bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 21
Acts 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
1
उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्ट रोडसमा र त्यहाँबाट पटारामा आइपुग्यौं।
2
अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढ़ेर गयौं।
3
जब साइप्रस देखा पर्यो, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्यहाँ उतार्नुपरेको थियो।
4
चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्यहाँ बस्यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्माद्वारा भने।
5
त्यहाँबाट हाम्रो हिँड्ने बेला भएपछि हामी बिदा भएर आफ्नो यात्रामा निक्लियौं। आफ्ना जहान र बालबच्चाहरूसमेत तिनीहरू जम्मै हामीलाई सहर बाहिरसम्म पुर्याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्यौं, र एक-अर्कासँग बिदा भयौं।
6
तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्ना घर फर्के।
7
टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्यौं। त्यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्यौं।
8
भोलिपल्ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्यौं। तिनी ती सात जनामध्ये एक थिए, र हामी तिनीसँग बस्यौं।
9
अगमवाणी बोल्ने तिनका चार जना अविवाहित छोरीहरू थिए।
10
हामी त्यहाँ केही दिन बस्दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए।
11
उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ‘यो पटुका जुन मानिसको हो, त्यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्’।”
12
यो कुरा सुनेर, हामी र त्यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस् भनी बिन्ती गर्यौं।
13
तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।”
14
तिनलाई मनाउन नसक्दा “प्रभुको इच्छा पूरा होस्” भनेर हामी चूप लाग्यौं।
15
ती दिनपछि हामी तयार भयौं, र यरूशलेमतर्फ लाग्यौं।
16
हाम्रा साथमा कैसरियाका कुनै-कुनै चेलाहरू पनि गए, र तिनीहरूले हामीलाई साइप्रसका एक जना पुराना चेला मनासोन भन्नेको घरमा ल्याए। तिनीकहाँ हामीलाई बस्नुपरेको थियो।
17
अनि जब हामी यरूशलेममा आइपुग्यौं, तब भाइहरूले हामीलाई खुशीसाथ स्वागत गरे।
18
भोलिपल्ट पावल हामीसँग याकूबकहाँ गए। त्यहाँ सबै एल्डरहरू उपस्थित थिए।
19
तिनीहरूलाई अभिवादन गरेपछि, पावलले तिनको सेवकाइद्वारा अन्यजातिहरूका बीचमा परमेश्वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे।
20
यो सुनेपछि तिनीहरूले परमेश्वरको महिमा गरे। तब तिनलाई भने, “हेर्नुहोस् भाइ, यहूदीहरूका बीचमा विश्वास गर्नेहरू हजारौँ छन्, र व्यवस्थाका कुरामा उनीहरू सबै जोशिला छन्।
21
उनीहरूले तपाईंको बारेमा पनि केही कुरा सुनेका छन्, सो के हो भने, अन्यजातिहरूका बीचमा बस्ने यहूदीहरूलाई तपाईंले ‘मोशालाई त्याग गर्नू र तिनीहरूका बालकहरूलाई खतना नगर्नू र रीतिथिति पालन नगर्नू’ भनेर सिकाउनुभएको छ, अरे।
22
अब के गर्ने हो? तपाईं आउनुभएको छ भनी उनीहरूले निश्चय सुन्नेछन्।
23
यसकारण जे हामी भन्दछौं, सो गर्नुहोस्— भाकल गर्नेहरू चार जना हामीसँग छन्।
24
