bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 34
Jeremiah 34
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 35 →
1
जब बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना, उनले राज्य गरेका पृथ्वीका सबै राज्यहरू र मानिसहरूले यरूशलेम र त्यसका छेउछाउका नगरहरूका विरुद्धमा लड़ाइँ गरिरहेका थिए, तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
2
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा सिदकियाहकहाँ जा, र त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, म यो सहर बेबिलोनका राजाको हातमा सुम्पिदिनै लागेको छु। त्यसले यसलाई आगोले जलाइदिनेछ।
3
त्यसको हातबाट तँ उम्कन पाउनेछैनस्, तर तँ निश्चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिइनेछस्। तैंले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस् र तँ त्यससँग मुखामुख बोल्नेछस्, र तँ बेबिलोनमा जानेछस्।
4
“‘तापनि हे यहूदाको राजा सिदकियाह, परमप्रभुको यो प्रतिज्ञा सुनिराख्। तेरो विषयमा परमप्रभु यसो भन्नुहुन्छ: तँ तरवारले मारिनेछैनस्।
5
तँ शान्तिसित मर्नेछस्, र जसरी तेरा पुर्खाहरू, अर्थात् तँभन्दा अघिका राजाहरूका लागि मानिसहरूले मृत-संस्कार गरेका थिए, त्यसरी तेरो लागि पनि तिनीहरूले इज्जतसित गर्नेछन्, र तेरो लागि यसो भन्दै विलाप गर्नेछन्, “हाय, मालिक!” म आफै यो प्रतिज्ञा गर्दछु, परमप्रभु घोषणा गर्नुहुन्छ’।”
6
तब यर्मिया अगमवक्ताले यहूदाका राजा सिदकियाहलाई यरूशलेममा यी सबै कुरा त्यस बेला भने,
7
जब बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका अन्य सहरहरूसित लड़ाइँ गर्दैथिए— लाकीश र आजेकासित, जुनहरूले युद्ध गर्न छोड़ेका थिएनन्। यहूदाका किल्ला भएका सहरहरूमध्ये यी दुई सहर मात्रै बाँकी रहेका थिए।
8
परमप्रभुको वचन यर्मियाकहाँ त्यस बेला आयो, जब सिदकियाह राजाले यरूशलेमका सबै मानिसहरूसित कमाराहरूका निम्ति छुटकाराको घोषणा गर्ने करार बाँधेका थिए।
9
हरेकले आ-आफ्ना हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारो तुल्याउनुहुँदैनथ्यो।
10
यसैले यस करारमा संलग्न भएका अधिकारी र मानिसहरू सबैले आ-आफ्ना कमारा-कमारीलाई स्वतन्त्र गरिदिन र फेरि कमारा नतुल्याउन भनी स्वीकार गरे। अनि तिनीहरूले सहमत भएर उनीहरूलाई स्वतन्त्र गरिदिए।
11
तर पछि तिनीहरूले आफ्नो मन बदली गरेर आफूले स्वतन्त्र गरेका कमारा-कमारीलाई ल्याए र फेरि कमारा-कमारी नै तुल्याए।
12
तब परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:
13
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: जब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ, तब मैले तिनीहरूसित यसो भनेर करार बाँधेको थिएँ,
14
‘प्रत्येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्वतन्त्र गर्नू। छ वर्षसम्म तिमीहरूको चाकरी गरिसकेपछि त्यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन् अथवा ध्यानै दिएनन्।
15
तिमीहरूले चाहिँ भर्खरै पश्चात्ताप गर्यौ। तिमीहरू हरेकले आफ्ना देशवासीहरूलाई मुक्त गरेर मेरो दृष्टिमा जे असल छ त्यो गर्यौ। मेरो नाउँ कहलिएको घरमा मेरो सामुन्ने तिमीहरूले एउटा करार बाँध्यौ।
16
तर अब तिमीहरूले मन बदली गरेर मेरो नाउँ बिटुलो पारेका छौ। तिमीहरू हरेकले जुन कमारा-कमारीलाई तिनीहरूको इच्छाअनुसार छोड़िदिएर मुक्त गरिदिएका थियौ, उनीहरूलाई फेरि आफ्ना कमारा-कमारी तुल्याउनलाई बलजफती गर्यौ।
17
“यसकारण परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेका छैनौ, र आफ्ना स्वदेशी दाजुभाइलाई स्वतन्त्र पार्ने घोषणा गरेका छैनौ। यसकारण म अब तिमीहरूका निम्ति ‘स्वतन्त्रता’ घोषणा गर्छु— तिमीहरूलाई तरवार, रूढ़ी र अनिकालद्वारा मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु। म तिमीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति घृणित तुल्याउनेछु।
18
मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पूरा नगर्ने ती मानिसहरूसँग म त्यही बाछासँग जस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारेर तिनका बीचबाट हिँड़े।
19
यहूदाका र यरूशलेमका अगुवाहरू, महलका अधिकृतहरू, पूजाहारीहरू र देशका सबै मानिसहरू जो बाछाका दुई फ्याकका बीचबाट हिँड़ेर गए,
20
म तिनीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा दिनेछु। तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका आहार हुनेछन्।
21
“यहूदाका राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा र बेबिलोनको राजाका सेनाको हातमा सुम्पिदिनेछु, जुन सेना तिमीहरूदेखि फर्केर गएको छ।
22
परमप्रभु भन्नुहुन्छ, म हुकुम दिनेछु, र उनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। उनीहरूले यस सहरको विरुद्धमा लड़ाइँ गरेर त्यसलाई लिइहाल्नेछन्, र त्यसलाई जलाइदिनेछन्। अनि म यहूदाका नगरहरूलाई बासिन्दा नै नभएको उजाड़-स्थान बनाइदिनेछु, ताकि त्यहाँ कोही बस्न नपाओस्।”
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52