bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 5
Jeremiah 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 6 →
1
“यरूशलेमका सड़कहरूमा माथि र तल जा, चारैतिर हेर्, र विचार गर्। त्यसका चोकहरूमा खोजेर हेर्, ईमानदार काम गर्ने र सत्यको खोजी गर्ने कतै एकैजना मानिसलाई त्यहाँ तैंले भेट्टाइस् भने, म त्यस सहरलाई क्षमा गर्नेछु।
2
‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्छन्, तापनि तिनीहरू झूटा शपथ खान्छन्।”
3
हे परमप्रभु, के तपाईंको दृष्टिले सत्यलाई खोज्दैन र? तपाईंले तिनीहरूलाई हिर्काउनुभयो, तर तिनीहरूलाई दुखेन। तपाईंले तिनीहरूलाई थिचोमिचो गर्नुभयो, तर आफ्नो व्यवहार ठीक गर्न तिनीहरूले इन्कार गरे। तिनीहरूले आफ्ना अनुहार ढुङ्गाभन्दा पनि कड़ा बनाए, र पश्चात्ताप गर्न इन्कार गरे।
4
मैले विचार गरें, “यिनीहरू त गरीब रहेछन्, यिनीहरू मूर्ख रहेछन्, किनकि यिनीहरूले परमप्रभुको मार्ग, आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दैनन्।
5
यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरू परमप्रभुको मार्ग, र आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दछन्।” तर एक मतका भएर तिनीहरूले जुवा पनि भाँचिदिएका थिए, र बन्धन छिनालिदिएका थिए।
6
यसैकारण वनबाट निस्केको एउटा सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ, मरुभूमिबाट निस्केको एउटा ब्वाँसाले तिनीहरूलाई स्वाहा पार्नेछ। एउटा चितुवा तिनीहरूका नगरहरूनजिकै ढुकिबस्नेछ, र त्यहाँबाट निस्कनलाई आँट गर्ने कोही पनि छिल्लीबिल्ली पारिनेछ, किनकि तिनीहरू अति बागी भए, र तिनीहरूका धर्म-त्याग धेरै भए।
7
“मैले तिमीहरूलाई किन क्षमा गर्ने? तिमीहरूका छोराछोरीहरूले मलाई त्यागेका छन्, र तिनीहरू ती ईश्वरहरूका शपथ खान्छन्, जो ईश्वर नै होइनन्। मैले तिनीहरूका सबै खाँचो पूरा गरिदिएँ, तापनि तिनीहरूले व्यभिचार गरे, र वेश्याहरूका घरहुँदो भीड़ लागे।
8
तिनीहरू खूब पोसिएका र कामवासनाले मस्त भएका घोड़ाहरूजस्तै छन्, जो प्रत्येक आफ्नै छिमेकीकी पत्नीको निम्ति हिनहिनाउँछ।
9
के म यी कुराका निम्ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्नुहुन्छ।
10
“गएर त्यसका दाखबारीहरूलाई नोक्सान गरिदे, तर पूरै त नाश नगर्। त्यसका हाँगाहरू लाछिदे, किनकि यी मानिसहरू परमप्रभुका होइनन्।
11
इस्राएलका घराना र यहूदाका घराना मप्रति सम्पूर्ण रूपले विश्वासघाती भए,” परमप्रभु भन्नुहुन्छ।
12
तिनीहरूले परमप्रभुको विषयमा झूटा कुराहरू भनेका छन्। “उहाँले केही गर्नुहुन्न” भनी तिनीहरूले भने। “हामीमाथि कुनै नोक्सानी आइपर्नेछैन। हामी कहिल्यै तरवार वा अनिकाल देख्नेछैनौं।
13
अगमवक्ताहरू त हावा मात्रै हुन्, र तिनीहरूमा वचन छैन। यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै गरिऊन्।”
14
यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “ती मानिसहरूले यस्ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्म हुने दाउरा तुल्याउनेछु।”
15