यिनीहरूलाई लिएर तपाईं पनि यिनीहरूका साथसाथै शुद्ध हुनुहोस्, र यिनीहरूलाई चाहिने खर्च तपाईंले भरिदिनुहोस्, र यिनीहरूले कपाल खौरून्। यसरी तपाईंले व्यवस्था पालन गर्नुभएको देखेर तपाईंको विषयमा सुनेको कुनै कुरो सत्य रहेनछ भनी सबैले थाहा पाउनेछन्।
25
तर अन्यजातिहरू जसले विश्वास गरेका छन्, तिनीहरू मूर्तिलाई बलि चढ़ाएका थोक, रगत, गला अँठ्याएर मारेका पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुपर्छ भन्ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।”
26
तब पावलले ती मानिसहरूलाई लगे, र भोलिपल्ट तिनीहरूका साथसाथै आफूलाई पनि शुद्ध गराए, र शुद्धीकरणका दिनहरू कहिले पूरा हुने हो, तथा हरेकको निम्ति दिइने भेटीको सूचना दिन तिनी मन्दिरभित्र पसे।
27
जब सातौँ दिन पूरा हुन लागेको थियो, तब एशियाका यहूदीहरूले पावललाई मन्दिरमा देखेर सारा भीड़लाई उत्तेजित पारे, र तिनलाई पक्रे।
28
उनीहरू यसो भन्दै कराउन लागे “इस्राएलका मानिस हो, सहायता गर्नुहोस्! मानिसहरूलाई जताततै हाम्रो जाति, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्धमा शिक्षा दिई हिँड्ने मान्छे यही हो। यति मात्र होइन, यसले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएर यस पवित्र ठाउँलाई अशुद्ध पारिदिएको छ।”
29
किनभने यसको अगाडि उनीहरूले एफिससको त्रोफिमस भन्ने एक जनालाई तिनीसँग सहरमा देखेका हुनाले त्यसैलाई पावलले मन्दिरभित्र ल्याएका हुन् भनी उनीहरूले ठाने।
30
तब जम्मै सहरमा हलचल भयो, र मानिसहरू एकसाथ दौड्दैआए। उनीहरूले पावललाई पक्रेर मन्दिरबाट बाहिर घिस्स्याउँदै ल्याए, र तुरुन्तै ढोकाहरू बन्द गरिए।
31
जब उनीहरूले तिनलाई मार्ने चेष्टा गरिरहेका थिए, तब सारा यरूशलेम खलबलिएको छ भन्ने कुराको खबर पल्टनका सेनापतिकहाँ आइपुग्यो।
32
उनी तुरुन्तै सिपाही र कप्तानहरू साथमा लिएर उनीहरूकहाँ दौड्दैआए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखे, र पावललाई कुट्न छोड़े।
33
तब ती सेनापति नजिक आएर पावललाई समाते र दुई साङ्लाले तिनलाई बाँध्ने हुकुम दिए। यो को हो र यसले के गर्यो भनी उनले सोधे।
34
तर त्यस भीड़मध्ये कसैले एक कुरा र कसैले अर्को कुरा भनेर कराए, र उनले त्यस होहल्लाले गर्दा घटना के हो सो थाहा पाउन नसकेकाले पावललाई ब्यारेकमा लैजानू भनी आज्ञा दिए।
35
जब पावल भर्याङमा आइपुगे, तब धुइरोको हिंसक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे।
36
किनभने मानिसहरूको भीड ‘त्यसलाई सिद्ध्याइदेऊ’ भनेर कराउँदै पछिपछि लागेको थियो।
37
ब्यारेकभित्र पुर्याउन लाग्दा पावलले सेनापतिलाई भने, “हजूर, अनुमति पाए, म केही भन्न चाहन्छु।” उनले भने, “के तँलाई ग्रीक भाषा आउँछ?
38
के तँ त्यही मिश्री होइनस्, जसले भर्खरै विद्रोह मच्चाई चार हजार विद्रोहीहरूलाई जङ्गलमा लगेको थियो?”
39
तर पावलले जवाफ दिए, “म त किलिकियाको सहर टार्ससको एक यहूदी मानिस हुँ, सानोतिनो सहरको नागरिक होइनँ। बिन्ती छ, यी मानिसहरूलाई केही भन्ने मलाई मन्जूरी दिनुहोस्।”
40
जब उनले मन्जूरी दिए, तब भर्याङमा उभिएर पावलले मानिसहरूलाई हातले इशारा गरे। मानिसहरू बिलकुलै शान्त भएपछि, तिनले उनीहरूलाई हिब्रू भाषामा यसो भने—
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28