bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 6
Acts 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 7 →
1
ती दिनमा जब चेलाहरूको संख्या बढ्दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए।
2
तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन।
3
यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं।
4
तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।”
5
यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने।
6
तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्ना हात राखे।
7
परमेश्वरको वचन बढ्दैगयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़्यो। पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
8
स्तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे।
9
तर कोही-कोहीचाहिँ जो स्वतन्त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्तिफनससँग वाद-विवाद गर्न लागे।
10
तिनी जुन बुद्धिले र आत्माद्वारा बोल्थे, तिनीहरूले त्यसको सामना गर्न सकेनन्।
11
तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।”
12
तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए।
13
तिनीहरूले यसो भन्ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन।
14
किनभने यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”
15
महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्वर्गदूतको मोहड़ाजस्तै देखे।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28