bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 52
Jeremiah 52
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 51
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
1
जब सिदकियाह राजा भए तब तिनी एक्काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हमुतल थियो। तिनी यर्मियाकी छोरी थिइन् र तिनी लिब्नाबाट आएकी थिइन्।
2
यहोयाकीमले गरेअनुसार परमप्रभुको दृष्टिमा जे-जे कुरा खराब थिए, तिनले पनि त्यही नै गरे।
3
यी सबै कुरा परमप्रभुका रीसको कारणले यरूशलेम र यहूदामा हुन आयो, र अन्त्यमा उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो। अब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।
4
यसैले सिदकियाहका राजकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेनाका साथ यरूशलेमको विरुद्धमा आए। उनीहरूले सहरको बाहिर छाउनी हाले र यसको वरिपरि घेरा लगाए।
5
यसरी सिदकियाह राजाको एघारौँ वर्षसम्म सहर घेरामा पर्यो।
6
चौथो महिनाको नवौँ दिनमा सहरमा यस्तो घोर अनिकाल परेको थियो कि देशका मानिसहरूका निम्ति केही खानेकुरै रहेन।
7
तब सहरको पर्खाल भत्काइयो, र जम्मै सेना भागे। बेबिलोनीहरू सहरका वरिपरि थिए तापनि राजाका बगैँचाको नजिकका दुई पर्खालको बीचमा भएको ढोकाबाट भएर राती तिनीहरू भागे। तिनीहरू अराबातिर भागे,
8
तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई लखेटे र तिनलाई यरीहोको मैदानमा भेट्टाए। तिनका सबै सिपाहीहरू तिनीबाट अलग्गै भएर छरपष्ट भए,
9
र तिनलाई समातियो। तब उनीहरूले राजालाई हमात देशको रिब्लामा बेबिलोनका राजाको सामुन्ने ल्याए, र त्यहाँ उनले तिनीमाथि दण्डको आज्ञा दिए।
10
त्यहाँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र यहूदाका सबै पदाधिकारीहरूलाई पनि मारे।
11
तब उनले सिदकियाहका आँखा निकालिदिए, र तिनलाई काँसका साङ्लाले बाँधे। अनि उनले तिनलाई बेबिलोनमा लगेर तिनको मृत्यु नहोउञ्जेलसम्म कैदमा राखे।
12
बेबिलोनका राजा नबूकदनेसरको उन्नाईसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदान, जसले बेबिलोनका राजाको चाकरी गर्थे, यरूशलेममा आए।
13
उनले परमप्रभुको मन्दिर, राजकीय महल र यरूशलेमका जम्मै घरहरूमा आगो लगाइदिए। उनले सबै मुख्य-मुख्य घरहरूमा आगो लगाइदिए।
14
राजकीय अङ्गरक्षकका सेनापतिका मुनिका सारा बेबिलोनी सेनाले यरूशलेमका चारैतिर भएका पर्खाल भत्काइदिए।
15
मानिसहरूमा सबैभन्दा गरीबहरू र सहरमा छोड़िएका मानिसहरू र बेबिलोनका राजाकहाँ भागेर गएका मानिसहरू तथा बाँकी रहेका कारीगरहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले निर्वासनमा लगे।
16
तर नबूजरदानले देशका दाखबारी र खेतमा काम गर्न बाँकी साह्रै गरीब मानिसहरूलाई छोड़िराखे।
17
बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू, गुड्ने आधारहरू र काँसाको विशाल खड्कुँलो टुक्रै-टुक्रा पारेर सबै काँसा बेबिलोनमा लगे।
18
उनीहरूले भाँड़ाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, सिट्ठी काट्ने कैँची, पानीको बाटा कचौराहरू र मन्दिरको सेवामा चलाइने सबै काँसाका सरसामानहरू लगे।
19
राजकीय अङ्गरक्षकका सेनापतिले कञ्चन सुन वा चाँदीले बनेका स्नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँड़ाहरू, सामदानहरू, अर्घ-बलिमा चढ़ाइने कचौरा र बाटाहरू पनि लगे।
20
ती दुई स्तम्भ, एउटा काँसाको विशाल खड्कुँलो, त्यसमुनि भएका बाह्रवटा काँसाका साँढ़ेहरू र गुड्ने आधारहरू जो सोलोमन राजाले परमप्रभुका मन्दिरको निम्ति बनाएका थिए, ती सबै काँसाका थोकहरू जोख्नै नसकिने थिए।
21
हरेक स्तम्भ अठाह्र हात अग्लो थियो। त्यसको गोलाइ बाह्र हात र मोटाइ चार अङ्गुल चौड़ा थियो, र खोक्रो थियो।
22
हरेक स्तम्भमाथि काँसाको स्तम्भ-शिर थियो। एउटा शिरको उचाइ पाँच हात थियो। एउटा स्तम्भ-शिर काँसाका जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित त्यस्तै किसिमको थियो।
23
छेउ-छेउमा छयान्नब्बे दारिमहरू थिए। चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्मा एक सय थिए।
24
अङ्गरक्षकका सेनापतिले मुख्य पूजाहारी सरायाह, दोस्रो दर्जामा भएका पूजाहारी सपन्याह र तीन जना ढोकेहरूलाई कैद गरेर लगे।
25
सहरमा अझै रहेकाहरूमा सिपाहीहरूमाथि खटिएका एक जना अधिकृत र राजाका सात जना सल्लाहकारहरूलाई उनले लगे। देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्य अधिकृत-सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना पुरुषलाई पनि उनले लगे।
26
सेनापति नबूजरदानले यिनीहरू सबैलाई लगेर रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए।
27
यिनीहरूलाई हमात देशको रिब्लामा राजाले मार्ने हुकुम दिए। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
28
नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यो हो: उनका राजकालको सातौँ वर्षमा ३,०२३ यहूदीहरू।
29
उनका राजकालको अठारौँ वर्षमा नबूकदनेसरले यरूशलेमबाट ८३२ जना लगे।
30
उनको तेईसौँ वर्षमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले ७४५ जना यहूदीहरूलाई निर्वासनमा लगे। सबै मानिसहरू ४,६०० जना थिए।
31
यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको पच्चीसौँ दिनमा उनले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए।
32
उनले तिनीसित दयापूर्वक बोले र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्दा अझ उच्च सम्माननीय स्थानमा तिनलाई राखे।
33
यसरी यहोयाकीनले आफ्नो कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे।
34
बेबिलोनका राजाले यहोयाकीनलाई नियमित रूपमा दिनहुँ तिनी नमरुञ्जेल भत्ता दिए।
← Chapter 51
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52