bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 28
Jeremiah 28
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 29 →
1
त्यही वर्ष, यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षको पाँचौँ महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने हनन्याह अगमवक्ताले परमप्रभुको भवनमा पूजाहारीहरू र सारा मानिसहरूका सामुन्ने मलाई भने:
2
“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।
3
बेबिलोनको राजा नबूकदनेसरले परमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्याउनेछु।
4
अनि यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्याउनेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु’।”
5
तब परमप्रभुको भवनमा उभिरहेका पूजाहारीहरू र सबै मानिसहरूका सामुन्ने यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई जवाफ दिए।
6
तिनले भने, “आमेन, परमप्रभुले त्यसै नै गरून्! तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदेऊन्। परमप्रभुको भवनका मालसामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइल्याऊन्।
7
तापनि तिमी र यी सबै मानिसहरूले सुन्ने गरी मैले भनेको यो वचन तिमी सुन:
8
म र तिम्रा अघि आएका अगमवक्ताहरूले त धेरै देशहरू र ठूला-ठूला राज्यहरूका विरुद्धमा लड़ाइँ, अनिकाल र रूढ़ीका विषयमा अगमवाणी भनेका छन्।
9
तर जुन अगमवक्ताले शान्तिको अगमवाणी कहन्छन्, यदि त्यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनुभएको रहेछ भनी चिनिनेछ।”
10
तब हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट त्यो जुवा निकालेर भाँचिदिए।
11
अनि हनन्याहले सबै मानिसहरूका सामुन्ने यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यसरी नै यी दुई वर्ष भित्रमा म सबै जातिका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु’।” तब यर्मिया अगमवक्ताचाहिँ आफ्नो बाटो लागे।
12
हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा भाँचेका केही समयपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
13
“गएर हनन्याहलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त काठको जुवा भाँचेको छस्, तर म त्यसको सट्टामा फलामको जुवा ल्याउनेछु।
14
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्नलाई म यी सबै जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु, र उनीहरूले त्यसको सेवा गर्नेछन्। वनका पशुहरूलाई पनि म त्यसको अधीनमा राख्नेछु’।”
15
अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमेश्वरले तिमीलाई पठाउनुभएको होइन। तापनि तिमीले यी मानिसहरूलाई झूटा कुरामा विश्वास गर्न लगाएका छौ।
16
यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘मैले तँलाई यस पृथ्वीबाट हटाउन लागेको छु। यही वर्ष तँ मर्नेछस्, किनभने तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्’।”
17
त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52