bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 35
Jeremiah 35
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 36 →
1
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:
2
“रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्ये एउटामा निम्तो दिएर दाखमद्य खुवा।”
3
यसैले मैले यर्मियाका छोरा, हबसिन्याहका नाति याजन्याह र तिनका भाइहरू, तिनका सबै छोराहरू, अर्थात् रेकाबीहरूका सबै परिवारलाई ल्याउन गएँ,
4
र मैले तिनीहरूलाई परमप्रभुको घरमा परमेश्वरको भक्त यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा ल्याएँ। यो कोठाचाहिँ अधिकृतहरूको कोठाको छेउमा थियो, जो शल्लूमका छोरा मासेयाह ढोकेको कोठाको मास्तिर थियो।
5
त्यसपछि मैले दाखमद्यका घैँटाहरू र केही बटुका रेकाबीहरूका अगि राखिदिएँ, र तिनीहरूलाई भनें, “केही दाखमद्य पिओ।”
6
तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्तानले कहिल्यै दाखमद्य नपिओ।
7
त्यसबाहेक तिमीहरूले कहिल्यै घर नबनाउनू, बीउ नछर्नू, दाखबारी नलगाउनू। तिमीहरूले यस्ता कामहरू कहिल्यै नगर्नू, तर तिमीहरूले बसोबास गरेको देशमा धेरै दिनसम्म बाँचिरहून् भनेर तिमीहरू सधैँ पालहरूमा फिरन्तेझैँ बस्नू’।
8
रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात् न त हामी आफै न हाम्रा पत्नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं,
9
अथवा घर बनाएर बसेका छौं, दाखबारी वा खेत रोपेका छौं, वा अन्न उमारेका छौं।
10
तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं।
11
तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गरे, तब हामीले भन्यौं, ‘बेबिलोनीहरू र अरामीहरूका सेनाबाट भाग्न अब हामी यरूशलेममा जाऔं’। यसैले हामीहरू यरूशलेममा बसेका छौं।
12
तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
13
“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई गएर भन्, ‘के तिमीहरू शिक्षा सिक्दैनौ र मेरा वचन पालन गर्दैनौ?’ परमप्रभु भन्नुहुन्छ।
14
रेकाबको छोरो योनादाबले आफ्ना सन्तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्दैआएका छन्। तिनीहरू आजसम्म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्ना पुर्खाको आज्ञा पालन गरेका छन्। तर मैले तिमीहरूलाई घरीघरी भन्दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ।
15
मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्नो दुष्ट मार्गबाट फर्क, र आफ्ना क्रियाकलाप सुधार, र अन्य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ।
16
रेकाबको छोरो योनादाबका सन्तानले त आफ्ना पिता-पुर्खाले दिएको आज्ञा पालन गरेका छन्, तर यस प्रजाले मेरो आज्ञा पालन गरेको छैन’।
17
“यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्दाहरूमाथि मैले उच्चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्यानसित सुनेनन्। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्’।”
18
तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै, र तिनका सबै शिक्षाहरू मान्दै, र तिनले तिमीहरूलाई दिएका सबै आदेश मान्दैआएका छौ’।
19
यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘रेकाबको छोरो योनादाबको सन्तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 36 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52