bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 2
Jeremiah 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 3 →
1
परमप्रभुको यो वचन मकहाँ आयो:
2
“जा, र यरूशलेमले सुन्ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्यस बीउ नछरेको भूमिमा।
3
इस्राएल आफ्ना परमप्रभुको निम्ति पवित्र थियो, त्यो उहाँको फसलको अगौटे फल थियो। त्यसलाई निल्नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्नुहुन्छ।
4
हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन।
5
परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्याए।
6
तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’
7
मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्यायौ।
8
‘परमप्रभु कहाँ हुनुहुन्छ?’ पूजाहारीहरूले भनेनन्। व्यवस्था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्यर्थैका मूर्तिहरूका पछि लागे।
9
“यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्नुहुन्छ।
10
कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्तो काम त्यहाँ कहिल्यै भएको रहेछ त?
11
के कुनै जातिले आफ्ना देवताहरू बद्लिगरेका छन् र? (यद्यपि कुनै प्रकारले ती ईश्वर होइनन्।) तर मेरो प्रजाले त आफ्नो गौरव व्यर्थका मूर्तिहरूसित साट्यो।
12
हे आकाशमण्डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्नुहुन्छ।
13
“मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।
14
“के इस्राएल एउटा नोकर, जन्मैको एक कमारो हो र? तब किन त्यो लुटियो त?
15
सिंहहरू गर्जेका छन्, तिनीहरू त्योतिर फर्केर गर्जंदैछन्। तिनीहरूले त्यसको देश उजाड़ पारिदिएका छन्। त्यसका नगरहरू जलाइएका र त्यागिएका छन्।
16
नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्।
17
जब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बाटोमा डोर्याएर ल्याउनुभयो, तब उहाँलाई त्यागेर तिमीहरूले यो आफैमाथि ल्याएका होइनौ र?
18
शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्शूरमा किन जान्छौ?
19
तिमीहरूको दुष्टताले तिमीहरूलाई दण्ड दिनेछ, तिमीहरूको धर्म-त्यागले तिमीहरूलाई हप्काउनेछ। यसकारण तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई त्यागेका र उहाँको भय नमानेका हुनाले तिमीहरूको कति खराबी हुनेछ, र तिमीहरूलाई कति तीतो लाग्नेछ भनी जान,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
20
“धेरै अघि नै तैंले आफ्नो जुवा भाँचिदिइस्, र बन्धनहरू फुकाइस्, र भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ साँच्चै, हरेक डाँड़ामाथि, र हरेक झ्याम्म परेको रूखमुनि तँ वेश्याझैँ ढल्किस्।
21
मैले त तँलाई भरिलो र भरपर्दोजस्तो गरी छानेको दाखको बोट पो रोपेको थिएँ। तँ कसरी मेरो विरुद्ध उठी भ्रष्ट जङ्गली दाखको बोट भइस्?
22
तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्ने नै छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।
23
“‘म बिटुलो भएको छैनँ, र म बाल देवताहरूको पछि लागेको छैनँ,’ भनी तैंले कसरी भन्न सक्छस्? हेर, बेँसीमा तैंले कस्तो व्यवहार गरिस्? त्यहाँ तैंले के गरिस् सो विचार गर्। वेगले यताउता कुदिहिँड्ने तँ चञ्चली जवान ऊँट!
24
उजाड़-स्थानमा बस्ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्यसको कामवासनालाई कसले रोक्न सक्छ र? त्यसको पछि लाग्ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्यसलाई भेट्टाउनेछन्।
25
तेरो खुट्टा नाङ्गो नहोउञ्जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्जेल नकुद्। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्नेछु’।
26
“जसरी चोर पक्राउ पर्दा लज्जित हुन्छ, त्यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित छन्।
27
तिनीहरू काठलाई भन्छन्, ‘तिमी मेरा पिता हौ,’ र ढुङ्गालाई, ‘तिमीले मलाई जन्म दिएकी हौ’। तिनीहरूले आफ्ना पीठ मतिर फर्काएका छन्, तर मुख होइन। तापनि दु:खका दिनमा तिनीहरू भन्छन्, ‘आएर हामीलाई बचाउनुहोस्!’
28
तब तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कता गए? तिमीहरूले दु:ख पाउँदा तिनीहरूले तिमीहरूलाई बचाउन सक्ने भए, तिनीहरू आऊन्। किनकि हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, तिमीहरूका देवताहरू पनि त्यति नै छन्।
29
“तिमीहरू किन मेरो विरुद्धमा दोष ल्याउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” परमप्रभु भन्नुहुन्छ।
30
“तिमीहरूका मानिसहरूलाई मैले व्यर्थमा दण्ड दिएँ। सुधार्ने मेरो शिक्षा तिनीहरूले ग्रहण गरेनन्। निलिहाल्ने सिंहले झैँ तिमीहरूका अगमवक्ताहरूलाई तिमीहरूले तरवारले नाश गरेका छौ।
31
“हे यस पुस्ताका मानिस हो, परमप्रभुको वचनमा विचार गर। के म इस्राएलीको निम्ति एक मरुभूमि अथवा बाक्लो अन्धकारको देश भएँ र? किन मेरो प्रजाले यसो भन्छ, ‘हामी घुम्नलाई स्वतन्त्र छौं, हामी तपाईंकहाँ फेरि कहिल्यै आउनेछैनौं’?
32
के कुमारीले आफ्ना रत्नहरू, दुलहीले आफ्ना विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तर मेरो प्रजाले त मलाई गन्नै नसकिने दिनदेखि बिर्सिसक्यो।
33
प्रेम खोजिहिँड्न तँ कति निपुण छेस्? यहाँसम्म कि खराबभन्दा खराब स्त्रीहरूले पनि तेरा चालबाट सिक्न सक्छन्।
34
तेरो वस्त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्। ती सबै हुँदाहुँदै पनि
35
तँ भन्छस्, ‘म त निर्दोष छु। उहाँ मसित रिसाउनुहुन्न’। तर, ‘मैले पाप गरेकी छैनँ’ भनी तैंले भनेको कारण म तेरो न्याय गर्नेछु।
36
आफ्ना चाल बद्लिँदै तँ किन यसरी यताउता हिँड़िबस्छेस्? जसरी अश्शूरले तँलाई निराश पार्यो, त्यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ।
37
शिरमा हात राखेर तैंले त्यो ठाउँ पनि छोड्नुपर्नेछ। तैंले भरोसा गरेकाहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ। तैंले उनीहरूबाट केही सहायता पाउनेछैनस्।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52