bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 9
Acts 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 10 →
1
शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पूजाहारीकहाँ गए,
2
र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।
3
जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो।
4
तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?”
5
तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्छ?” अनि उहाँले भन्नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ।
6
तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।”
7
तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्दा अवाक भई उभिरहे।
8
तब शाऊल भूइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए।
9
अनि तीन दिनसम्म तिनी नदेख्ने भए, र न त खाना खाए न पानी पिए।
10
दमस्कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।”
11
तब प्रभुले तिनलाई भन्नुभयो, “उठ, र ‘सीधा’ नामक गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्।
12
तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्टि पाऊन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्।”
13
तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु।
14
यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनले पाएका छन्।”
15
तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्,
16
किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु।”
17
तब हननिया गएर त्यस घरभित्र पसे, र तिनीमाथि आफ्ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।”
18
तुरुन्तै तिनका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले फेरि दृष्टि पाए। तब तिनी उठे र बप्तिस्मा लिए,
19
अनि भोजन खाएर तिनले बल पाए। शाऊल निकै दिनसम्म दमस्कसमा भएका चेलाहरूसँग रहे।
20
अनि तुरुन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
21
तब सुन्नेहरू जति सबैले अचम्म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?”
22
तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा रहने यहूदीहरूलाई अकमक्क पारिदिए।
23
अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे।
24
तर तिनीहरूको षड्यन्त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्थे।
25
तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए।
26
तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे। तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए।
27
तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्नुभएको र तिनले दमस्कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए।
28
शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्लमखुल्ला हिँड्न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे,
29
अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्थे।
30
तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।
31
त्यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डलीमा वृद्धि हुँदैगयो।
32
पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे।
33
तिनले त्यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो।
34
पत्रुसले त्यसलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्यो तुरुन्तै उठिहाल्यो।
35
लुड्डा र शारोनमा बस्ने जति सबै जनाले त्यसलाई देखेर प्रभुतिर फर्के।
36
योप्पा नगरमा तबीता, अर्थात् डोरकास (हरिणी) भन्ने एउटी शिष्य थिइन्। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्।
37
ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे।
38
लुड्डा योप्पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्तो बिन्ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्।”
39
तब पत्रुस उठेर तिनीहरूसँग गए। त्यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्त्रहरू देखाए।
40
तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्।
41
उनले तिनलाई आफ्ना हातले समाती जुरुक्कै उठाए, अनि सन्तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे।
42
अब यो कुरा सारा योप्पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्वास गरे।
43
अनि तिनी निकै दिनसम्म एक जना सिमोन भन्ने चर्मकारसँग योप्पामा बसे।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28