bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 17
Jeremiah 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 18 →
1
“यहूदाको पाप फलामको औजारले कुँदिएको छ। त्यो तिनीहरूका हृदयको पाटीमा र तिनीहरूका वेदीका सीङहरूमा चकमक पत्थरको टुप्पाले खोपिएको छ।
2
झ्याम्म परेका रूखहरूनेर र अल्गा डाँड़ाहरूमा भएका आफ्ना वेदीहरू र अशेराका खम्बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्मरण गर्छन्।
3
देशमा भएको मेरो पर्वत र तिमीहरूका सबै धन-सम्पत्ति तिमीहरूका अल्गा-अल्गा ठाउँहरूसहित तिमीहरूको देशभरिका पापको कारण ती लुटिनलाई म दिनेछु।
4
मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले आफ्नै दोषले गर्दा तिमीहरूले गुमाउनेछौ, र तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्ना शत्रुहरूको सेवा गर्न लाउनेछु, किनकि तिमीहरूले मेरो रीसको आगो सल्काएका छौ, र त्यो सधैँ जलिरहनेछ।”
5
परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ।
6
त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नूनको जमिन जहाँ कोही पनि बस्दैन।
7
“तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।
8
त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन।”
9
मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?
10
“हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।”
11
आफूले नपारेका अण्डा ओथ्रने तित्रोजस्तै त्यो मानिस हो, जसले अन्यायसित धन कमाउँछ। त्यसको जीवनकालको आधा समयमा नै त्यस धनले त्यसलाई छोड्नेछ, र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्नेछ।
12
सुरुदेखि नै गौरवमा स्थापित भएको महिमित सिंहासन हाम्रो शरणस्थान हो।
13
हे परमप्रभु, इस्राएलको आशा, तपाईंलाई त्याग्नेहरू सबै लाजमा पारिनेछन्। तपाईंदेखि तर्किजानेहरू सबै धूलोमा लेखिएका नाउँहरूजस्ता मात्रै हुनेछन्, किनभने तिनीहरूले परमप्रभु, जीवित पानीको मूललाई त्यागेका छन्।
14
हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ।
15
तिनीहरू मलाई भनिरहन्छन्, “परमप्रभुको वचन कहाँ छ? त्यो अब पूरा गरिओस्!”
16
तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्नुहुन्छ कि निराशाको दिनको इच्छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्कन्छ, त्यो तपाईंको सामुन्ने खुला छ।
17
तपाईं मेरो त्रासको कारण नबन्नुहोस्, मेरा विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।
18
मलाई सताउनेहरू नै लाजमा परून्, तर मलाई चाहिँ लाजमा पर्नदेखि जोगाउनुहोस्। तिनीहरू नै त्रासमा परून्, तर मलाई चाहिँ त्रासमा पर्नदेखि जोगाउनुहोस्। तिनीहरूमाथि सर्वनाशको दिन ल्याउनुहोस्, दोबर विनाशले तिनीहरूलाई सर्वनाश गर्नुहोस्।
19
परमप्रभुले मलाई यसो भन्नुभयो: “यहूदाका राजाहरू भित्र-बाहिर जाने मेरो प्रजाको मूल ढोका र यरूशलेमका अरू सबै मूल ढोकाहरूमा गएर उभी।
20
तिनीहरूलाई यसो भन्, “यी मूल ढोकाहरूबाट भित्र पस्ने हे यहूदाका राजा र यहूदाका सबै मानिस हो, र यरूशलेममा बस्ने हरेक हो, परमप्रभुको वचन सुन।
21
परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूको शबाथ-दिनमा कुनै भारी नबोक्न, अथवा यरूशलेमका मूल ढोकाहरूबाट त्यो भित्र नल्याउनलाई होशियार होओ।
22
शबाथमा तिमीहरूका घरबाट भारी बोकेर बाहिर नलैजाओ, अथवा त्यो दिन कुनै किसिमको काम नगर, तर मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आज्ञा दिएअनुसार शबाथ-दिनलाई पवित्र राख।
23
तापनि तिनीहरूले सुनेनन् अथवा ध्यानै दिएनन्। तिनीहरू अटेरी भए र सुन्न चाहेनन्, अथवा अनुशासनमा बसेनन्।
24
परमप्रभु भन्नुहुन्छ, तर यदि तिमीहरूले मेरो कुरा सुन्यौ र शबाथमा सहरका मूल ढोकाहरूबाट कुनै पनि भारी भित्र ल्याएनौ र शबाथ पवित्र मानेर कुनै पनि काम गरेनौ भने,
25
दाऊदको सिंहासनमा विराजमान हुने राजाहरू, आफ्ना अधिकारीहरूसित यस सहरका मूल ढोकाहरूबाट रथ र घोड़ाहरूमा सवार भएर पस्नेछन्— तिनीहरू, यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरू आउनेछन्, र यस सहरमा सदासर्वदा मानिसहरू बसोबास गर्नेछन्।
26
यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्नबलि र धूप र धन्यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्।
27
तर शबाथ पवित्र राख्नलाई र शबाथ-दिनमा भारी बोकेर यरूशलेमका मूल ढोकाहरूबाट भित्र पस्न छोड्नलाई मेरो कुरा मानेनौ भनेदेखि त म यरूशलेमका मूल ढोकाहरूमा ननिभ्ने आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू स्वाहा पार्नेछ’।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52