bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 50
Jeremiah 50
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 49
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 51 →
1
बेबिलोन र बेबिलोनीहरूको देशका विषयमा यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यही हो:
2
“जाति-जातिहरूका बीचमा यो कुराको सूचना दे, र घोषणा गर्। झन्डा खड़ा गरेर घोषणा गर्, केही कुरा नलुका, तर भन्, ‘बेबिलोन लिइनेछ, बेल लाजमा पारिनेछ, मरोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, त्यसका मूर्तिहरू पनि त्रासले भरिनेछन्।’
3
उत्तर दिशाबाट एउटा जातिले त्यसलाई आक्रमण गर्नेछ, र त्यसको देश उजाड़ पार्नेछ। त्यसमा कोही पनि बस्नेछैन, मानिसहरू र पशुहरू दुवै भागिजानेछन्।
4
“ती दिनहरूमा, त्यस बेला इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू सँगसँगै रुँदै आफ्ना परमेश्वरलाई खोज्न जानेछन्,” परमप्रभु भन्नुहुन्छ।
5
“तिनीहरूले सियोनतिर जाने बाटो कुन हो भनी सोध्नेछन् र आफ्ना मोहड़ा त्यतैतिर फर्काउनेछन्। तिनीहरू आएर स्वयम् परमप्रभुकहाँ कहिल्यै नर्बिसने अनन्तको करारमा बाँधिनेछन्।
6
“मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन्, र पहाड़मा तिनीहरूलाई घुम्न लगाएका छन्। तिनीहरू डाँड़ातिर र पहाड़तिर घुम्न लागे र तिनीहरूले आफ्नो गोठलाई भुले।
7
तिनीहरूलाई भेट्टाउनेहरूले तिनीहरूलाई खाइहाले। तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौं, किनकि तिनीहरूले तिनीहरूको साँचो खर्क, परमप्रभु, तिनीहरूका पिता-पुर्खाहरूको आशा, परमप्रभुको विरुद्धमा पाप गरे’।
8
“बेबिलोनबाट भाग, बेबिलोनीहरूको देश छोड़, र बगाललाई बाटो देखाउने बोकाहरूझैँ होओ।
9
किनकि म उत्तरको देशबाट ठूला जातिहरूको एउटा मित्रराष्ट्रको दललाई बेबिलोनको विरुद्धमा सुर्याउनेछु। उनीहरूले त्यसको विरुद्धमा युद्धको लागि तयार गर्नेछन्, र उत्तरबाट त्यसलाई लिनेछन्। उनीहरूका काँड़ निपुण योद्धाहरूजस्तै हुनेछन्, जो रित्तो हात फर्कंदैनन्।
10
यसरी बेबिलोनिया लुटिनेछ। त्यसलाई लुट्ने सबै तृप्त हुनेछन्,” परमप्रभु भन्नुहुन्छ।
11
“हे मेरो उत्तराधिकारलाई सखाप पार्नेहरू हो, तिमीहरूले रमाहट गरेका र हर्ष मनाएका हुनाले, दाइँ गर्ने कोरलीझैँ मस्त भएकाले, र जवान घोड़ाहरूझैँ हिनहिनाएकाले,
12
तिमीहरूकी आमा अति लज्जित हुनेछे, तिमीहरूलाई जन्म दिने शर्ममा पर्नेछे। जाति-जातिहरूमा त्यो सबैभन्दा नीच हुनेछे, उजाड़-स्थान, सुक्खा जमिन र मरुभूमिझैँ त्यो हुनेछे।
13
परमप्रभुका क्रोधको कारण त्यसमा कोही वास गर्नेछैन, तर त्यो बिलकुलै नष्ट हुनेछे। बेबिलोनबाट भएर जाने सबै छक्क पर्नेछन्, र त्यसका चोटहरू देखेर उनीहरू तर्सनेछन्।
14
“हे सबै धनुर्धारी हो, बेबिलोनका चारैतिर तिमीहरू युद्धको लागि तयार भएर बस। एउटै काँड़ पनि बाँकी नराखेर त्यसलाई हान। किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेकी छ।
15
त्यसका चारैतिर बसेर चर्को सोरले कराओ। त्यसले आत्मसमर्पण गर्छे, त्यसका धरहराहरू ढल्छन्, त्यसका पर्खालहरू भत्काइन्छन्। त्यसमाथि बदला लेओ, किनभने परमप्रभुको बदला यही नै हो। त्यसले अरूहरूलाई गरेजस्तै त्यसलाई पनि त्यसै गर।
16
बीउ छर्ने र हँसियाले फसल काट्ने दुवैलाई बेबिलोनबाट नष्ट गर। अत्याचारीको तरवारको कारणले हरेकलाई आफ्नै जातिकहाँ फर्केर जान देओ, हरेकलाई आफ्नै देशमा भागेर जान देओ।
17
“इस्राएल त सिंहहरूले खेदेर छरपष्ट भएका भेड़ाको बगालझैँ छ। त्यसलाई पहिले अश्शूरको राजाले निल्यो, र सबैभन्दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्यसका हड्डीहरू चूरचूर पार्यो।”
