bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 19
Acts 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 20 →
1
अपोल्लोस कोरिन्थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।
2
तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्वास गर्यौ के तिमीहरूले पवित्र आत्मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्मा हुनुहुन्छ भन्ने त हामीले सुनेका पनि छैनौं।”
3
अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्तो बप्तिस्मा लियौ?” उनीहरूले भने, “यूहन्नाको बप्तिस्मा।”
4
तब पावलले भने, “यूहन्नाले दिएको बप्तिस्माचाहिँ पश्चात्तापको बप्तिस्मा थियो। उनीपछि आउनुहुने व्यक्ति, अर्थात् येशूमाथि विश्वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।”
5
यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए।
6
जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्य भाषामा बोले र अगमवाणी गरे।
7
उनीहरू प्राय: बाह्र जना जति थिए।
8
पावल सभाघरमा पसिकन तीन महिनासम्म परमेश्वरका राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे।
9
तर जब कुनै-कुनैले हठी भएर विश्वास गरेनन्, र यस समुदायको विरुद्धमा झुण्डको सामुन्ने बोल्न लागे, तब पावल तिनीहरूबाट अलग्ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्नसको विद्यालयमा बहस गर्न लागे।
10
यो काम दुई वर्षसम्म चलिरह्यो, र एशियाका सबै बासिन्दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने।
11
परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो,
12
यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे।
13
तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।”
14
त्यहाँ एक जना स्केवास नाउँ भएको यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले यसो गर्थे।
15
तब भूतात्माले जवाफ दिएर तिनीहरूलाई भन्यो, “येशूलाई म चिन्छु, र पावललाई पनि म चिन्छु, तर तिमीहरूचाहिँ को हौ?”
16
त्यो भूतात्मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्यो र तिनीहरू त्यस घरबाट नाङ्गो र घाइते भएर भागे।
17
यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो।
18
विश्वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्ना-आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे।
19
तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो।
20
यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो।
21
यी घटनाहरूपछि, पवित्र आत्माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्यहाँ पुगेपछि म रोम जानैपर्छ”
22
तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।
23
त्यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्चियो।
24
किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्यो।
25
तब यिनीहरूलाई र अरू यस्तै पेशा भएकाहरूलाई त्यसले जम्मा गरेर भन्यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ।
26
तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्लाएर बहकाई लगेको छ।
27
यसकारण हाम्रो व्यापारको प्रतिष्ठा नाश हुने मात्र होइन तर महान् देवी आर्तेमिसको मन्दिरसमेत बेकम्मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्नो गौरवबाट पतित हुनेछिन्।”
28
यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान् हुन्।” भनी चिच्च्याउन लागे।
29
सारा सहरमा होहल्ला मच्चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्स्याउँदै लगे।
30
पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्।
31
एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस् भनी बिन्ती गरी पठाए।
32
तब तिनीहरू भिन्नाभिन्नै कुरा गर्दै चिच्च्याउन लागे। किनकि त्यो भीड़मा होहल्ला मच्चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्मा भएका हुन् सो पनि जानेका थिएनन्।
33
भीड़का कति मानिसहरूले अलेक्जेन्डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्जेन्डरले हातले इशारा गरेर मानिसहरूका सामुन्ने बचाउको निम्ति केही भन्ने इच्छा व्यक्त गरे।
34
तर तिनीहरूले त्यो त यहूदी रहेछ भन्ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्टा जति “एफिसीहरूकी आर्तेमिस महान् हुन्” भन्दै कराए।
35
नगरका हाकिमले मानिसहरूलाई शान्त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान् आर्तेमिसको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र?
36
तपाईंहरू जान्नुहुन्छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन।
37
किनभने तपाईंहरूले ल्याउनुभएका यी मानिसहरूले मन्दिर लुटेका छैनन् र हाम्री देवीको अपमान पनि गरेका छैनन्।
38
यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्।
39
तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्छ भनेता त्यसको फैसला नियमित सभामा हुनेछ,
40
किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्पष्टीकरण हामी दिन सक्नेछैनौं।”
41
यति भनेर तिनले सभालाई विसर्जन गरे।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28