिनको लाश रथमा यरूशलेममा लगेर दाऊदको सहरमा तिनका पित्रहरूसित तिनकै चिहानमा गाड़े।
29
(आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याह यहूदाका राजा भएका थिए।)
30
तब येहू यिजरेलमा गए। जे भएको थियो सो ईजेबेलले जब सुनिन्, तब तिनले आफ्ना आँखामा गाजल लाइन्, र कपाल बाटेर एउटा झ्यालबाट बाहिर हेरिन्।
31
जब येहू मूल ढोकाभित्र पसे, तब ईजेबेलले सोधिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”
32
तिनले माथि झ्यालतिर हेरेर कराएर भने, “मतर्फ को छ? को छ?” तब दुई-तीन जना नपुंसकहरूले बाहिर तिनीतर्फ हेरे।
33
तिनले भने, “त्यसलाई तल फ्याँकिदेओ।” यसैले तिनीहरूले तिनलाई तल फ्याँकिदिए, र तिनको केही रगत उछिट्टिएर भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोड़ाहरूमा पर्यो।
34
त्यसपछि भित्र पसेर येहूले खानपान गरे। तिनले भने, “यस श्रापित स्त्रीलाई राम्ररी लगेर गाड़िदेओ। किनकि त्यो राजाकी छोरी थिई।”
35
तर जब तिनीहरूले तिनलाई गाड्नलाई तल गए, तब तिनका खप्पर, खुट्टाहरू र हातहरूबाहेक केही पनि भेट्टाएनन्।
36
तिनीहरू फर्किआएर येहूलाई बताइदिए। तिनले भने, “आफ्ना दास तिश्बी एलियाद्वारा भनेको परमप्रभुको वचन यही थियो: ‘यिजरेलको त्यस ठाउँमा ईजेबेलको मासु कुकुरहरूले खानेछन्।
37
ईजेबेलको लाश यिजरेलको त्यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्न नसकोस्, ‘यो ईजेबेल हो’।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25