bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 23
Acts 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 24 →
1
पावलले महासभातिर एकटक लाएर हेरे, र भने, “भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।”
2
यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए।
3
तब पावलले उनलाई भने, “हे चून पोतेको भित्तो! तिमीलाई पनि परमेश्वरले प्रहार गर्नुहुनेछ। तिमी व्यवस्थाबमोजिम मेरो इन्साफ गर्न बसेर के व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ?”
4
अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको अपमान गर्छस्?”
5
तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्ना जनताका शासकको खराबी नबोल्नू’।”
6
तर त्यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पावलले उच्च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ।”
7
तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो, र भीड़मा फाटो पर्यो।
8
किनकि सदुकीहरू भन्दछन् कि पुनरुत्थान, स्वर्गदूत, आत्मा भन्ने केही पनि छैन। तर फरिसीहरू ती सबै मान्छन्।
9
त्यहाँ ठूलो होहल्ला मच्चियो, र फरिसी दलका कोही शास्त्रीहरू खड़ा भएर यसो भन्दै प्रतिवाद गर्न लागे, “यस मानिसमा हामी केही खराबी पाउँदैनौं। यदि आत्मा वा स्वर्गदूतले यिनलाई यसो भनेका हुन् भने के त?”
10
त्यहाँ ठूलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछलाछ पारिएलान् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफतीसँग ल्याएर ब्यारेकभित्र लैजानू भनी आज्ञा दिए।
11
भोलिपल्ट राती प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।”
12
बिहान उज्यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्या नगरेसम्म केही नखाने र नपिउने शपथ खाए।
13
यो षड्यन्त्र गर्ने मानिसहरू चालीसभन्दा पनि बढ़ी थिए।
14
यिनीहरूले मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूकहाँ गएर भने, “पावलको हत्या नगरेसम्म हामी केही खानेछैनौं भनी हामीले दृढ़ शपथ खाएका छौं।
15
यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस्, र त्यसको मुद्दाको निर्णय अझ ठीक रूपले गर्नुपर्छ भन्ने बहाना बनाई त्यसलाई झिकाउनुहोस्। अनि त्यो यहाँ आउनासाथ हामी त्यसको हत्या गर्न तयार रहन्छौं।”
16
अब पावलको भानिजले यो षड्यन्त्र थाहा पाएर ब्यारेकभित्र गई पावललाई सुनाइदियो।
17
तब पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, “यस युवकलाई सेनापतिकहाँ पुर्याइदिनुहोस्, किनकि यसको उहाँसँग केही भन्ने कुरा छ।”
18
यसकारण उनले त्यसलाई लिएर सेनापतिकहाँ पुर्याएर भने, “बन्दी पावलले मलाई डाकेर यस ठिटालाई तपाईंकहाँ लैजानू भनेको छ, तपाईंलाई भन्नुपर्ने केही कुरा छ, अरे।”
19
सेनापतिले त्यसको हात समातेर एकातिर लगी एकान्तमा सोधे, “तैंले मलाई भन्ने कुरा के हो?”
20
त्यसले भन्यो, “यहूदीहरूले पावलको विषयमा अझ राम्ररी सोधपूछ गर्ने निहुँ गरी भोलि तिनलाई महासभामा ल्याइदिनुहोस् भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्।
21
तर तपाईंले तिनीहरूको कुरा नमान्नुहोला, किनकि तिनीहरूमध्ये चालीसभन्दा पनि बढ़ी मानिसहरूले तिनको हत्या नगरुञ्जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढुकेर बसेका छन्, र अब तिनीहरू तपाईंका वचनको आशा गरी तयारीमा छन्।”
22
यसकारण सेनापतिले त्यस ठिटालाई यसो भनी आज्ञा दिएर पठाए, “तैंले मलाई यो खबर दिएको कुरा कसैलाई नभन्।”
23
त्यसपछि तिनले कप्तानहरूमध्ये दुई जनालाई बोलाई भने, “आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोड़चढ़ी र दुई सय भालावालहरूलाई कैसरियासम्म जान तयार पारी राख।
24
अनि पावलको निम्ति पनि घोडाको व्यवस्था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्सकहाँ पुर्याऊ।”
25
तिनले यस किसिमको पत्र पनि लेखे:
26
“माननीय हाकिम फेलिक्सलाई, क्लौडियस लुसियसको अभिवादन!
27
यस मानिसलाई यहूदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो रोमी नागरिक रहेछ भन्ने मैले थाहा पाई फौजसँग त्यहाँ पुगी यसलाई छुटाएँ।
28
कुन अभियोगमा तिनीहरूले यसलाई दोष लाएका रहेछन् भनी जान्ने इच्छाले मैले यसलाई तिनीहरूको महासभामा ल्याएँ।
29
तिनीहरूले व्यवस्थाका प्रश्नबारे यसलाई दोष लाएका रहेछन्। तर ज्यानसजाय अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले भेट्टाइनँ।
30
यस मानिसको विरुद्ध षड्यन्त्र हुँदैछ भन्ने कुराको सूचना मलाई दिइयो, र यसलाई तुरुन्तै तपाईंको सामने पठाएको छु, र यसको विरुद्ध दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश गरेको छु।”
31
यसैले आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्टिपाट्रिसमा पुर्याए।
32
घोड़चढ़ीहरूलाई तिनको साथ जान त्यहीँ छोड़ेर अर्को दिन तिनीहरू ब्यारेक फर्के।
33
कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्ने हाजिर गराए।
34
उनले पत्र पढ़ेपछि तिनी कुन जिल्लाका हुन् भनी सोधे। तिनी किलिकियाका हुन् भन्ने थाहा पाएपछि उनले भने,
35
“तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्नू भनी हुकुम गरे।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28