bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 3
Acts 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 4 →
1
पत्रुस र यूहन्ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदैथिए।
2
मन्दिरभित्र पस्नेहरूसँग भीख माग्न जन्मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे।
3
पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भीख माग्यो।
4
यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!”
5
तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो।
6
तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!”
7
तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो।
8
अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो, र हिँड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो।
9
तब सबै मानिसहरूले त्यसलाई हिँड्दैगरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे।
10
तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा भीख माग्न बसिरहने यही नै हो भनेर चिने, र त्यसमाथि भएको कुरामा तिनीहरूले अचम्म माने र आश्चर्यचकित भए।
11
त्यो मानिस पत्रुस र यूहन्नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए।
12
यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ?
13
अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो।
14
तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एक जना ज्यानमारालाई छोडिदिने माग गर्नुभयो,
15
र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं।
16
उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्ने पूरा निको पार्यो।
17
अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्यसै गरे।
18
उहाँका ख्रीष्टले दुःख भोग्नुपर्छ भनी परमेश्वरले सबै अगमवक्ताका मुखबाट भन्नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो।
19
यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्,
20
र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ।
21
परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ।
22
मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ।
23
यसो हुनेछ, कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ।’
24
“शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्।
25
तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।’
26
तपाईंहरू हरेकलाई आफ्नो दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिन भनी परमेश्वरले आफ्ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28