bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 23
Jeremiah 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 24 →
1
परमप्रभु घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेड़ाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!”
2
यसैकारण आफ्नो प्रजालाई चराउने गोठालाहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपष्ट पार्यौ र तिमीहरूले तिनीहरूलाई धपायौ, र तिनीहरूको हेरचाह गरेनौ। यसैकारण तिमीहरूको दुष्ट कामको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ।
3
“मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन्, र संख्यामा तिनीहरूको वृद्धि हुनेछ।
4
म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्ये कुनै हराउनेछ,” परमप्रभु भन्नुहुन्छ।
5
परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्।
6
तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।”
7
परमप्रभु भन्नुहुन्छ, “यसैले यस्ता दिन आइरहेछन्, जब मानिसहरूले कहिल्यै यस्तो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’।
8
तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। त्यसपछि तिनीहरू आफ्नै देशमा बस्नेछन्।”
9
अगमवक्ताहरूको विषयमा चाहिँ: मेरो हृदय मभित्र टुटेको छ। मेरा सबै हड्डीहरू काम्दछन्। परमप्रभुको र उहाँका पवित्र वचनको कारणले म मतवाला मानिसजस्तै भएको छु, दाखमद्यले चूर भएको मानिसजस्तै।
10
देश व्यभिचारीहरूले भरिएको छ, सराप पाएको कारण देश सुक्खा भएको छ, मरुभूमिमा खर्क सुकेका छन्। अगमवक्ताहरू खराब चालमा चल्छन् र आफ्नो शक्ति अन्यायपूर्वक चलाउँछन्।
11
“अगमवक्ता र पूजाहारी दुवै ईश्वरहीन भएका छन्। मेरै मन्दिरमा पनि तिनीहरूको दुष्टता म भेट्टाउँछु,” परमप्रभु भन्नुहुन्छ।
12
“यसैकारण तिनीहरूको बाटो चिप्लो हुन्छ, अन्धकारमा तिनीहरू निर्वासित गराइनेछन् र तिनीहरू त्यसैमा लोट्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा तिनीहरूमाथि म सर्वनाश ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ।
13
“सामरियाका अगमवक्ताहरूमा मैले यो घृणित कुरा देखें। तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी कहे, र मेरो प्रजा इस्राएललाई भर्माए।
14
यरूशलेमका अगमवक्ताहरूमा चाहिँ मैले केही अति घिनलाग्दो कुरा देखेको छु। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चालमा चल्छन्। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्। यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्ति सदोमझैँ, यरूशलेमका मानिसहरूचाहिँ गमोराझैँ छन्।”
15
यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्वरहीनता फैलिएको छ!”
16
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “अगमवक्ताहरूका कुरा तिमीहरू नसुन, तिनीहरू झूटा आशाले तिमीहरूलाई भरिपूर्ण पार्छन्। तिनीहरू परमप्रभुको मुखबाट होइन, तर आफ्नै मनबाट दर्शनहरू बताउँछन्।
17
मलाई अवहेलना गर्नेहरूलाई तिनीहरू निरन्तर भन्छन्, ‘परमप्रभु भन्नुहुन्छ, तिमीहरूलाई शान्ति हुनेछ’। र अटेरी गरी आफ्नै मनको हठीपनमा हिँड्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूमाथि कुनै नोक्सानी हुनेछैन’।
18
तर तिनीहरूमध्ये को उहाँको वचन सुन्न र बुझ्न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्यान दिएर सुनेको छ?
19
हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूका टाउकोमा भुमरीको झोक्का बजारिनेछ।
20
आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्नेछौ।
21
यी अगमवक्ताहरूलाई मैले पठाइनँ, तापनि तिनीहरू आफ्ना सन्देश लिएर कुदेर गए। तिनीहरूसित म बोलिनँ, तापनि तिनीहरूले अगमवाणी कहे।
22
तर तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरा प्रजालाई मेरो वचन घोषणा गर्नेथिए, र तिनीहरूलाई आफ्ना खराब चाल र खराब कामहरूदेखि फर्काउनेथिए।”
23
परमप्रभु भन्नुहुन्छ, “के म नजिक मात्र रहने परमेश्वर हुँ र, टाढ़ाको चाहिँ परमेश्वर होइनँ?
