bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 25
Acts 25
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 26 →
1
फेस्तस आफ्नो प्रान्तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए।
2
मुख्य पूजाहारीहरू र यहूदीहरूका प्रमुख मानिसहरूले पावलको विरुद्धमा अभियोग लाए,
3
र तिनलाई बाटैमा मार्ने षड्यन्त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस् भन्ने बिन्ती गरे।
4
तर फेस्तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्छा भएको कुरा व्यक्त गरे।
5
उनले भने, “यसकारण तिमीहरूमध्येका नेताहरू त्यहाँ मेरो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।”
6
तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्दा बढ़ी नबसी कैसरिया फर्के, र त्यसकै भोलिपल्ट न्याय-आसनमा बसेर उनले पावललाई ल्याउने हुकुम गरे।
7
तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए, र पावलको विरुद्धमा अनेक गम्भीर अभियोग लगाए, जसको तिनीहरूले प्रमाण दिन सकेनन्।
8
पावलले आफ्नो पक्षमा बोल्दै भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।”
9
तर फेस्तसले यहूदीहरूलाई खुशी तुल्याउनका निम्ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्यहाँ मेरो सामुन्ने यी कुराका विषयमा इन्साफ गरिओस् भन्ने इच्छा गर्छौ?”
10
तर पावलले भने, “म कैसरको न्याय-आसनको सामुन्ने खड़ा भइरहेछु, जहाँ मेरो इन्साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ।
11
यदि म अपराधी हुँ, र मैले ज्यानसजाय पाउने योग्यको काम गरेको छु भने मर्नलाई म इन्कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्पन सक्दैन। म कैसरकहाँ अपिल गर्दछु।”
12
तब फेस्तसले सल्लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्यौ, तिमी कैसरकहाँ नै जानेछौ।”
13
केही दिन बितेपछि फेस्तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे।
14
तिनीहरू त्यहाँ निकै दिन बसेपछि फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, “फेलिक्सले राखेर गएको एक जना बन्दी यहाँ छ,
15
जसको बारेमा, म यरूशलेममा छँदा, मुख्य पूजाहारीहरू र यहूदीहरूका धर्म-गुरुहरूले त्यसको विरुद्धमा अभियोग लाएर त्यसलाई दण्ड दिनुपर्छ भनी अनुरोध गरेका थिए।
16
“अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ।
17
जब तिनीहरू जम्मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्टै न्याय-आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरें।
18
जब अभियोक्ताहरू खड़ा भए मैले ठानेझैँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्याउन सकेनन्।
19
तर तिनीहरूको मतभेदचाहिँ तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले चाहिँ अझै जीवित छ भनी दाबी गर्दथियो।
20
यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अलमल्ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्यसको इच्छा छ कि भनेर त्यसलाई मैले सोधें।
21
तर पावलले सम्राट्को फैसला नभएसम्म हिरासतमै राख्नू भनी अपिल गरेको हुनाले त्यसलाई कैसरकहाँ नपठाउञ्जेल पहरामा राख्ने हुकुम दिएँ।”
22
तब अग्रिपासले फेस्तसलाई भने, “यस मानिसको कुरा म आफैले पनि सुन्न पाए हुन्थ्यो।” अनि उनले भने, “भोलि तपाईंले सुन्नुहोला।”
23
भोलिपल्ट अग्रिपास र बरनिकी बड़ो रवाफसँग सेनापतिहरू र सहरका प्रमुख मानिसहरूका साथ सभाभवनमा पसे। अनि फेस्तसको हुकुम पाएर पावल हाजिर गराइए।
24
फेस्तसले भने, “राजा अग्रिपास र हामीसँग यहाँ भएका सबै उपस्थित सज्जन हो, तपाईंहरूले यस मानिसलाई देख्नुहुन्छ, जसको विषयमा सारा यहूदीहरूले ‘यो मानिस अब उप्रान्त जिउने योग्यको छैन’ भनी यरूशलेममा र यहाँ पनि मसँग बिन्ती गरेका थिए।
25
तर ज्यानसजाय पाउनुपर्ने यसले केही गरेको मैले नभेट्टाएकोले र यो आफैले पनि सम्राट्कहाँ अपिल गरेको हुनाले मैले यसलाई पठाउने निश्चय गरें।
26
यसको विषयमा मैले मेरा सम्राट्लाई लेख्ने विशेष कुरा केही छैन। यसकारण मैले यसलाई तपाईंहरूका सामुन्ने, र खास गरेर, हे राजा अग्रिपास, तपाईंको सामुन्ने ल्याएको छु, र हामीले यसको जाँच गरेपछि शायद मैले केही लेख्ने कुरा पाउनेछु।
27
किनभने कैदीको विरुद्धमा कुनै अभियोग नबताईकन त्यसलाई पठाउन मलाई मनासिब लाग्दैन।”
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28