bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 32
Jeremiah 32
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 33 →
1
यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो—
2
त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेममा घेरा हालेको थियो, र यर्मिया अगमवक्ताचाहिँ यहूदाका राजाको महलको गारदको चोकमा थुनामा राखिएका थिए।
3
यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्दै अगमवाणी कहन्छस्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्यसले यो लिइहाल्नेछ।
4
यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्कनेछैन, तर त्यो निश्चय नै बेबिलोनका राजाको हातमा सुम्पिइनेछ, र त्यससित आमनेसामने भएर आफ्नै आँखाले त्यसलाई देख्नेछ र कुरा गर्नेछ।
5
त्यसले सिदकियाहलाई बेबिलोनमा पुर्याउनेछ, र जबसम्म म त्यसलाई उचित व्यवहार गर्दिनँ, तबसम्म त्यो त्यहीँ रहनेछ, परमप्रभु भन्नुहुन्छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस् भने तँ सफल हुनेछैनस्’।”
6
यर्मियाले भने, “परमप्रभुको यो वचन मकहाँ आयो:
7
तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आएर भन्नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्नुहोस्, किनभने नजिकका नातेदारको रूपमा त्यो किनेर छुटाउने हक र कर्तव्य तपाईंकै हो’।
8
“तब परमप्रभुले भन्नुभएअनुसार मेरा काकाको छोरो हनमेल गारदको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनका इलाकाको अनातोतमा भएको मेरो खेत किन्नुहोस्। त्यसलाई छुटाउने र त्यसको अधिकार लिने हक तपाईंकै छ। यसकारण त्यो तपाईंले आफ्नै निम्ति किन्नुहोस्।’ “यो परमप्रभुको वचन रहेछ भनी मैले जानें।
9
यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्यसलाई जोखेर दिएँ।
10
मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ।
11
तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ,
12
र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही गर्नेहरू र गारदको चोकमा बसेका सबै यहूदीहरूका सामुन्ने त्यो तमसुक मैले नेरियाहको छोरो, महसेयाहको नाति बारूकलाई सुम्पिदिएँ।
13
“मैले बारूकलाई तिनीहरूकै सामुन्ने यसो भनेर आदेश दिएँ:
14
‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्म रहून्।
15
किनभने सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्।’
16
“नेरियाहको छोरो बारूकलाई त्यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें:
17
“हे परमप्रभु परमेश्वर, तपाईंले नै आफ्नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्वी सृष्टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन।
18
हजारौँ हजारलाई तपाईं आफ्नो प्रेम देखाउनुहुन्छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो,
19
तपाईंका अभिप्राय महान् र तपाईंका कामहरू शक्तिशाली छन्। मानिसहरूका सबै चाल तपाईंको दृष्टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्छ।
20
मिश्रदेशमा आश्चर्यचकित चिन्हहरू र आश्चर्य कामहरू तपाईंले देखाउनुभयो, अनि आजको दिनसम्म इस्राएलीहरू र सारा मानिस-जातिका बीचमा ती प्रकट गर्दैआउनुभएको छ र ख्याति प्राप्त गर्नुभएको छ, जो आजसम्म तपाईंकै छ।
21
तपाईंले नै आफ्नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्मका चिन्ह र आश्चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्याउनुभयो।
22
तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनेर शपथ खानुभएको यो देश, जो दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो।
23
तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्यवस्थाअनुसार तिनीहरू चलेनन्। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्याउनुभयो।
24
“हेर्नुहोस्, यो सहर लिनलाई घेरा-मचान बनाइएको छ। तरवार, अनिकाल र रूढ़ीको कारण सहरलाई आक्रमण गर्ने बेबिलोनीहरूका हातमा त्यो सुम्पिइनेछ। तपाईंले जे भन्नुभएको थियो, त्यो पूरा भयो, जुन कुरा तपाईं देख्दैहुनुहुन्छ।
25
अनि हे परमप्रभु परमेश्वर, यो सहर बेबिलोनीहरूका हातमा सुम्पिने भए तापनि ‘चाँदी दिएर साक्षीहरू डाकेर खेत किन् र यो लेनदेन राख,’ भनी तपाईंले मलाई भन्नुहुन्छ।”
26
तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
27
“सबै मानव-जातिका परमेश्वर म हुँ। के कुनै कुरो मेरो निम्ति कठिन छ र?
