bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 49
Jeremiah 49
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 50 →
1
अम्मोनीहरूका विषयमा: परमप्रभु यसो भन्नुहुन्छ: “के इस्राएलका छोराहरू छैनन्? के त्यसको कुनै उत्तराधिकारी छैन? किन त मोलोखले गादलाई कब्जा गरेको छ? र उसका आफ्ना मानिसहरू किन त्यसका नगरहरूमा आएर बस्छन्?
2
दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब म अम्मोनीहरूका रब्बाको विरुद्ध युद्धको ध्वनि सुनाउनेछु। त्यो एउटा भग्नावशेषको ढिस्को हुनेछ, र त्यसका छेउछाउका गाउँहरू आगोले भस्म पारिनेछन्। तब आफूलाई खेदेर निकाल्नेहरूलाई इस्राएलले धपाउनेछ,” परमप्रभु भन्नुहुन्छ।
3
“हे हेश्बोन, विलाप गर्। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्बाका बासिन्दा हो, चर्को गरी रोओ, भाङ्ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ।
4
तँ किन आफ्ना फलवान् उपत्यकाका निम्ति अति घमण्ड गर्दछस्? हे विश्वासघाती छोरी, ‘मलाई कसले आक्रमण गर्छ,’ भन्दै आफ्नो धनमा तैंले भरोसा गरेर भन्छेस्।
5
तेरा चारैतिर भएकाहरूबाट म नै तँमाथि त्रास ल्याउनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तिमीहरू हरेक धपाइनेछौ, र शरणार्थीहरूलाई जम्मा गर्ने कोही हुनेछैन।
6
“तरै पनि म पछि अम्मोनीहरूको सुख-शान्ति फर्काएर ल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ।
7
एदोमको विषयमा: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “के तेमानमा अब केही बुद्धि छैन? के विवेकीहरूको सल्लाह नष्ट भयो? के तिनीहरूको बुद्धि बिग्रियो?
8
हे ददानमा बस्ने हो, फर्क र भाग। गहिरा गुफाहरूमा लुक, किनभने म एसावलाई दण्ड दिने बेलामा त्यसमाथि दु:ख ल्याउनेछु।
9
यदि दाख टिप्नेहरू तँकहाँ आएका भए, के तिनीहरूले केही शिला-बाला छोड्नेथिएनन् र? यदि चोरहरू राती आएका भए, के तिनीहरूले आफूले चाहेका कुरा मात्र लैजानेथिएनन्?
10
तर म त एसावलाई नाङ्गो पार्नेछु। म त्यसका लुक्ने ठाउँहरू खुला गरिदिनेछु, र त्यो लुक्न नपाओस्। त्यसका छोराछोरीहरू, आफन्तहरू र छिमेकीहरू नष्ट पारिनेछन्, र अब त्यसको नाउँनिशानै रहनेछैन।
11
तेरा टुहुरा-टुहुरीहरूलाई छोड़िराख्, म तिनीहरूका ज्यानको रक्षा गर्नेछु। तेरा विधवाहरूले पनि ममाथि भरोसा राख्न सक्छन्।”
12
परमप्रभु यसो भन्नुहुन्छ: “यदि कचौरा पिउनु नपर्नेले पनि त्यो पिउनैपर्छ भने, के दण्ड नपाईकन तँ उम्कन पाउँछस् र? दण्डबाट तँ उम्कन पाउनेछैनस्, तर तैंले कचौरा पिउनैपर्छ।
13
म आफ्नै नाउँमा शपथ खान्छु, कि बोज्रा भग्नावशेष हुनेछ, र त्यो त्रास, निन्दा र सरापको पात्र बन्नेछ। त्यसका सबै नगरहरू सधैँको निम्ति भग्नावशेष हुनेछन्,” परमप्रभु भन्नुहुन्छ।
14
मैले परमप्रभुबाट एउटा सन्देश सुनेको छु। जाति-जातिहरूकहाँ यसो भन्न एउटा दूत पठाइएको छ: “त्यसलाई आक्रमण गर्न भेला होओ, लड़ाइँको लागि उठ!”
15
“अब म तँलाई जाति-जातिहरूका बीचमा सानो, र मानिसहरूका बीचमा घृणित तुल्याउनेछु।
16
तैंले प्रेरणा दिएको त्रास र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। हे चट्टानका चिराहरूमा बस्ने, हे डाँड़ाका टाकुराहरू ओगटेर बस्ने, तैंले आफ्नो गुँड़ गरुडको झैँ अल्गोमा बनाए तापनि म तँलाई त्यहाँबाट तल झार्नेछु,” परमप्रभु भन्नुहुन्छ।
17
“एदोम अति त्रासको पात्र हुनेछ। त्यसका सबै चोटहरू देखेर त्यहाँबाट जाने सबै तर्सनेछन् र त्यसको गिल्ला गर्नेछन्।”
18
परमप्रभु भन्नुहुन्छ, “जसरी सदोम र गमोरा, तिनका छेउछाउका नगरहरूसमेत नष्ट भए, त्यसरी नै कोही पनि त्यहाँ रहनेछैन, कोही मानिस पनि बस्नेछैन।
19
“यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म एदोमलाई एकै छिनमा त्यसको देशबाट खेद्नेछु। यसको निम्ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्तो छ र? मलाई कसले हाँक दिन सक्छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्छ?”
