bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 11
Acts 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 12 →
1
यहूदियामा हुने प्रेरित र भाइहरूले अन्यजातिहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने सुने।
2
जब पत्रुस यरूशलेममा आए, तब खतना गर्नेहरूको दलले तिनीसित यसो भन्दै तिनको आलोचना गरे,
3
“खतना नगर्ने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले किन खानपान गर्नुभयो?”
4
तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्याख्या दिन थाले:
5
“म योप्पा सहरमा प्रार्थना गर्दैथिएँ, र ध्यान-मग्न थिए, तब एउटा ठूलो तन्नाजस्तो चार कुनामा समाती तल झरिराखेको केही थोक मैले दर्शनमा देखें, र त्यो मकहाँ आयो।
6
मैले नियालेर हेर्दा त्यहाँ पृथ्वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्तु र आकाशका चराचुरुङ्गीहरू देखें।
7
मलाई यसो भनेको एउटा आवाज मैले सुनें, ‘पत्रुस उठ, र मारेर खाऊ।’
8
“तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्यै परेको छैन।’
9
“तर त्यस आवाजले दोस्रो पल्ट स्वर्गबाट मलाई भन्यो, ‘जे परमेश्वरले शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नभन।’
10
तीन पल्ट त्यस्तै भयो, र ती सबै फेरि स्वर्गमा लगिए।
11
“त्यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे।
12
नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्माले भन्नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्यस मानिसको घरमा पस्यौं।
13
उनले हामीलाई बताए, कि एउटा स्वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।
14
उनले तिमीलाई वचन सुनाउनेछन्, जसद्वारा तिमीले उद्धार पाउनेछौ— तिमी र तिम्रा सारा परिवारले।’
15
“जब मैले बोल्न थालें, तब सुरुमा हामीमाथि ओर्लनुभएकोजस्तै पवित्र आत्मा तिनीहरूमाथि पनि ओर्लनुभयो।
16
तब प्रभुले भन्नुभएको त्यो वचन मलाई याद भयो, ‘यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।’
17
प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि परमेश्वरलाई रोक्न सक्ने म को हुँ र?”
18
यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे, “अब त परमेश्वरले अन्यजातिहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएछ।”
19
स्तिफनसको सम्बन्धमा सुरु भएको सतावटको कारण जताततै छरपष्ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्टिओखियासम्म यात्रा गरे।
20
तर तिनीहरूमध्ये कोही-कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले एन्टिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशू प्रचार गरे।
21
प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्वास गर्नेहरू धेरै संख्यामा प्रभुतिर फर्के।
22
यो समाचार यरूशलेममा भएको मण्डलीको कानमा पुग्यो, र तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए।
23
तिनी त्यहाँ आएर परमेश्वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुप्रति विश्वासी रहिरहन प्रोत्साहन दिए।
24
किनभने तिनी असल, पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका मानिस थिए। मानिसहरूको ठूलो समूह प्रभुमा थपियो।
25
तब शाऊललाई खोज्न बारनाबास टार्ससमा गए।
26
जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्टिओखियामा ल्याए। तब पूरा एक वर्षसम्मै मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए।
27
त्यस बेला कोही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए।
28
तिनीहरूमध्ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने पवित्र आत्माद्वारा भविष्यवाणी बोले। त्यो अनिकाल क्लौडियसको शासनकालमा पर्यो।
29
तब चेलाहरू हरेकले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूका सहायताको निम्ति भेटी पठाउने निश्चय गर्यो।
30
तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरूकहाँ पठाइदिए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28