bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Kings 17
2 Kings 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 18 →
1
यहूदाका राजा आहाजको बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलका राजा भए, र तिनले नौ वर्ष राज्य गरे।
2
तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, तर तिनका अघिका इस्राएलका राजाहरूले गरेजस्तै त होइन।
3
अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गर्न आए। होशियाले उनका अधीनमा भएर उनलाई कर तिरेका थिए।
4
तर अश्शूरका राजाले होशियाले विश्वासघात गरेका देखे, किनकि तिनले मिश्रदेशका राजा सोकहाँ राजदूतहरू पठाएका थिए र बर्सेनि पठाउने कर रोकेका थिए। यसैकारण शलमनेशेरले तिनलाई कैद गरेर झ्यालखानमा हाले।
5
अश्शूरका राजाले सारा देशलाई आक्रमण गरे, र सामरियाको विरुद्धमा हमला गरेर त्यसलाई तीन वर्षसम्म घेरा हाले।
6
अश्शूरका राजाले होशियाको नवौँ वर्षमा सामरिया कब्जा गरे र इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। उनले तिनीहरूलाई हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले।
7
यी सबै भएको कारणचाहिँ यही थियो, कि मिश्रदेशका राजा फारोको शक्तिबाट मिश्रदेशदेखि निकालेर ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे,
8
र परमप्रभुले तिनीहरूका सामुबाट निकाल्नुभएका अरू जातिहरूले र इस्राएलका राजाहरूले चलाएका चालमा पनि तिनीहरू हिँड़े।
9
परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा जे ठीक थिएन त्यो गुप्त रूपमा इस्राएलीहरूले गरे। पहरादार बस्ने धरहरादेखि लिएर किल्ला भएको सहरसम्मै तिनीहरूले आफ्ना सबै नगरहरूमा अल्गा-अल्गा ठाउँहरू बनाए।
10
हरेक अल्गो डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि तिनीहरूले चोखा ढुङ्गा र अशेरा देवीका खम्बाहरू खड़ा गरे।
11
तिनीहरूका सामुन्नेबाट निकालिएका जातिहरूले गरेझैँ हरेक अल्गा ठाउँमा तिनीहरूले धूप बाले। तिनीहरूले खराब काम गरे, जसले गर्दा परमप्रभुलाई रीस उठ्यो।
12
परमप्रभुले तिनीहरूलाई “तिमीहरूले यस्तो गर्नुहुँदैन” भन्नुभए तापनि तिनीहरूले मूर्तिहरूको पूजा गरे।
13
परमप्रभुले आफ्ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इस्राएल र यहूदालाई गम्भीर चेताउनी दिनुभयो: “तिमीहरूले आफ्ना खराब चाल छोड़। मेरा आज्ञाहरू र उर्दीहरू सम्पूर्ण व्यवस्थाअनुसार पालन गर, जो मैले तिमीहरूका पुर्खाहरूलाई मान्नू भनी आज्ञा गरेको थिएँ, र मेरा दास अगमवक्ताहरूद्वारा तिमीहरूलाई दिएको थिएँ।”
14
तर तिनीहरूले सुन्न मानेनन्, र परमप्रभु तिनीहरूका परमेश्वरमाथि भरोसा गर्नलाई इन्कार गरेका तिनीहरूका पिता-पुर्खाहरूझैँ तिनीहरू हठी भए।
15
तिनीहरूले उहाँका उर्दीहरू र उहाँले तिनीहरूका पिता-पुर्खाहरूसँग बाँध्नुभएको करार र तिनीहरूलाई दिनुभएका चेताउनीहरू इन्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूपछि लागे, र तिनीहरू आफै पनि बेकामका भए। तिनीहरूले आफ्ना वरिपरि भएका जातिहरूको नकल गरे, यद्यपि परमप्रभुले तिनीहरूलाई यसो भनेर हुकुम गर्नुभएको थियो, “उनीहरूले गरेझैँ तिमीहरू नगर।” र परमप्रभुले तिनीहरूलाई मनाही गर्नुभएका कुरा तिनीहरूले गरे।
16
तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरका सबै आज्ञाहरू त्यागे, र आफ्ना निम्ति बाछाको आकारमा ढालेर बनाइएका दुई वटा मूर्तिहरू र एउटा अशेरा देवीको खम्बा बनाए। तिनीहरू आकाशका सबै तारामण्डलको सामुन्ने घोप्टो परे, र बालको पूजा गरे।
17
तिनीहरूले आफ्ना छोराहरू र छोरीहरूलाई आगोमा होम गरे। तिनीहरूले जोखना हेरे, र टुनामुना गरे, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यो गर्न तिनीहरूले आफैलाई बेचेर उहाँलाई रीस उठाए।
18
यसैले परमप्रभु इस्राएलसित साह्रै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो। केवल यहूदाको कुल मात्र छोड़ियो,
19
र यहूदाले पनि परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गरेनन्। इस्राएलले चलाएका चालमा तिनीहरू हिँड़े।
20
यसकारण परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई त्याग्नुभयो। उहाँले तिनीहरूलाई कष्ट दिनुभयो, र लूटपीट गर्नेहरूका हातमा सुम्पिदिनुभयो, जबसम्म तिनीहरूलाई आफ्नो उपस्थितिदेखि फालिदिनुभएन।
