bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 44
Jeremiah 44
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 45 →
1
तल्लो मिश्रमा— मिग्दोल, तहपनेस र नोपमा— र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
2
“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यरूशलेम र यहूदाका सबै नगरहरूमा मैले ल्याएको ठूलो सर्वनाश त तिमीहरूले देखेकै छौ। आज ती उजाड़ र भग्नावशेष भएका छन्।
3
यो तिनीहरूका दुष्ट्याइँको कारणले हो। तिनीहरूले मलाई क्रोधित तुल्याए। तिनीहरूले धूप बाले र अरू देवताहरूको सेवा गरे, जसलाई न त तिनीहरू आफैले, न तिमीहरूले चिनेका थियौ न त तिमीहरूका पुर्खाले चिनेका थिए।
4
मैले मेरा दास अगमवक्ताहरूलाई बारम्बार यसो भनेर तिनीहरूकहाँ पठाएँ, ‘मलाई घिनलाग्ने यस्तो घृणित काम नगर’।
5
तर तिनीहरूले सुनेनन् अथवा ध्यानै दिएनन्। तिनीहरू आफ्ना दुष्ट कामहरूदेखि फर्केनन् वा तिनीहरूले अन्य देवताहरूलाई धूप बाल्न छोड़ेनन्।
6
यसैकारण यहूदाका नगरहरू र यरूशलेमका गल्लीहरूमा मेरो क्रोध र मेरो भयानक रीस खनियो र ती उजाड़ र भग्नावशेष भएर, जो आज देखिँदैछन्।
7
“अब सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाबाट पुरुष, स्त्री, साना नानी र दूध खाने बालकहरू अलग गराएर केही पनि नरहने गरी तिमीहरूले आफूमाथि यस्तो ठूलो सर्वनाश किन ल्याउँछौ?
8
तिमीहरू प्रवासी भएर बस्नलाई आएको मिश्रदेशमा तिमीहरूका हातले बनाएका थोकद्वारा, अर्थात् अरू देवताहरूलाई धूप बालेर मलाई किन रीस उठाउँछौ? तिमीहरूले आफैलाई नष्ट गर्नेछौ, र पृथ्वीका सबै जातिहरूका बीचमा तिमीहरू सराप र निन्दाका पात्र बन्नेछौ।
9
जुन दुष्ट काम तिमीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरू र रानीहरू, अनि तिमीहरू र तिमीहरूका पत्नीहरूले यहूदा देश र यरूशलेमका गल्ली-गल्लीहरूमा गर्यौ, के ती तिमीहरूले भुल्यौ?
10
आजको दिनसम्म पनि तिनीहरूले आफैलाई नम्र तुल्याएका छैनन्, अथवा मलाई आदर गरेका छैनन्, न मेरा व्यवस्था र विधिहरूमा तिनीहरू चल्छन्, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूका सामुन्ने राखेको थिएँ।
11
“यसैकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूमाथि सर्वनाश ल्याउन र सारा यहूदालाई नष्ट गर्न मैले निश्चय गरेको छु।
12
मिश्रदेशमा गएर बस्न निश्चय गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्ट गर्नेछु। मिश्रदेशमा नै तिनीहरू सबैको पतन हुनेछ। तरवार वा अनिकालले तिनीहरू नष्ट हुनेछन्। सानोदेखि लिएर ठूलोसम्म सबै मानिसहरू तरवार र अनिकालद्वारा मर्नेछन्। तिनीहरू सराप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछन्।
13
जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र रूढ़ीले दण्ड दिएथें, त्यसरी नै मिश्रदेशमा बस्नेहरूलाई म दण्ड दिनेछु।
14
यहूदाका बाँकी रहेकाहरू जो मिश्रदेशमा प्रवासी भएर बस्नलाई गएका छन्, तिनीहरूमा एउटै पनि बाँच्नेछैन न उम्कनेछ, र तिनीहरूले यहूदा देशमा फर्केर बस्ने इच्छा गरे तापनि केही शरणार्थीहरूबाहेक तिनीहरू एउटै पनि फर्कन पाउनेछैनन्।”
15
तब त्यस ठूलो समुदायमा उपस्थित भएका सबै मानिसहरूले, जसले जान्दथे कि तिनीहरूका पत्नीहरूले अन्य देवताहरूलाई धूप बाल्दैथिए, र त्यहाँ उपस्थित भएका सबै स्त्रीहरूले र तल्लो र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीहरूले यर्मियालाई भने,