20
यसैकारण एदोमको विरुद्धमा परमप्रभुले रच्नुभएको योजना, र तेमानमा बस्नेहरूका विरुद्धमा उहाँको अभिप्राय कस्तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्स्याएर लगिनेछन्। तिनीहरूको कारण त्यसले तिनीहरूको खर्क बिलकुलै सर्वनाश पारिदिनेछ।
21
तिनीहरू लोटेको आवाजले पृथ्वी नै काम्नेछ। तिनीहरू कराएको सोर लाल समुद्रसम्मै प्रतिध्वनित हुनेछ।
22
हेर, एउटा गरुड वेग हानेर आउनेछ, र बोज्रामाथि त्यसले आफ्नो पखेटा फिँजाउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसववेदनामा परेकी स्त्रीको झैँ हुनेछन्।
23
दमस्कसको विषयमा: “हमात र अर्पाद अलमल्ल परेका छन्, किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू डरले चञ्चल भएका छन्, र शान्त हुन नसक्ने समुद्रझैँ तिनीहरूको हृदय घबराएको छ।
24
दमस्कस निर्बल भएको छ, त्यो भाग्नलाई पछि फर्केको छ। त्रासले त्यसलाई समातेको छ। प्रसववेदनामा परेकी स्त्रीलाई झैँ चिन्ता र पीडाले त्यसलाई पक्रेका छन्।
25
त्यो नाउँ चलेको सहर किन त्यागिएको छैन, त्यो नगर जससँग म खुशी छु?
26
निश्चय नै त्यसका जवान मानिसहरू सड़कहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका सबै सिपाहीहरू चूपचाप हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
27
दमस्कसको पर्खालहरूमा म आगो लगाइदिनेछु। त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ।”
28
बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूका विषयमा: परमप्रभु यसो भन्नुहुन्छ: “उठ, र केदारलाई आक्रमण गर। पूर्वका मानिसहरूलाई सर्वनाश पार।
29
तिनीहरूका पालहरू र बगालहरू र तिनीहरूका ओत लाग्ने ठाउँहरू र सबै मालतालहरू लगिनेछन्। तिनीहरूका ऊँटहरू पनि तिनीहरूबाट खोसी लगिनेछन्। मानिसहरूले कराई-कराईकन तिनीहरूलाई भन्नेछन्, ‘चारैतिर त्रास, त्रास!’
30
“हे हासोरमा बस्ने हो, छिटो भाग! गहिरा गुफाहरूमा लुकेर बस,’ परमप्रभु भन्नुहुन्छ। “बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा षड्यन्त्र रचेको छ। तिमीहरूका विरुद्धमा त्यसले एउटा योजना बनाएको छ।
31
“आराम र ढुक्कसित बस्ने जातिलाई आक्रमण गर,” परमप्रभु भन्नुहुन्छ, “त्यो जाति जसका न त मूल ढोकाहरू न गजबारहरू छन्। त्यसका मानिसहरू एकलै बस्तछन्।
32
तिनीहरूका ऊँटहरू लूटका माल हुनेछन्, तिनीहरूका गाई-गोरुका बथान लुटिनेछन्। टाढ़ा-टाढ़ा ठाउँमा बस्नेहरूलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूका चारैतिरबाट तिनीहरूमाथि सर्वनाश ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ।
33
“हासोर स्यालहरूको अखड़ा हुनेछ, त्यो सदाको निम्ति उजाड़-स्थान बन्नेछ। त्यहाँ कोही पनि बस्नेछैन, त्यसमा कुनै मानिस रहनेछैन।”
34
यहूदाका राजा सिदकियाहका राजकालको सुरुमा एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो:
35
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म एलामको धनु भाँचिदिनेछु, जो तिनीहरूका शक्तिको आधार हो।
36
एलामको विरुद्धमा आकाशका चारै दिशाबाट बतास चलाएर तिनीहरूलाई चारै दिशामा तितरबितर पारिदिनेछु, एलामका निर्वासितहरू नगएको एउटै जाति हुनेछैन।
37
तिनीहरूका शत्रुहरू र तिनीहरूका प्राण लिन खोज्नेहरूका सामुन्ने म एलामलाई चूरचूर पार्नेछु। म तिनीहरूमाथि सर्वनाश, अर्थात् मेरो भयानक क्रोध ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई खतम नपारुञ्जेल तिनीहरूका पछिपछि तरवार लिएर खेद्नेछु।
38
म मेरो सिंहासन एलाममा बसाल्नेछु, र त्यसका राजाहरू र अधिकारीहरूलाई नष्ट पार्नेछु,” परमप्रभु भन्नुहुन्छ।
39
“तापनि आउने दिनहरूमा म एलामको सुख-शान्ति कायम राखिदिनेछु,” परमप्रभु भन्नुहुन्छ।
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 50 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52