bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 8
Acts 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 9 →
1
तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्ट भए।
2
भक्तजनहरूले स्तिफनसलाई लगेर गाड़े, र तिनको निम्ति ठूलो विलाप गरे।
3
तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे।
4
तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे।
5
फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे।
6
फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए।
7
किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए।
8
यसरी त्यस सहरमा ज्यादै आनन्द भयो।
9
सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो।
10
त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, “यो मानिस परमेश्वरको त्यो शक्ति हो, जसलाई महाशक्ति भनिन्छ।”
11
तिनीहरूले त्यसलाई मान्थे, किनभने धेरै समयदेखि त्यसले आफ्नो जादूगरीले मानिसहरूलाई आश्चर्यचकित पारिराखेको थियो।
12
तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए।
13
सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो।
14
सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए।
15
उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाऊन् भनेर तिनीहरूका निम्ति प्रार्थना गरे।
16
किनकि त्यतिञ्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो।
17
तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्मा पाए।
18
अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो,
19
“मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।”
20
तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस्।
21
यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ।
22
यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला।
23
किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।”
24
तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्।”
25
अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के।
26
त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्यहाँ मरुभूमिको बाटो छ।”
27
अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए।
28
उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढ़िरहेका थिए।
29
तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।”
30
फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?”
31
तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्ने अनुरोध गरे।
32
अब तिनले पढ़िरहेका धर्मशास्त्रको खण्ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन।
33
उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। उसको पुस्ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्वीबाट हरण भयो।”
34
तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?”
35
तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए।
36
अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [
37
फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।”]
38
तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए।
39
तर जब उनीहरू पानीबाट बाहिर उक्लिआए, तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्नो बाटो लागे।
40
तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28