21
जब उहाँले इस्राएललाई दाऊदको घरानाबाट अलग गर्नुभयो, तब तिनीहरूले नबातका छोरा यारोबामलाई राजा तुल्याए। यारोबामले इस्राएललाई परमप्रभुको पछि लाग्नुबाट फकाएर एउटा ठूलो पाप गर्न लाए।
22
इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, र ती त्यागेनन्,
23
जबसम्म परमप्रभुले आफ्ना सबै दास अगमवक्ताहरूद्वारा चेताउनी दिनुभएझैँ तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकाल्नुभएन। यसैले इस्राएलका मानिसहरू आफ्नो मातृ-भूमिबाट अश्शूर देशमा निर्वासित गरिएर लगिए, र तिनीहरू अझै पनि त्यहीँ छन्।
24
अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याएर उनीहरूलाई इस्राएलीहरूका सट्टामा सामरियाका नगरहरूमा बसाले। उनीहरूले सामरिया कब्जा गरे, र उनीहरू त्यसका नगरहरूमा बसे।
25
जब उनीहरू पहिले त्यहाँ बसे, उनीहरूले परमप्रभुको उपासना गरेनन्। यसैले परमप्रभुले उनीहरूका बीचमा सिंहहरू पठाइदिनुभयो, र तिनीहरूले केही मानिसहरूलाई मारे।
26
अश्शूरका राजालाई यस्तो प्रतिवेदन पठाइयो: “हजूरले निर्वासन गरेर पठाउनुभएका र सामरियाका नगरहरूमा बसोबास गरेका मानिसहरूले त त्यस देशका देवतालाई चाहिने काम जान्दैनन्। उनीहरूले यो नजानेका हुनाले ती देवताले उनीहरूका बीचमा सिंहहरू पठाएर तिनीहरूले उनीहरूलाई मार्दैछन्।”
27
तब अश्शूरका राजाले यो हुकुम दिए: “सामरियाबाट कैद गरेर ल्याएका कुनै एउटा पूजाहारी त्यहाँ बस्नलाई पठाइऊन्, ताकि तिनले मानिसहरूलाई त्यस देशका देवताका रीति सिकाइदेऊन्।”
28
यसैले सामरियाबाट निर्वासनमा लगिएका एक जना पूजाहारी आएर बेथेलमा बस्न लागे, र परमप्रभुलाई कसरी आराधना गर्नुपर्छ भनी तिनले उनीहरूलाई सिकाए।
29
तैपनि प्रत्येक जातिको दलले आफू-आफू बसेका नगरहरूमा आ-आफ्नै देवताहरू बनाए, र सामरीहरूले बनाएका अल्गा-अल्गा ठाउँहरूमा भएका पूजा गर्ने थानहरूमा ती बसाले।
30
बेबिलोनबाट आएका मानिसहरूले सुक्कोत-बनोत, कूताका मानिसहरूले नेर्गल, र हमातका मानिसहरूले अशीमा,
31
अव्वीहरूले नेभज र तर्ताकलाई बनाए, अनि सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई बलिदान स्वरूप आगोमा होम गर्थे।
32
उनीहरूले परमप्रभुको उपासना त गर्थे, तापनि अल्गा-अल्गा ठाउँमा भएका देवताथानहरूका लागि पूजाहारी काम गर्नलाई आफ्नै जातिबाट पनि उनीहरूले मानिसहरू नियुक्त गरे।
33
उनीहरूले परमप्रभुको उपासना गर्थे, तर जुन जातिहरूबाट उनीहरू ल्याइएका थिए, उनीहरूकै रीतिअनुसार चलेर उनीहरूले आफ्नै देवताहरूको सेवा पनि गर्थे।
34
उनीहरूले अघि-अघिका रीतिहरू आजको दिनसम्मै चलाइराखेका छन्। उनीहरू न त परमप्रभुको उपासना गर्छन्, न उहाँका उर्दीहरू र विधिहरू, र उहाँका विधान र आज्ञाहरू पालन गर्छन्, जुन उहाँले याकूबका सन्तानहरूलाई दिनुभयो, जसको नाउँ उहाँले इस्राएल भनी राख्नुभएको थियो, सो पालन गर्छन्।
35
जब परमप्रभुले इस्राएलीहरूसँग करार बाँध्नुभयो, तब उहाँले तिनीहरूलाई यो आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूको उपासना नगर्नू, अथवा तिनीहरूका सामु तिमीहरू ननिहुरनू, वा तिनीहरूको सेवा नगर्नू, वा तिनीहरूलाई बलिदान चढ़ाउनू।
36
तर आफ्नो ठूलो शक्ति र पसारिएको पाखुराद्वारा तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने परमप्रभुको मात्र उपासना गर्नू। उहाँकै सामुन्ने तिमीहरू निहुरनू, उहाँलाई नै तिमीहरूले बलिदान चढ़ाउनू।
37
तिमीहरूका निम्ति उहाँले लेख्नुभएका उर्दीहरू, विधिहरू, विधानहरू र आज्ञाहरू तिमीहरूले होशियारीसित निरन्तर पालन गर्नू। तिमीहरूले अरू देवताको उपासना नगर्नू।
38
मैले तिमीहरूसित बाँधेको करारलाई नभुल्नू, र तिमीहरूले अरू देवताहरूको उपासना नगर्नू।
39
बरु परमप्रभु तिमीहरूका परमेश्वरको मात्र उपासना गर्नू। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।”
40
तापनि तिनीहरूले सुन्न मानेनन्, र आफ्ना अगाड़िका व्यवहारमा हिँड़िरहे।
41
परमप्रभुको उपासना गर्दागर्दै पनि तिनीहरूले आफ्नै मूर्तिहरूको सेवा गरिरहे। आजको दिनसम्मै तिनीहरूका छोराछोरीहरू र नाति-नातिनाहरू आफ्ना पिता-पुर्खाहरूका चालमा हिँड्दैआएका छन्।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25