bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Acts 27
Acts 27
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 28 →
1
समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट् अगस्टसका फौजको युलियस नामक कप्तानको जिम्मा लाइदिए।
2
एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्यौं। अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए।
3
भोलिपल्ट हामीले सीदोनमा लङ्गर हाल्यौं। युलियसले पावललाई दया देखाई तिनका साथीहरूकहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए।
4
त्यहाँबाट जहाज फेरि समुद्रतिर लाग्यो, र बतास चलेको हुनाले हामी साइप्रसको आड़ लिएर गयौं।
5
किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्यौं।
6
त्यहाँ इटालिया जाने अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाएर कप्तानले हामीलाई त्यसमा चढ़ाइदिए।
7
धेरै दिनसम्म बिस्तार-बिस्तार गएर कठिनतासाथ क्नीडसमा आइपुग्यौं र बतासले अझ अगि बढ्न नदिएको हुनाले क्रेटको आड़ लिएर हामी सालमोनेको छेउ-छेउ भएर गयौं।
8
कठिनसँग त्यसको किनार-किनार लागेर हामी सुन्दर बन्दरगाह भनिने ठाउँमा आयौं। त्यहाँबाट लासिया सहर नजिकै थियो।
9
समय धेरै बितिसकेको थियो र समुद्र-यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्चित-दिवसका उपवासको समय पनि बितिसकेको हुनाले, पावलले तिनीहरूलाई
10
यसो भन्दै सम्झाए, “मित्र हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो जीउ-ज्यानको समेत खतरा र नोक्सानी होला भन्ने म देख्तछु।”
11
तर कप्तानले पावलको कुराभन्दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्यार गरे।
12
यो बन्दरगाह हिउँद काट्नलाई असुबिधा भएकोले कुनै हालतले पनि फोनिक्समा नै पुगी जाडो बिताउनुपर्छ भनेर धेरैजसोले त्यहाँबाट जहाज चलाइहाल्ने नै सल्लाह दिए। फोनिक्सचाहिँ क्रेटको एउटा बन्दरगाह हो, जो दक्षिण-पश्चिम र उत्तर-पश्चिमपट्टि फर्केको छ।
13
जब दक्षिणी बतास मन्द गतिले चल्न थाल्यो, तिनीहरूको उद्देश्य सिद्ध भयो भन्ने ठानेर, लङ्गर निकाली तिनीहरू क्रेटको किनार-किनार हुँदै यात्रा गर्न लागे।
14
तर थोरै समयपछि त्यस टापूबाट प्रचण्ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्यो।
15
जब जहाज आँधीको चपेटामा पर्यो, त्यसले तूफानको सामना गर्न सकेन, र हामीले त्यसलाई जता जान्छ जाओस् भनेर छोडिदियौं।
16
क्लौडा भन्ने एउटा सानो टापूको आड़मा पुगेपछि हामीले मुश्किलले जहाजको डुङ्गालाई जोगाउन सक्यौं।
17
त्यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्तिरबाट बाँध्दै ल्याए, र सिरटिस भन्ने बलौटे धापमा फसिन्छ भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्यो।
18
अब आँधीले हामीहरूलाई ज्यादै उचाल्न र पछार्न थाल्यो, र भोलिपल्ट तिनीहरूले जहाजका मालसामान फ्याँक्न थाले।
19
अनि तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजका लठारा मिल्काइदिए।
20
धेरै दिनसम्म घाम, तारा केही देख्न पाइएन। तूफान लगातार चलिरहेकोले अन्त्यमा बाँच्ने आशासमेत हामीले त्यागिदियौं।
21
धेरै दिनसम्म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्तो सङ्कष्ट र हानि तपाईंहरूले खप्नुपर्ने थिएन।
22
अब म भन्दछु, साहस गर्नुहोस्। तपाईंहरूमध्ये कसैको ज्यान जानेछैन, तर जहाजचाहिँ नष्ट हुनेछ।
23
किनभने जुन परमेश्वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए।
24
उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्ने जति सबैका प्राण परमेश्वरले तिम्रो हातमा दिनुभएको छ।’
25
यसकारण मित्र हो, साहस गर्नुहोस्। म परमेश्वरमा विश्वास गर्छु, मलाई जस्तो बताइएको छ, ठीक त्यस्तै हुनेछ।
26
तर हामीचाहिँ कुनै एउटा टापूमा बजारिनुपर्नेछ।”
27
तर जब चौधौँ रात भएथ्यो, र एड्रियास समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधाराततिर नावीहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौं भन्ने अनुमान गरे,
28
र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्दा तिनीहरूले छब्बीस मिटर पत्ता लगाए।
29
अनि कुनै चट्टानमाथि ठक्कर खान पुग्छौं कि भन्ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस् भनी प्रार्थना गर्न लागे।
30
जब नावीहरू जहाजबाट भाग्न खोजिरहेका थिए, र अगिल्तिर लङ्गर खसाल्ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए,
31
तब पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुनेछैन।”
32
तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए, र डुङ्गालाई जान दिए।
33
मिरमिरे उज्यालो हुन लागेको थियो, पावलले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, “आज चौध दिन भइसक्यो, तपाईंहरू अलमल्लमा परेर भोकभोकै केही नखाई बस्नुभएको छ।
34
यसकारण केही खानुहोस् भनी म तपाईंहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईंहरूले बल पाउनुहुनेछ, तपाईंहरू कसैका शिरको एउटा केश पनि नष्ट हुनेछैन।”
35
यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्ने परमेश्वरलाई धन्यवाद चढ़ाएर सो भाँचेर खान लागे।
36
तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरो खाए।
37
(जहाजमा हुने हामी जम्मा दुई सय छयहत्तर जना थियौं।)
38
तिनीहरूले अघाउञ्जेल खाएपछि, जहाज हलुङ्गो तुल्याउन समुद्रमा गहूँ फालिदिए।
39
उज्यालो भएपछि पनि तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्, तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्भव भए जहाजलाई त्यहीँ किनार लाउने योजना तिनीहरूले गरे।
40
तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए।
41
तर पानीमुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्यहीँ भासियो, जहाजको अगिल्लो भाग अड्कियो र चल्नै सकेन, अनि पछिल्लो भागचाहिँ छालहरूका झोक्काले टुक्रिन थाल्यो।
42
कैदीहरू पौड़ेर भाग्लान् कि भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे।
43
तर कप्तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्यसो गर्नदेखि रोके। पौड्न सक्ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्ने हुकुम तिनले दिए,
44
र बाँकी रहेकाहरूचाहिँ फल्याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28