18
यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “म बेबिलोनको राजा र त्यसको देशलाई अश्शूरको राजालाई दण्ड दिएझैँ दण्ड दिनेछु।
19
तर म इस्राएललाई त्यसको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु, र त्यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्यसको भोक तृप्त हुनेछ।”
20
परमप्रभु भन्नुहुन्छ, “ती दिनहरूमा, त्यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन, किनकि मैले बचाइराखेको बाँकी भागलाई म क्षमा गर्नेछु।
21
“मरातैम देश र पकोदमा बस्नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार, र बिलकुलै नाश गर,” परमप्रभु भन्नुहुन्छ। “मैले तिमीहरूलाई आज्ञा दिएझैँ सबै काम पूरा गर।
22
देशमा लड़ाइँ र ठूलो नाशको होहल्ला छ।
23
सारा पृथ्वीको घन भाँचिएको र चकनाचूर भएको छ! जातिहरूका बीचमा बेबिलोन कस्तो उजाड़ भयो!
24
हे बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको थिएँ, र तैंले चाल पाउन अघि नै तँ त्यसमा परिस्। तँलाई फेला पारियो र समातियो, किनभने तँ परमप्रभुको विरुद्धमा खड़ा भइस्।
25
परमप्रभुले आफ्नो गट्ठाघर खोल्नुभएको छ, र उहाँले आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले गर्नुपर्ने काम छ।
26
टाढ़ाटाढ़ाबाट त्यसको विरुद्धमा आओ। त्यसका अन्नका ढुकुटीहरू फुटाएर खोल। अन्न थुपारेझैँ त्यसलाई थुपार। त्यसलाई बिलकुलै सर्वनाश गर। त्यसको केही पनि बाँकी नरहोस्।
27
त्यसका सबै साँढ़ेहरू मार। ती काटिनलाई लैजाऊन्। हाय, तिनीहरूलाई! किनभने तिनीहरूको दिन आइपुग्यो, तिनीहरूलाई दण्ड दिने समय आइपुग्यो।
28
परमप्रभु हाम्रा परमेश्वरले उहाँका मन्दिरको निम्ति कसरी बदला लिनुभएको छ भनी सियोनमा घोषणा गर्ने बेबिलोनबाट आएका भगुवाहरू र शरणार्थीहरूका कुरा सुन।
29
“बेबिलोनको विरुद्धमा काँड़ हान्नेहरूलाई आह्वान गर, धनुर्धारीहरू सबैलाई! त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ। कोही पनि उम्कन नपाओस्। त्यसका कामअनुसार त्यससँग बदला लेओ, त्यसले गरेझैँ त्यसलाई गर, किनकि त्यसले परमप्रभु इस्राएलका परमपवित्रलाई निन्दा गर्यो।
30
यसैकारण त्यसका जवान मानिसहरू गल्लीहरूमा लोट्नेछन्, र त्यसका सबै सिपाहीहरू त्यस दिन चूप लाग्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
31
“हे अहङ्कारी, हेर्, म तेरो विरुद्धमा छु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनकि तेरो दिन आइपुगेको छ, मैले तँलाई दण्ड दिने दिन।
32
अहङ्कारीचाहिँ ठक्कर खाएर लोट्नेछ। त्यसलाई उठाउने कोही हुनेछैन। म त्यसका नगरहरूमा आगो लगाइदिनेछु,’ त्यसले त्यसका चारैतिर हुनेहरू सबैलाई भस्म पार्नेछ।”
33
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “इस्राएलीहरू अत्याचारमा परेका छन्, र तिनका साथमा यहूदाका मानिसहरू पनि। तिनीहरूलाई कैद गरेर लाने सबैले तिमीहरूलाई बलियो गरी समातिराखेका छन्। उनीहरू तिनीहरूलाई छोड़िदिन इन्कार गर्छन्।
34
तापनि तिनीहरूका उद्धारक सामर्थी हुनुहुन्छ। उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। उहाँले सामर्थ्यसाथ तिनीहरूको रक्षा गर्नुहुनेछ, ताकि उहाँले तिनीहरूको देशमा विश्राम ल्याउन सकून्। तर उहाँले बेबिलोनमा बस्नेहरूलाई चाहिँ बेचैनमा पार्नुहुनेछ।”
35
परमप्रभु भन्नुहुन्छ, “बेबिलोनीहरूका विरुद्धमा एउटा तरवार परेको छ, बेबिलोनमा बस्नेहरू, त्यसका पदाधिकारीहरू र बुद्धिमान्हरूमाथि पनि!