28
यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्यसले यसलाई लिनेछ।
29
यस सहरलाई आक्रमण गर्ने बेबिलोनीहरू आएर यसलाई आगो लगाइदिनेछन्, र ती घरहरूलाई पनि जलाइदिनेछन्, जहाँ-जहाँ मानिसहरूले मलाई क्रोधित तुल्याउनलाई बाल देवताको लागि कौसी-कौसीमा धूप बाले, र अरू देवताहरूलाई अर्घ-बलि चढ़ाए।
30
“इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूले युवावस्थादेखि नै मेरो सामुन्ने खराबबाहेक अरू केही गरेका छैनन्। साँच्ची नै इस्राएलका मानिसहरूले आफ्ना हातका कामद्वारा मलाई रीस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, परमप्रभु भन्नुहुन्छ।
31
यो बनाइएको दिनदेखि आजको दिनसम्मै यस सहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्याएको छ, यहाँसम्म, कि मेरो नजरदेखि मैले यसलाई पर हटाइदिनैपर्छ।
32
इस्राएलका र यहूदाका मानिसहरू, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूले दुष्ट काम गरेर मलाई क्रोधित तुल्याएका छन्।
33
तिनीहरूले मतिर मुख होइन तर पीठ फर्काए, र तिनीहरूलाई मैले घरीघरी सिकाए तापनि अनुशासनको ख्यालै तिनीहरूले गरेनन्।
34
मेरो नाउँ कहलिएको घरमा तिनीहरूले आफ्ना घिनलाग्दा देवताहरू खड़ा गरे र त्यसलाई बिटुलो पारे।
35
आफ्ना छोराछोरीहरूलाई मोलोखको लागि आगोमा बलि चढ़ाउन तिनीहरूले बेन-हिन्नोमको बेँसीमा बाल देवताका अल्गा-अल्गा थानहरू बनाए। यहूदालाई पापमा पार्ने यस्ता घिनलाग्दा काम तिनीहरूले गरून् भनी मैले तिनीहरूलाई कहिल्यै आज्ञा दिइनँ, न यस्तो कुरो कहिल्यै मेरो मनमा आएको थियो।
36
“यस सहरको विषयमा तिमीहरू भन्दैछौ, ‘यो त तरवार, अनिकाल र रूढ़ीद्वारा बेबिलोनका राजाको हातमा दिइनेछ’। तर परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
37
‘म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रीस र अत्यन्त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु र सुरक्षितसाथ बस्न दिनेछु।
38
तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।
39
म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्नै र तिनीहरूका पछि आउने सन्तानका भलाइको निम्ति सधैँभरि मेरो डर मानून्।
40
तिनीहरूसित सधैँको निम्ति म करार बाँध्नेछु: तिनीहरूलाई भलाइ गर्न म कहिल्यै छोड्नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन् भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु।
41
तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्नेछु।
42
“परमप्रभु यसो भन्नुहुन्छ: मैले यस प्रजामाथि यस्तो ठूलो विपत्ति ल्याएँ, त्यसैले मैले प्रतिज्ञा गरेको सबै उन्नति म तिनीहरूलाई दिनेछु।
43
फेरि यस देशमा जग्गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’।
44
बेन्यामीनको इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा, यहूदाका नगरहरूमा, पहाड़ी देशका नगरहरूमा, तराई र नेगेवका नगरहरूमा चाँदी दिएर जग्गाजमिन किनिनेछन्, र तमसुकहरूमा साक्षी राखेर छाप लगाइनेछन्, किनभने म तिनीहरूका सुख-शान्ति फेरि ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52