bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 14
Acts 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
1
अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्वास गर्यो।
2
तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अन्यजातिहरूलाई भड्काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए।
3
प्रभुको भरोसामा साहससँग बोल्दै धेरै समयसम्म पावल र बारनाबास त्यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्हहरू र अचम्मका कामहरू गराईकन आफ्नो अनुग्रहका वचनको गवाही दिनुभयो।
4
तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे।
5
अन्यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्ने प्रयत्न गरे।
6
तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्त्रा, डर्बी र छेउछाउका जिल्ला हुँदो भागेर गए,
7
र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे।
8
अब लुस्त्रा सहरमा खुट्टा चलाउन नसक्ने एक जना मानिस बसिरहेको थियो। त्यो जन्मैको लङ्गड़ो थियो, र कहिल्यै हिँड़ेको थिएन।
9
पावलले बोलेको त्यसले सुन्दैथियो। पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन
10
ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो।
11
जब पावलले गरेको यो काम भीड़ले देख्यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्च सोरले यसो भने, “देवहरू मान्छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्।”
12
तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्न लागे, किनकि यिनीचाहिँ मुख्य वक्ता थिए।
13
सहरको अगिल्तिर भएको जिउसको मन्दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्याएर त्यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्छा गरे।
14
तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए र भने,
15
“मानिसहरू हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईंहरूजस्तै दुःख-सुख भोग्ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्वरले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो।
16
उहाँले अघि बितिसकेका पुस्तामा सब जातिहरूलाई आ-आफ्नै रीतिअनुसार चल्न दिनुभयो।
17
तापनि उहाँले आफूलाई गवाहीविना छोड्नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो।”
18
यी कुरा भनेर तिनीहरूले मुश्किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके।
19
तर कुनै-कुनै यहूदीहरू एन्टिओखिया र आइकोनियनबाट त्यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान् भन्ठानेर सहरदेखि बाहिर घिस्स्याएर लगे।
20
तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्ट बारनाबाससँग निस्केर डर्बीमा गए।
21
तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टिओखियामा फर्के,
22
चेलाहरूका आत्मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।
23
जब तिनीहरूले उनीहरूको हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा उनीहरूलाई सुम्पिदिए।
24
त्यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए।
25
पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे।
26
अनि त्यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो।
27
जब तिनीहरू एन्टिओखियामा आइपुगे, तब मण्डलीलाई भेला गराए, अनि परमेश्वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्यजातिहरूका निम्ति विश्वासको ढोका खोलिदिनुभयो सो सुनाए।
28
तिनीहरू त्यहाँ चेलाहरूसँग निकै दिन बसे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28