36
त्यसका झूटा अगमवक्ताहरूमाथि पनि एउटा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूमाथि पनि तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्।
37
त्यसका घोड़ाहरू र रथहरू र त्यसका बीचमा भएका सारा विदेशी फौजहरूका विरुद्धमा तरवार परेको छ! तिनीहरू स्त्रीहरूझैँ हुनेछन्। ती लुटिऊन् भनेर तरवार त्यसका धनको विरुद्धमा परेको छ!
38
त्यसका पानी सुकिजाओस् भनेर खड़ेरी परेको छ। किनकि त्यो मूर्तिहरूको देश हो, र त्यसका देवताहरू डरले पागल हुनेछन्।
39
“यसैले त्यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्यसमा वास गर्नेछन्। त्यसमा अब फेरि कहिल्यै कोही वास गर्नेछैन। पुस्ता-पुस्तासम्म त्यसमा कोही वस्नेछैन।”
40
परमप्रभु भन्नुहुन्छ, “सदोम र गमोरा र तिनका छेउछाउका नगरहरूलाई परमेश्वरले पल्टाइदिनुभएझैँ बेबिलोनमा कोही मानिस बस्नेछैन। कुनै मानिसले त्यहाँ प्रवास गर्नेछैन।
41
“हेर, एउटा सेना उत्तर दिशाबाट आउँदैछ, एउटा ठूलो जाति र धेरै राजाहरू पृथ्वीको पल्लो छेउबाट सुरिँदैछन्!
42
उनीहरू धनु र भालाले सुसज्जित छन्। उनीहरू कठोर र निर्दयी छन्। उनीहरू घोड़ाहरूमा सवार भएर आउँदा समुद्र गर्जेझैँ गर्जन्छन्। हे बेबिलोनकी छोरी, तँलाई आक्रमण गर्नलाई लड़ाइँको लागि पङ्क्ति बाँधेर आएका मानिसहरूजस्तै ती आउँछन्।
43
बेबिलोनको राजाले उनीहरूका विषयमा सुन्यो, र त्यसको हात फतक्क गलिहाल्यो। प्रसववेदनामा परेकी स्त्रीलाई झैँ त्यसलाई फिक्री र पीडा पर्यो।
44
यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म बेबिलोनलाई एकै छिनमा त्यसको देशबाट खेद्नेछु। यसको निम्ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्तो छ र? मलाई कसले हाँक दिन सक्छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्छ?”
45
यसैकारण बेबिलोनको विरुद्धमा परमप्रभुले रच्नुभएको योजना, र बेबिलोनीहरूका देशको विरुद्धमा उहाँको अभिप्राय कस्तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्स्याएर लगिनेछन्। तिनीहरूको कारण त्यसले तिनीहरूको खर्क बिलकुलै रूपले सर्वनाश पारिदिनेछ।
46
बेबिलोन कब्जा गरिँदा सुनिएको आवाजले पृथ्वी काम्नेछ। त्यसको रुवाबासी जाति-जातिहरूका बीचमा सुनिनेछ।
← Chapter 49
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 51 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52