bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 2
Acts 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 3 →
1
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
2
अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो।
3
आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
4
अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे।
5
स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए।
6
तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो।
7
तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र?
8
त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं?
9
हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एशियाका बासिन्दाहरू छौं।
10
अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं,
11
क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं।”
12
तिनीहरू सबै आश्चर्यचकित भए र अन्योलमा परेर एउटाले अर्कालाई यसो भन्न लागे, “यसको अर्थ के हो?”
13
तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्।”
14
तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस्।
15
किनभने तपाईंहरूले ठान्नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ।
16
तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो,
17
‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्।
18
हो, म आफ्ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्मा खन्याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन्।
19
माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात् रगत, आगो, र धूवाँको मुस्लो।
20
परमप्रभुको महान् र गौरवमय दिन आउन अगाडि सूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्।
21
अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’
22
“इस्राएलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशू यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो।
23
परमेश्वरले ठहराउनुभएको निश्चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।
24
उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो,
25
किनकि दाऊदले उहाँको विषयमा भन्दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ।
26
यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ।
27
किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
28
तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्नो उपस्थितिद्वारा आनन्दले गद्गद् पार्नुहुनेछ।’
29
“भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ।
30
यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ।
31
अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
32
यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।
33
यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो, र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ।
34
किनकि दाऊद त स्वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस
35
जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’
36
“त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।”
37
यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”
38
पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
39
किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
40
अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।”
41
तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।
42
तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।
43
हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए।
44
विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए।
45
तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे।
46
तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे,
47
र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28