bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 9
Jeremiah 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 10 →
1
मेरो शिर पानीको मूल र मेरो आँखा आँसुको फुहारा भए त, मेरो प्रजाका मारिएकाहरूका निम्ति म रातदिन रुनेथिएँ।
2
मरुभूमिमा यात्रीहरू बस्नका निम्ति मेरो एउटा बस्ने ठाउँ भए त, म आफ्नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्यभिचारी हुन्, विश्वासघातीको एक जमात।
3
“तिनीहरू झूट बोलिहाल्नलाई आफ्नो जिब्रो धनुझैँ तयार गर्छन्। देशमा तिनीहरू सत्यद्वारा विजयी हुँदैनन्। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्कन्छन्, अनि मलाई चिन्दैनन्,” परमप्रभु भन्नुहुन्छ।
4
“आफ्ना मित्रहरूदेखि होशियार बस। आफ्ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्छ।
5
मित्रले मित्रलाई छल गर्छ, र कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्, र तिनीहरू पाप गर्दागर्दा थकित भएका छन्।
6
तँ छलहरूका बीचमा बस्छस्। आफ्नो छलमा तिनीहरू मलाई चिन्न इन्कार गर्छन्,” परमप्रभु भन्नुहुन्छ।
7
यसैकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्छु र?
8
तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्यसले छलको कुरा बोल्दछ। हरेकले आफ्नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्यसको विरुद्ध ढुकेर पासो थाप्दछ।
9
के यसैको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ?” परमप्रभु भन्नुहुन्छ। “के यस्तो जातिलाई म दण्ड नदिऊँ?”
10
पहाड़हरूका निम्ति म रुन्छु र विलाप गर्छु, मरुभूमिमा भएका खर्कहरूका निम्ति म विलाप गर्छु। ती उजाड़ पारिएका छन्, त्यसबाट भएर कोही पनि यात्रा गर्दैन, र गाई-गोरुहरूको सोर त्यहाँ सुनिँदैन। आकाशका पक्षीहरू भागेका छन्, र पशुहरू गइगएका छन्।
11
“म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको ओड़ार तुल्याइदिनेछु। म यहूदाका नगरहरूलाई उजाड़-स्थान तुल्याइदिनेछु, र त्यहाँ कोही पनि बस्न सक्नेछैन।”
12
यो बुझ्ने कुन यस्तो बुद्धिमान् मानिस होला? कसलाई परमप्रभुले सिकाउनुभएको छ र त्यसले यो बुझाउन सक्छ? कोही त्यसमा भएर जान नसक्ने गरी किन देश मरुभूमिजस्तै नाश र उजाड़ भयो?
13
परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूका सामुन्ने राखेका मेरो व्यवस्थालाई तिनीहरूले त्यागे। तिनीहरूले मेरो आज्ञापालन गरेका छैनन्, र मेरो व्यवस्थाबमोजिम तिनीहरू हिँड़ेका छैनन्।
14
त्यसको सट्टा तिनीहरू आफ्ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।”
15
यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म यस प्रजालाई ऐरेलु खुवाउनेछु, र पिउनलाई विषालु पानी दिनेछु।
16
न त तिनीहरूले न तिनीहरूका पिता-पुर्खाहरूले जानेका जातिहरूका बीचमा म तिनीहरूलाई छरपष्ट पार्नेछु, र तिनीहरूलाई नष्ट नपारुञ्जेल तरवार लिएर म तिनीहरूलाई खेद्नेछु।”
17
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “अब विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ, तिनीहरूमध्येका सबैभन्दा निपुण विलाप गर्नेहरूलाई बोलाइपठाओ।
18
तिनीहरू चाँड़ै आऊन्, र हाम्रा निम्ति विलाप गरिदेऊन्, जबसम्म हाम्रा आँखाभरि आँसु हुँदैन, र हाम्रा परेलाबाट आँसुको धारा छुट्दैन।
19
सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्तो किसिमले नष्ट भयौं! हामीहरू लाजले भुतुक्क भयौं! हामीले हाम्रो देश छोड्नैपर्छ, किनभने हाम्रा घरहरू नष्ट भए’।”
20
अब हे स्त्री हो, परमप्रभुको वचन सुन, उहाँको मुखको वचन सुन्न तिमीहरूका कान खोल। तिमीहरूका छोरीहरूलाई शोक गर्न र एक-अर्कालाई विलाप गर्न सिकाइदेओ।
21
हाम्रा बालकहरूलाई गल्लीदेखि, र हाम्रा जवानहरूलाई चोकहरूदेखि मृत्युले नाश गरेको छ। त्यो हाम्रा झ्यालहरूसम्मै चढ़ेर आएको छ र हाम्रा किल्लाहरूभित्र पसेको छ।
22
तैंले भन्, “परमप्रभु यो घोषणा गर्नुहुन्छ: ‘मानिसहरूका लाश बारीका मलझैँ, बाली काट्नेहरूका पछाड़ि छोड़िएका दानाझैँ पड़िरहनेछन्, र कसैले तिनलाई बटुल्नेछैन’।”
23
परमप्रभु यसो भन्नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्,
24
तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: ‘म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनैमा म प्रसन्न हुन्छु,” परमप्रभु भन्नुहुन्छ।
25
परमप्रभु घोषणा गर्नुहुन्छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्ड दिनेछु—
26
अर्थात् मिश्रदेश, यहूदा, एदोम, अम्मोन, मोआब र मरुभूमि र टाढ़ा-टाढ़ाका ठाउँहरूमा बस्ने सबैलाई। किनकि यी सबै जातिहरू साँच्चै नै बेखतनाका हुन्, र इस्राएलका सारा घरानासित पनि हृदयमा बेखतना भएकाहरू हुन्।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52