bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 26
Jeremiah 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 27 →
1
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको सुरुमा यो वचन परमप्रभुबाट आयो:
2
“परमप्रभु यसो भन्नुहुन्छ: परमप्रभुका घरको चोकमा खड़ा हो, र परमप्रभुको घरमा आराधना गर्न आउने यहूदाका नगरहरूका समस्त मानिसहरूलाई मैले तँलाई भन्नू भनी आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्, एउटै कुरा पनि नछोड्।
3
शायद त्यो सुनेर तिनीहरू हरेक आ-आफ्नो दुष्ट चालदेखि फर्कलान्। तब तिनीहरूका दुष्टताको कारण तिनीहरूमाथि सर्वनाश ल्याउने मेरो मन म छोड्नेछु।
4
तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: यदि तिमीहरूले मेरा कुरा ध्यानसित सुनेनौ र मैले तिमीहरूका सामुन्ने राखिदिएको मेरो व्यवस्था तिमीहरूले पालन गरेनौ,
5
र मैले तिमीहरूकहाँ बारम्बार पठाएका मेरा दास, अगमवक्ताहरूका कुरा ध्यानसित सुनेनौ भने (यद्यपि तिमीहरूले ध्यानसित सुनेका छैनौ),
6
तब म यस घरलाई शीलोजस्तै बनाइदिनेछु, र यस सहरलाई चाहिँ पृथ्वीका सारा जातिहरूका बीचमा एउटा श्रापको पात्र तुल्याइदिनेछु’।”
7
पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले परमप्रभुको घरमा यर्मियाले भनेका यी कुरा सुने।
8
परमप्रभुले गर्नुभएका सबै आज्ञा यर्मियाले सबै मानिसहरूलाई भनिसक्ने बित्तिकै पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तिमी मर्नैपर्छ।
9
यो घर शीलोजस्तै हुनेछ, र यो सहरचाहिँ उजाड़ र निर्जन हुनेछ भनी किन तिमी परमप्रभुको नाउँमा अगमवाणी गर्दछौ?” अनि सबै मानिसहरू परमप्रभुको घरमा यर्मियाका चारैपट्टि भीड़ लागे।
10
जब यहूदाका अधिकारीहरूले यी कुरा सुने, तब तिनीहरू राजाको महलदेखि परमप्रभुको घरमा आए, र परमप्रभुका घरको नयाँ मूल ढोकानेर स्थान लिए।
11
तब पूजाहारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई यसो भने, “यस मानिसलाई प्राणदण्ड दिनैपर्छ, किनभने यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले आफ्नै कानले सुन्नुभएको छ!”
12
तब यर्मियाले सबै अधिकारीहरू र सारा मानिसहरूलाई भने, “यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुन्नुभएका जम्मै कुराहरूको अगमवाणी कहनलाई परमप्रभुले मलाई पठाउनुभएकै हो।
13
अब तपाईंहरू आ-आफ्ना चाल र काम सुधार्नुहोस्, र परमप्रभु आफ्ना परमेश्वरको आज्ञापालन गर्नुहोस्। तब तपाईंहरूका विरुद्धमा उहाँले भन्नुभएको सर्वनाशबाट परमप्रभुले मन बद्लनुहुनेछ।
14
मचाहिँ त तपाईंहरूका हातमा छु। तपाईंहरूलाई जे असल र ठीक लाग्छ त्यही मसित गर्नुहोस्।
15
केवल योचाहिँ थाहा होस्, कि तपाईंहरूले मेरो हत्या गर्नुभयो भनेदेखि तपाईंहरूले आफूमाथि, यस सहरमाथि र यसमा बस्नेहरूमाथि एक निर्दोष मानिसको रगत बगाएको दोष ल्याउनुहुनेछ, किनकि साँच्चै तपाईंहरूलाई यी सबै कुरा सुनाउनलाई परमप्रभुले नै मलाई पठाउनुभएको हो।”
16
तब अधिकारीहरू र ती सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यी मानिस प्राणदण्डको योग्य छैनन्। यिनले हामीलाई परमप्रभु हाम्रा परमेश्वरको नाउँमा यी कुरा भनेका हुन्।”
17
त्यस देशका केही धर्म-गुरुहरूले अगि आएर त्यहाँ जम्मा भएका सबै मानिसहरूलाई भने,
18
“यहूदाका राजा हिजकियाका समयमा मोरेशेतका मीकाले अगमवाणी गरे। यहूदाका सबै मानिसहरूलाई तिनले यसो भने, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको ढेर बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ’।
19
“के यहूदाका राजा हिजकिया वा यहूदाका अरू कसैले तिनलाई मारे र? अनि के परमप्रभुदेखि डराएर हिजकियाले उहाँको निगाहा खोजेनन् र? के तिनीहरूमाथि ल्याउने विपत्तिदेखि परमप्रभुले आफ्नो मन बद्लनुभएन र? हामीले त आफूमाथि ठूलो सर्वनाश ल्याउन लागेका छौं।”
20
(अर्का एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाउँमा अगमवाणी कहे। तिनी किर्यत-यारीममा बस्ने शमायाहका छोरा उरियाह थिए। तिनले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले भनेजस्तै अगमवाणी कहे।
21
जब राजा यहोयाकीम र तिनका सबै अधिकृतहरू र अधिकारीहरूले उरियाहका यी वचन सुने, तब राजाले तिनलाई मार्न खोजे। तर यो कुरा सुनेर उरियाह डराए, र भागेर मिश्रदेशमा गए।
22
तापनि यहोयाकीमले मिश्रदेशमा अक्बोरको छोरो एल्नातान र त्यसका साथमा केही मानिसहरूलाई पठाए।
23
तिनीहरूले उरियाहलाई मिश्रदेशबाट ल्याए, र राजा यहोयाकीमको सामुन्ने हाजिर गराए। राजाले तिनलाई मार्न तरवार प्रहार गर्न लाए, र तिनको लाश साधारण मानिसहरू गाड्ने ठाउँमा फ्याँकिदिन लगाए।)
24
शापानका छोरा अहीकामले अझै यर्मियाको पक्षमा बोले, यसैले यर्मिया मारिनलाई मानिसहरूका हातमा सुम्पिएनन्।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52