24
के कोही मानिस गुप्त ठाउँहरूमा लुक्न सक्छ र म त्यसलाई देख्न सक्दिनँ?” परमप्रभु भन्नुहुन्छ। “के स्वर्ग र पृथ्वी दुवैलाई म ढाक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ।
25
“मैले सपना देखेको छु, ‘मैले सपना देखेको छु,’ भन्दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु।
26
यी झूटा अगमवक्ताहरू, जसले आफ्नै मनका भ्रमको अगमवाणी कहन्छन्, तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला?
27
तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पुजेका कारणले मेरो नाउँ बिर्सेझैँ, यी अगमवक्ताहरूले एक-अर्कालाई कहेका आफ्ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन लाउने विचार गर्छन्।
28
कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्। तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्। किनकि परालको गहूँसँग के सम्बन्ध?” परमप्रभु भन्नुहुन्छ।
29
“के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्नुहुन्छ।
30
“यसैकारण म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले मबाट आएका वचन भएजस्तै गरी एक-अर्कादेखि चोर्दछन्,” परमप्रभु भन्नुहुन्छ।
31
“म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, र भन्छन्, ‘परमप्रभु घोषणा गर्नुहुन्छ’।
32
साँच्चै नै झूटा सपनाहरू कहनेहरूका विरुद्धमा म छु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई पठाइनँ न नियुक्त गरें, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्यद्वारा भ्रममा पार्दछन्। तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्याउँदैनन्,” परमप्रभु भन्नुहुन्छ।
33
“जब यी मानिसहरूले अथवा कुनै अगमवक्ता वा कुनै पूजाहारीले ‘परमप्रभुको ईश्वरवाणी के हो?’ भनी तँलाई सोध्यो भने, तैंले तिनीहरूलाई भन्नू, ‘कुन ईश्वरवाणी? म तिमीहरूलाई त्याग्नेछु,’ परमप्रभु भन्नुहुन्छ।
34
यदि कुनै अगमवक्ता वा पूजाहारी वा अरू कसैले ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनी दाबी गर्छ भने, म त्यसलाई र त्यसको घरानालाई दण्ड दिनेछु।
35
‘परमप्रभुले के जवाफ दिनुभयो?’ वा ‘परमप्रभुले के भन्नुभयो?’ भनी तिमीहरू हरेकले आफ्नो छिमेकी वा आफ्नो दाजुभाइलाई सोधिबस्छौ।
36
तर ‘परमप्रभुको ईश्वरवाणी’ भनेर तिमीहरूले फेरि कहिल्यै उल्लेख गर्नुहुँदैन, किनभने हरेक मानिसको आफ्नै वचन उसको ईश्वरवाणी हुन जान्छ। यसरी तिमीहरूले जीवित परमेश्वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्वरका वचनलाई बङ्ग्याउँछौ।
37
अगमवक्ताहरूलाई तैंले यसो भनी सोध्ने गर्, ‘परमप्रभुले तिमीहरूलाई के जवाफ दिनुभयो?’ अथवा ‘परमप्रभुले के भन्नुभएको छ?’
38
यद्यपि ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर तिमीहरू दाबी गर्छौ, परमप्रभु यसो भन्नुहुन्छ: ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भन्ने शब्दहरू तिमीहरूले प्रयोग गर्यौ, तर पनि मैले तिमीहरूलाई भनें, ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर दाबी नगर।
39
यसकारण म निश्चय नै तिमीहरूलाई बिर्सनेछु र मेरो उपस्थितिबाट उठाएर तिमीहरूलाई, र मैले तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको सहरलाई फ्याँकिदिनेछु।
40
म तिमीहरूमाथि सदासर्वदाको अनादर, सधैँ रहिरहने शर्म ल्याउनेछु, जो कहिल्यै बिर्सिइनेछैन।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52