bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 24
Acts 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
1
पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय धर्म-गुरुहरू, तर्तुल्लस नाउँका एक जना वकीलसँग त्यहाँ आए, र तिनीहरूले पावलको विरुद्ध हाकिमको अगि मुद्दा पेश गरे।
2
पावल त्यहाँ झिकाइएपछि तर्तुल्लसले तिनलाई यसो भन्दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्स, हजूरबाट हामीले ठूलो शान्ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्ति सुधारहरू सुरु गर्नुभएको छ।
3
यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्वीकार गर्छौं।
4
तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्।
5
“किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्दोलन मच्चाउने, र नासरी पन्थका मुख्य अगुवाको रूपमा भेट्टाएका छौं।
6
यसले मन्दिर अपवित्र पार्ने पनि कोसिस गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्यवस्थाअनुसार कारवाही गर्ने पनि थियौं,
7
तर सेनापति लुसियसले हामीकहाँ आएर बड़ो जबरदस्तसाथ त्यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो।
8
अब हजूर स्वयम्ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्नुहुन्छ।”
9
ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन् भनी समर्थन गरे।
10
हाकिमले तिनलाई बोल्ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्नो पक्षमा सहर्ष बोल्दछु।
11
हजूरले पत्ता लाउन सक्नुहुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढ़ी भएको छैन।
12
यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए,
13
न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्छन्।
14
तर यो म हजूरकै सामने स्वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्थ भन्दछन्, त्यहीबमोजिम व्यवस्थामा भएका कुरा र अगमवक्ताका पुस्तकमा लेखिएका सबै कुरा विश्वास गरी मेरा पुर्खाहरूका परमेश्वरको आराधना म गर्दछु।
15
धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्थान हुन्छ भन्ने यिनीहरू आफैले स्वीकार गरेजस्तै म परमेश्वरमा आशा राख्दछु।
16
यसैले परमेश्वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्ने प्रयत्न गर्दछु।
17
“अब केही वर्षपछि आफ्नो जातिको निम्ति दान र भेटी दिन म आएको थिएँ।
18
यिनीहरूले मलाई मन्दिरमा भेट्टाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्यहाँ कुनै भीड थिएन, होहल्ला पनि थिएन। तर त्यहाँ एशियाका कुनै यहूदीहरू थिए,
19
तिनीहरू यहाँ हजूरको सामुन्ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्थे।
20
अथवा यी मानिसहरूले आफै यहाँ भनून्— म महासभाको सामुन्नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए?
21
केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्थानको विषयमा आज तपाईंहरूका सामुन्ने मेरो मुद्दा चलिरहेको छ’।”
22
यस मार्गको विषयमा फेलिक्सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, “सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूको मुद्दा फैसला गरिदिनेछु।”
23
तब उनले पावललाई पहरामा राख्नू र तिनलाई केही स्वतन्त्रता दिनू, अनि तिनका कुनै पनि मित्रलाई तिनका खाँचोका कुरा पूरा गर्न नरोक्नू भनी कप्तानलाई आज्ञा दिए।
24
केही दिनपछि फेलिक्स उनकी यहूदी पत्नी द्रूसिल्लालाई साथमा लिएर आए, र उनले पावललाई बोलाएर ख्रीष्ट येशूमाथिको विश्वासबारे तिनीबाट सुने।
25
पावलले धार्मिकता, संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।”
26
पावलबाट कतै रुपियाँ मिलिहाल्ला कि भनी उनले आशा पनि गरेका थिए। यसकारणले पनि उनले तिनलाई घरीघरी डाकी कुराकानी गर्ने गर्थे।
27
तर दुई वर्षपछि जब फेलिक्सको बदलीमा पर्किअस फेस्तस आए, तब फेलिक्सले यहूदीहरूलाई खुशी राख्नका निम्ति पावललाई झ्यालखानमै राखेर गए।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28