bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jeremiah 48
Jeremiah 48
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 49 →
1
मोआबको विषयमा: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार, किनभने त्यो भग्नावशेष हुनेछ। किर्यातैम अपमानित हुनेछ, र त्यो कब्जामा पर्नेछ। किल्ला लाजमा पारिनेछ, र त्यो भत्काइनेछ।
2
मोआबको प्रशंसा अब गरिनेछैन। मानिसहरूले हेश्बोनमा त्यसका पतनको षड्यन्त्र रच्नेछन्: ‘आओ, हामी त्यस जातिलाई खतम गरिदिऔं’। हे मदमेन, तँलाई पनि चूप गराइनेछ, तरवारले तँलाई खेद्नेछ।
3
होरोनैमबाट एउटा क्रन्दन सुन, उजाड़ र ठूलो सर्वनाशको रुवाइ।
4
मोआब चूर पारिनेछ’। त्यसका बच्चाहरू चिच्च्याएर रुनेछन्।
5
लूहीतको उकालोमा तिनीहरू रुँदै उक्लन्छन्। होरोनैमको ओह्रालोमा सर्वनाशको रुवाइ सुनिन्छन्।
6
भाग, आफ्नो ज्यान जोगाउनलाई कुद, मरुभूमिमा पोथ्राजस्तै होओ!
7
तिमीहरूले आफ्ना कामहरू र धनहरूमा भरोसा राखेका हुनाले तिमीहरू पनि कैदमा पर्नेछौ, र कमोश आफ्ना पूजाहारी र अधिकारीहरूसँग निर्वासनमा जानेछ।
8
हरेक नगरको विरुद्धमा सर्वनाश गर्ने आउनेछ, र एउटै नगर उम्कनेछैन। बेँसी नष्ट पारिनेछ, र टार नाश गरिनेछ, किनभने परमप्रभुले भन्नुभएको छ।
9
मोआबमा नून छरिदेओ, किनकि त्यो उजाड़ हुनेछ। त्यसका नगरहरू कोही पनि नबस्ने गरी उजाड़ भइजानेछन्।
10
“परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप! आफ्नो तरवारलाई रक्तपात गर्नदेखि रोक्नेलाई सराप!
11
“मोआब युवावस्थादेखि नै आराम गरी बसेको छ। त्यो थिग्रो रहेको दाखमद्यजस्तै छ, जो एउटा भाँड़ाबाट अर्को भाँड़ामा खन्याइएको छैन— त्यो निर्वासनमा गएको छैन। यसैले त्यसको स्वाद अघिजस्तै रहिरहेको छ। त्यसको बास्ना बद्लेको छैन।
12
तर दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब घैँटाबाट खन्याउनेहरूलाई म त्यसकहाँ पठाउनेछु, र उनीहरूले त्यो खन्याउनेछन्। त्यसका घैँटाहरू रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्।
13
जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएल लाजमा पारियो, त्यसरी नै मोआब पनि कमोशदेखि लाजमा पारिनेछ।
14
“‘हामीहरू वीर र शक्तिशाली युद्ध गर्नेहरू हौं’ भनेर तिमीहरू कसरी भन्छौ?
15
मोआब नष्ट पारिनेछ, र त्यसका नगरहरू आक्रमण गरिनेछन्। त्यसका जवानहरूमा सबैभन्दा खाइलाग्दाहरू मारिनलाई जानेछन्,” महाराजा भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो।
16
“मोआबको पतन नजिकै आएको छ, त्यसको सङ्कष्ट एकदमै चाँड़ो आउनेछ।
17
त्यसका चारैतिर बस्नेहरू र त्यसका ख्याति जान्ने सबै त्यसको निम्ति शोक गर, र भन, ‘त्यो शक्तिशाली राजदण्ड भाँचिएको हो! त्यो गौरवको लट्ठी भाँचिएको हो!’
18
“हे दीबोनकी छोरीका बासिन्दा हो, आफ्नो गौरवपूर्ण स्थानबाट ओर्लेर खहरिएको सुक्खा जमिनमा बस्, किनकि मोआबलाई नाश गर्ने तेरो विरुद्धमा आउनेछ। त्यसले तेरा किल्ला भएका सहरहरूलाई सर्वनाश गर्नेछ।
19
हे अरोएरमा बस्नेहरू, बाटोमा खड़ा भएर हेर। भाग्ने पुरुष र उम्कने स्त्रीलाई सोध, ‘के भयो?’ भनी तिनीहरूलाई सोध।
20
मोआब अपमानित भएको छ, किनकि त्यो चूरचूर पारिएको छ। विलाप गर, रोओ! मोआब नष्ट पारियो भनी अर्नोनको किनारमा गएर भन।
21
टारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसाह र मेपातमाथि,
22
दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,
23
किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,
24
किर्योत, बोज्रा र मोआबका नजिक र टाढ़ाका जम्मै सहरहरूमाथि त्यो आएको छ।
25
मोआबको सीङ काटियो, र त्यसको पाखुरा भाँचियो,” परमप्रभु भन्नुहुन्छ।
26
“त्यसलाई मत्त्याओ, किनकि त्यसले परमप्रभुको विरोध गरेको छ। मोआब आफ्नै बान्तामा लड़ीबड़ी खेलोस्, र त्यो ठट्टाको पात्र होस्।
27
के इस्राएल तेरो निम्ति ठट्टाको पात्र भएको थिएन? के त्यो चोरहरूका बीचमा पक्राउ परेको थियो र जब तैंले त्यसको कुरा गर्छस् तब तैंले आफ्नो शिर हल्लाई-हल्लाईकन त्यसको ठट्टा गर्छस्?
