bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 17
Acts 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
1
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्यहाँ यहूदीहरूको एउटा सभाघर थियो।
2
पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे।
3
“ख्रीष्टलाई अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनुपर्थ्यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए।
4
तिनीहरूमध्ये कति जना विश्वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्यामा ईश्वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए।
5
तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्चाउन लाए, अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्ने ल्याउन खोजे।
6
तिनीहरूलाई फेला पार्न नसक्दा, उनीहरूले यासोन र कुनै-कुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्स्याएर ल्याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्।
7
तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्ने एक जना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्।”
8
यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए।
9
उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
10
भाइहरूले तुरुन्तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए।
11
यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे।
12
यसकारण यिनीहरूमध्ये धेरैले, साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्वास गरे।
13
तर जब परमेश्वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्यहाँ पनि भीड़हरूलाई उचाल्न र उक्साउन आइपुगे।
14
तब भाइहरूले तुरुन्तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्यहीँ नै बसे।
15
पावललाई पुर्याउन जानेहरूले तिनलाई एथेन्ससम्म ल्याए। सिलास र तिमोथीचाहिँ जति सक्दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्ने आज्ञा पाएर तिनीहरू फर्के।
16
पावलले तिनीहरूलाई एथेन्समा पर्खिरहँदा, त्यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र व्याकुल भयो।
17
यसैकारण तिनले यहूदीहरू र ईश्वरभक्त जनहरूसँग सभाघरमा, र भेटिएका जतिसँग चाहिँ बजारमा दिनहुँ तर्क गर्थे।
18
इपिक्युरी र स्तोइकी दार्शनिकहरूमध्ये पनि कतिले तिनीसँग वाद-विवाद गरे। उनीहरू कतिले भने, “यो बकबके के भन्छ?” अरूहरूले भने, “अरू कुनै विदेशी देवी-देवताहरूको प्रचार गर्नेजस्तो देखिन्छ।” किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे।
19
तब उनीहरूले तिनलाई अरियोपागसमा लगे र सोधे, “तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्न सक्छौं?
20
किनकि तपाईं हाम्रो कानमा अनौठा कुराहरू सुनाउँदैहुनुहुन्छ। यसकारण यी कुराको मतलब के हो सो हामी जान्न चाहन्छौं।”
21
सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने विदेशीहरू नौलो-नौलो कुरा भन्न वा सुन्नबाहेक आफ्नो समय अरू कुनै कुरामा बिताउँदैनथे।
22
पावलले अरियोपागसको बीचमा खड़ा भएर भने, “एथेन्सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्तछु,
23
किनकि घुमफिर गर्दैजाँदा तपाईंहरूले पुज्ने वस्तुहरू मैले देखे। मैले एउटा यस्तो वेदी पनि भेट्टाएँ जसमा “अज्ञात देवताको निम्ति” भन्ने खोपिएको रहेछ। यसैले जसलाई तपाईंहरू नजानिकन पुज्नुहुन्छ उनलाई म तपाईंहरूका माझमा घोषणा गर्दछु।
24
“परमेश्वर, जसले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा वास गर्नुहुन्न,
25
उहाँलाई कुनै थोकको खाँचो परेजस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस्। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।
26
उहाँले एक जनाबाट समस्त पृथ्वीमा वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो,
27
तिनीहरूले परमेश्वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न।
28
किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्तित्व छ।” तपाईंहरूका आफ्नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्चय उहाँकै सन्तान हौं।’
29
“तब हामी परमेश्वरका सन्तान भएका हुनाले, परमेश्वर सुन, चाँदी वा पत्थरजस्तै हो भनी हामीले ठान्नुहुँदैन— यिनीहरूचाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्।
30
यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ।
31
किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
32
जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने, तब कसै-कसैले गिल्ला गरे। तर अरूहरूले चाहिँ “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं” भने।
33
त्यसपछि पावल तिनीहरूका बीचबाट गए।
34
तर कोही मानिसहरू तिनका साथ लागे, अनि विश्वास गरे। तिनीहरूमध्ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्त्री, र अरूहरू पनि थिए।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28