परमप्रभु घोषणा गर्नुहुन्छ, “हे इस्राएलका घराना हो, म टाढ़ाको एउटा जातिलाई तिमीहरूका विरुद्धमा ल्याइरहेछु— एउटा प्राचीन र दिगो जाति। त्यो एउटा यस्तो जाति हो, जसको भाषा तिमीहरू जान्दैनौ र जसको बोली तिमीहरू बुझ्दैनौ।
16
तिनीहरूका काँड़का ठोक्राहरू खुला चिहानजस्तै छन्। तिनीहरू सबै महान् योद्धाहरू हुन्।
17
तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निलिहाल्नेछन्, र तिमीहरूका छोराछोरीहरूलाई पनि निलिहाल्नेछन्। तिनीहरूले तिमीहरूका भेड़ाबाख्रा र गाई-गोरुहरू निलिहाल्नेछन्। तिनीहरूले तिमीहरूका दाख र अञ्जीरहरू खाइहाल्नेछन्। तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरू तिनीहरूले तरवारले नष्ट पार्नेछन्।
18
“तापनि ती दिनमा पनि म तिमीहरूको पूरै अन्त्य त गर्नेछैनँ,” परमप्रभु भन्नुहुन्छ।
19
“जब मानिसहरू सोध्छन्, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि किन यस्तो गर्नुभयो?’ तब तैंले तिनीहरूलाई भन्नेछस्, ‘जसरी तिमीहरूले मलाई त्यागेर आफ्नै देशमा अन्य देवताहरूको सेवा गर्यौ, त्यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ’।
20
“याकूबको घरानामा यो प्रचार गर्, यहूदामा यो घोषणा गर्:
21
हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू, जसका आँखा त छन्, तर देख्दैनौ, कान त छन्, तर सुन्दैनौ।
22
के तिमीहरूले मेरो भय मान्नुपर्दैन?” परमप्रभु भन्नुहुन्छ। “के तिमीहरू मेरो उपस्थितिमा काम्नुपर्दैन? मैले बालुवालाई समुद्रले नाघ्न नसक्ने निरन्तर रहने अवरोधको सिमाना ठहराइदिएँ। छालहरू उठे तापनि तिनीहरू त्यसमाथि विजयी हुन सक्दैनन्। ती गर्जे तापनि त्यसलाई नाघ्न सक्दैनन्।
23
तर यी मानिसहरूका त हठी र बागी हृदय छन्। तिनीहरू बरालिएर गइहाले।
24
तिनीहरू आफ्ना हृदयमा भन्दैनन्, ‘हामी परमप्रभु आफ्ना परमेश्वरको भय मानौं, जसले हामीलाई शरद् र बसन्त ऋतुको झरी, र कटनीको निम्ति ठहराइएका हप्ताहरू हामीलाई दिनुहुन्छ’।
25
तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्।
26
“मेरा प्रजाका बीचमा दुष्ट मानिसहरू छन्। पक्षीका शिकारीहरूजस्तै तिनीहरू ढुकिबस्छन्। मानिसहरूलाई पक्रन तिनीहरू पासो थाप्छन्।
27
चराहरूले भरिएका पिँजराझैँ तिनीहरूका घरहरू छलले भरिएका छन्। तिनीहरू धनी र शक्तिशाली भएका छन्।
28
तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्। तिनीहरूका दुष्ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस् भनी तिनीहरू तिनको न्याय गरिदिँदैनन्। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्।
29
के यसको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ? अनि के यस्तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्नुहुन्छ।
30
“यस देशमा डरलाग्दो र बीभत्स काम भएको छ।
31
अगमवक्ताहरू झूट अगमवाणी कहन्छन्। पूजाहारीहरू आफ्नै अधिकारले शासन गर्छन्। अनि मेरा प्रजाचाहिँ यस्तै हुन रुचाउँछन्। तर आखिरमा तिमीहरू के गर्नेछौ?”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52