28
हे मोआबमा बस्नेहरू हो, तिमीहरूका नगरहरू छोड़ र चट्टानहरूमा बस। गुफाका मुखको छेउमा गुँड़ लाउने ढुकुरजस्ता होओ।
29
“मोआबको घमण्डको बारेमा हामीले सुनेका छौं— त्यसको नचाहिँदो घमण्ड र चढ़ेको शेखी, र त्यसको घमण्डका कुरा अनि त्यसको हृदयको अहङ्कारको बारेमा हामीले सुनेका छौं!
30
त्यसको तुजुक म जान्दछु, तर त्यो व्यर्थको हो, र त्यसको अहङ्कारले केही गर्न सकेको छैन,” परमप्रभु भन्नुहुन्छ।
31
यसैकारण म मोआबको निम्ति विलाप गर्दछु, सारा मोआबको निम्ति म रुन्छु। कीर-हरेशेतका मानिसहरूका निम्ति म शोक गर्दछु।
32
याजेर रोएको जस्तै म तेरो लागि रुन्छु। ए सिब्माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्म पुगे, ती याजेरको समुद्रसम्मै पुगेका छन्। तेरा पाकेका फलहरू र तेरा दाखमा नाश गर्ने आइलागेको छ।
33
मोआबका बगैँचाहरू र खेतहरूबाट आनन्द र रमाहट उठाइलगिए। दाखको कोलबाट मैले दाखको रस बन्द गरिदिएको छु। आनन्दले कराउँदै कसैले त्यो कुल्चँदैन। तिनीहरूको कराइ आनन्दको कराइ होइन।
34
“हेश्बोनबाट तिनीहरू रोएको सोर एलाले र यहाँसम्मै पुगेको छ, सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै, किनकि निम्रीमको पानी पनि सुकिसकेको छ।
35
अल्गा-अल्गा ठाउँहरूमा बलि चढ़ाउने र देवताहरूलाई धूप बाल्नेलाई म मोआबदेखि बिलकुलै खतम पार्नेछु,” परमप्रभु भन्नुहुन्छ।
36
“यसैले बाँसुरीले झैँ मेरो हृदयले मोआबको निम्ति विलाप गर्छ! कीर-हरेशेतका मानिसहरूका निम्ति बाँसुरीले झैँ त्यसले विलाप गर्छ। तिनीहरूले कमाएका धन नष्ट भए।
37
तिनीहरू सबैले कपाल खौरेका छन्, र दाह्री काटेका छन्। हरेकको हात काटेर चिरिएको छ। हरेकले भाङ्ग्राले कम्मर छोपेको छ।
38
मोआबका घरका सबै कौसी-कौसीमा र चोकहरूमा रुवाइबाहेक अरू केही छैन, किनकि कसैले नचाहने भाँड़ाजस्तै मैले मोआबलाई फुटाइदिएको छु,” परमप्रभु भन्नुहुन्छ।
39
“त्यो कस्तो टुक्रा-टुक्रा भएको छ! तिनीहरू कस्तो विलाप गर्दछन्! मोआबले कसरी लाजले आफ्नो पीठ फर्काउँछ! मोआब आफ्ना चारैतिर हुनेहरूका निम्ति हाँसोको र घृणाको पात्र भएको छ।”
40
परमप्रभु यसो भन्नुहुन्छ: “हेर त, एउटा गरुड मोआबमाथि आफ्नो पखेटा फिँजाएर वेगसित आउँदैछ।
41
किर्योत कब्जा गरिनेछ, र किल्लाहरू अधिकार गरिनेछन्। त्यस दिन मोआबका योद्धाहरूका मुटु प्रसववेदनामा परेकी स्त्रीको मुटुजस्तै हुनेछन्।
42
मोआब राज्य नहुने गरी सर्वनाश गरिनेछ, किनभने त्यसले परमप्रभुको विरोध गर्यो।
43
त्रास, खाड़ल र पासोले तँलाई पर्खंदैछन्, हे मोआबका मानिसहरू हो,” परमप्रभु भन्नुहुन्छ।
44
“त्रासदेखि भाग्ने खाड़लमा पर्नेछ। खाड़लदेखि माथि निस्कने पासोमा पर्नेछ। किनकि मोआबमाथि म त्यसको दण्डको वर्ष ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ।
45
“हेश्बोनको छायामा असहाय भएर शरणार्थीहरू अड़िन्छन्। किनकि हेश्बोनबाट एउटा आगो निस्किआएको छ— सीहोनको बीचबाट एउटा ज्वाला। त्यसले मोआबका निधारहरूलाई, र झगड़ा गर्ने अहङ्कारीहरूका थाप्लालाई जलाइदिन्छ।
46
हाय तँलाई, ए मोआब! कमोशका मानिसहरू नष्ट भए, तेरा छोराहरू निर्वासनमा लगिए तेरा छोरीहरू कैदमा।
47
“तापनि आउने दिनहरूमा म मोआबको सुख-शान्ति फेरि फर्काइल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। मोआबको न्याय यहाँ समाप्त हुन्छ।
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 49 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52