16
‘जो कुरा तिमीले हामीहरूलाई परमप्रभुको नाउँमा सुनाएका छौ, त्यो हामी सुन्नेछैनौं।
17
तर हामीले भनेको हरेक काम हामी अवश्य पूरा गर्नेछौं। हामी र हाम्रा पिता-पुर्खाले र हाम्रा राजाहरू र अधिकारीहरूले यहूदाका नगरहरूमा र यरूशलेमका गल्लीहरूमा स्वर्गकी रानीको निम्ति धूप बालेझैँ र अर्घ-बलि चढ़ाएझैँ हामी पनि चढ़ाउनेछौं। त्यस बेला हामीले प्रशस्त खान पाउँथ्यौँ। हाम्रो फलिफाप भएको थियो, र हामीलाई कुनै किसिमको हानि भएको थिएन।
18
तर स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदैआएको छ, अनि तरवार र अनिकालद्वारा हाम्रो पतन हुँदैगएको छ।”
19
अनि स्त्रीहरूले अझ थपे, “जब हामीले स्वर्गकी रानीको निम्ति धूप बाल्यौं र अर्घ-बलि चढ़ायौं, तब के हामीले आफ्ना पतिहरूको सहमतविना नै स्वर्गकी रानीको आकारजस्ताका फुरौला पोल्यौं र अर्घ-बलि चढ़ायौं र?”
20
तब यर्मियाले तिनलाई जवाफ दिने पुरुष र स्त्री दुवैलाई जवाफ दिँदै भने,
21
“तिमीहरू, तिमीहरूका पिता-पुर्खाहरू, तिमीहरूका राजाहरू, तिमीहरूका पदाधिकारीहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूमा धूप जलाएका विषयमा के परमप्रभुलाई स्मरण थिएन र? के उहाँले विचार गर्नुभएन र?
22
जब परमप्रभुले तिमीहरूका दुष्ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्दाविना उजाड़ भएको थियो, जस्तो आज पनि छ।
23
तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्यवस्था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्छ, तिमीहरूमाथि आएको हो।”
24
तब यर्मियाले ती सबै पुरुष र स्त्रीहरूलाई भने, “मिश्रदेशमा भएका हे सबै यहूदाका मानिस हो, परमप्रभुको वचन सुन।
25
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन हामीले गरेको भाकल हामी अवश्य पूरा गर्नेछौं’ भनी तिमीहरू र तिमीहरूका पत्नीहरूले आफूले प्रतिज्ञा गरेका कुरा आफ्नै कामद्वारा तिमीहरूले पूरा गरेका छौ। यसर्थ तिमीहरूका प्रतिज्ञाहरू पूरा गर। तिमीहरूका भाकलहरू पूरा गर।
26
तर मिश्रदेशमा बस्ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्नुहुन्छ: ‘मेरो महान् नाउँमा म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि “जीवित परमप्रभुको नाउँमा” भन्दै कहिल्यै मेरो नाउँमा शपथ खाने वा पुकारा गर्नेछैन’।
27
किनकि म तिनीहरूलाई असलको निम्ति होइन तर खराबको निम्ति हेर्दैछु। मिश्रदेशमा हुने सबै यहूदीहरू नष्ट नहोउञ्जेल तरवार र अनिकालले मर्नेछन्।
28
तरवारबाट बाँचेकाहरू मिश्रदेशदेखि यहूदा देशमा थोरै मात्र फर्केर जानेछन्। तब कसको वचनचाहिँ सत्य ठहर्दोरहेछ— मेरो कि तिनीहरूको भनी मिश्रदेशमा बस्न आएका यहूदाका बाँकी रहेकाहरू जम्मैले जान्नेछन्।
29
“परमप्रभु भन्नुहुन्छ, ‘म तिमीहरूलाई यही ठाउँमा दण्ड दिनेछु भन्ने तिमीहरूलाई यो चिन्ह हुनेछ, र तिमीहरूले यो जान कि तिमीहरूका विरुद्ध जोखिम गर्ने मेरो धम्की निश्चय नै कायम रहनेछ’।
30
परमप्रभु यसो भन्नुहुन्छ: ‘जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्यसको ज्यान लिन खोज्ने त्यसका शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म मिश्रदेशको राजा फारो होप्रालाई पनि त्यसको ज्यान लिन खोज्ने त्यसका शत्रुको हातमा सुम्पिदिनेछु’।”
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52