bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 1
Numbers 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
1
इस्राएलीहरू मिश्रबाट आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासित बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “समस्त इस्राएली समुदायमा पुरुषहरूको गणना तिनीहरूका वंश-वंश र परिवार-परिवारअनुसार हरेकको नाउँ लेखेर गर्।
3
इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्ती गर्।
4
सबै कुलहरूबाट एक-एक व्यक्ति, प्रत्येक आफ्नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्।
5
तिमीहरूलाई सहयोग दिनेहरूका नाउँ यी नै हुन्: रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर,
6
शिमियोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल।
7
यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन,
8
इस्साखारको कुलबाट सूआरको छोरो नतनेल,
9
जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब,
10
योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा, मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल,
11
बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान,
12
दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर,
13
आशेरको कुलबाट ओक्रानको छोरो पगीएल,
14
गादको कुलबाट दूएलको छोरो एल्यासाप,
15
नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”
16
इस्राएलको समुदायबाट छानिएका आ-आफ्नो पैतृक कुलका नायकहरू यी नै हुन्।
17
माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए,
18
अनि दोस्रो महिनाको पहिलो दिनमा जम्मै समुदायलाई तिनीहरूले एकसाथ भेला गरे। मानिसहरूले आ-आफ्ना पुर्खाको कुल र परिवार जनाए, र बीस वर्ष र त्यसभन्दा उँभोको हरेकको नाउँ दर्ता गरे।
19
परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मोशाले सीनैको उजाड़-स्थानमा तिनीहरूको गणना गरे।
20
इस्राएलका जेठा छोरा रूबेनका सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
21
रूबेनको कुलबाटको संख्या ४६,५०० थियो।
22
शिमियोनको सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
23
शिमियोनको कुलबाटको संख्या ५९,३०० थियो।
24
गादका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
25
गादको कुलबाटको संख्या ४५,६५० थियो।
26
यहूदाका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
27
यहूदाको कुलबाटको संख्या ७४,६०० थियो।
28
इस्साखारको सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
29
इस्साखारको कुलबाटको संख्या ५४,४०० थियो।
30
जबूलूनका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
31
जबूलूनको कुलबाटको संख्या ५७,४०० थियो।
32
योसेफका छोराहरूबाट: एफ्राइमका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
33
एफ्राइमको कुलबाटको संख्या ४०,५०० थियो।
34
मनश्शेका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
35
मनश्शेको कुलबाटको संख्या ३२,२०० थियो।
36
बेन्यामीनका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
37
बेन्यामीनको कुलबाटको संख्या ३५,४०० थियो।
38
दानका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
39
दानको कुलबाटको संख्या ६२,७०० थियो।
40
आशेरका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
41
आशेरको कुलबाटको संख्या ४१,५०० थियो।
42
नप्तालीका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
43
नप्तालीको सन्तानबाटको संख्या ५३,४०० थियो।
44
आ-आफ्नो परिवारका इस्राएलका बाह्र कुलनायकहरू तथा मोशा र हारूनले गन्ती गरेका समस्त मानिसहरूका जनसंख्या यही हो।
45
बीस वर्ष र त्यसभन्दा उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषहरू आ-आफ्नो परिवारअनुसार गन्ती गरियो।
46
तिनीहरूको संख्या जम्मा ६,०३,५५० थियो।
47
लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्।
48
किनभने परमप्रभुले मोशालाई भन्नुभएको थियो,
49
“लेवीको कुलचाहिँ तैंले नगन्नू, र इस्राएलीहरूसँगसँगै तिनीहरूको जनसंख्या नलिनू।
50
तर तैंले लेवीहरूलाई गवाहीको मण्डप र त्यसका सबै सरसामानमाथि नियुक्त गर्नू। मण्डप त्यसका सबै सरसामानसमेत तिनीहरूले नै बोकून्। तिनीहरूले त्यसको रेखदेख गरून्। तिनीहरूले आफ्नो पाल मण्डपकै वरिपरि लगाऊन्।
51
मण्डप अगि लाँदा लेवीहरूले त्यो उखेलून्, र मण्डप खड़ा गर्ने बेलामा लेवीहरूले नै त्यो खड़ा गरून्। मण्डपको नजिक आउने अन्य मानिस मारिओस्।
52
इस्राएलीहरूले आ-आफ्नो दलको समूहभित्र र आफ्नै झन्डाको छेउछाउमा आफ्नो शिविर लगाऊन्।
53
तर लेवीहरूले चाहिँ गवाहीको मण्डपको वरिपरि आफ्नो शिविर लगाऊन्, ताकि इस्राएलीहरूको समुदायमाथि क्रोध नपरोस्। लेवीहरूले नै गवाहीको मण्डपको सेवा-टहलको जिम्मा लिऊन्।”
54
परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम नै इस्राएलीहरूले गरे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36