bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 18
Acts 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
1
त्यसपछि तिनी एथेन्सबाट बिदा भएर कोरिन्थमा गए।
2
तिनले पोन्टस-निवासी अकिलास नाउँ भएका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालियाबाट आएका थिए, किनकि सम्राट् क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्किजाने आज्ञा दिएका थिए। पावल उनीहरूलाई भेट्न गए।
3
एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो।
4
हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे।
5
जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्यस्त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले शिक्षा दिँदैथिए।
6
तर जब उनीहरूले विरोध गरेर तिनको निन्दा गर्न लागे, तब तिनले आफ्नो लुगा टकटक्याएर उनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै थाप्लोमा परोस्, म निर्दोष छु। अब उप्रान्त म अन्यजातिहरूकहाँ जानेछु।”
7
तब तिनी त्यहाँबाट परमेश्वरको भक्ति गर्ने तीतस युस्तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो।
8
सभाघरका शासक क्रिस्पसले सपरिवार प्रभुमा विश्वास गरे, र कोरिन्थीहरूमध्ये पनि धेरैले पावलका वचन सुनेर विश्वास गरे, र बप्तिस्मा लिए।
9
एक रात दर्शनमा प्रभुले पावललाई भन्नुभयो,
10
“नडराऊ, तर बोल्दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।”
11
अनि परमेश्वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म तिनीहरूसँग बसे।
12
जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए,
13
र यसो भने, “यस मानिसले व्यवस्थाको विरुद्ध परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।”
14
जब पावल बोल्नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्ची नै यो केही अन्याय वा दुष्ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्न उचित हुनेथियो।
15
तर शब्दहरू, नाउँहरू र तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्ता कुराहरूको इन्साफ गर्न इन्कार गर्छु।”
16
अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए।
17
तब तिनीहरू सबैले सभाघरका शासक सोस्थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्यस कुराको केही वास्तै राखेनन्।
18
यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्नो कपाल खौरे।
19
तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे।
20
तब उनीहरूले तिनलाई अझ केही दिन बस्ने बिन्ती गर्दा तिनले इन्कार गरे।
21
उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्वरको इच्छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए।
22
जब तिनी कैसरियामा उत्रे तब माथि उक्लेर मण्डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्टिओखियातिर ओर्ले।
23
तिनले त्यहाँ केही दिन बिताएर त्यहाँबाट निस्की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्न-भिन्न स्थानमा गए।
24
अलेक्जेन्ड्रिया-निवासी अपोल्लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए।
25
तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्मामा उत्साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्नाको बप्तिस्मा मात्र जानेका थिए।
26
तिनी सभाघरमा साहसपूर्वक बोल्न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अकिलासले तिनलाई आफ्नो घरमा ल्याए, र परमेश्वरका मार्गको अर्थ झन् प्रष्टसँग बुझाइदिए।
27
तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्यहाँ जाने प्रोत्साहन दिए, र तिनलाई ग्रहण गरून् भनी त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे।
28
किनकि तिनले धर्मशास्त्रका वचनद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्ने बिलकुल निरुत्तर तुल्याए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28