bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 26
Numbers 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 27 →
1
विपत्तिपछि परमप्रभुले मोशा र हारून पूजाहारीका छोरा एलाजारलाई यसो भन्नुभयो,
2
“इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्छन्, तिनीहरूलाई आ-आफ्नो परिवारअनुसार गन्ती गर्।”
3
तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने,
4
“परमेश्वरले मोशालाई आज्ञा गर्नुभएबमोजिम बीस वर्ष र उँभोका मानिसहरूको गन्ती गर्।” मिश्रबाट निस्केर आएका इस्राएलीहरू यी नै हुन्:
5
इस्राएलका जेठा छोरा रूबेनका सन्तान: हानोकबाट हानोकीहरूको वंश, पल्लुबाट पल्लुईहरूको वंश,
6
हेस्रोनबाट हेस्रोनीहरूको वंश, कर्मीबाट कर्मीहरूको वंश भए।
7
रूबेनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४३,७५० थियो।
8
पल्लुका छोरा एलीआब थिए।
9
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यिनीहरू तिनै दातान र अबीराम, समुदायका पदाधिकारी हुन्, जो कोरहको दलमा मिसिएर मोशा र हारूनसँग झगड़ा गरेर परमप्रभुको विरुद्धमा उठेका थिए।
10
तब धरतीले मुख बाएर तिनीहरूलाई कोरहसँगै निलेको थियो, जुन बेला दुई सय पचास जना आगोले भस्म भएका थिए। तिनीहरू एक दृष्टान्त बनेका थिए।
11
तर कोरहका छोराहरूचाहिँ मरेका थिएनन्।
12
शिमियोनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: नमूएलबाट नमूएलीको वंश, यामीनबाट यामीनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,
13
जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश,
14
शिमियोनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या २२,२०० थियो।
15
गादका सन्तान तिनीहरूका वंश-वंशअनुसार: सेफोनबाट सेफोनीहरूको वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश,
16
ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,
17
अरोदीबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए।
18
गादीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४०,५०० थियो।
19
एर् र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनान देशमा मरे।
20
यहूदाका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेरहातीहरूको वंश भए।
21
फारेसका सन्तान: हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए।
22
यहूदाको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ७६,५०० थियो।
23
इस्साखारका सन्तान तिनीहरूका वंश-वंशअनुसार: तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,
24
याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रोनीहरूको वंश भए।
25
इस्साखारको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ६४,३०० थियो।
26
जबूलूनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीहरूको वंश भए।
27
जबूलूनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ६०,५०० थियो।
28
योसेफका सन्तान मनश्शे र एफ्राइमबाट तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्:
29
मनश्शेका सन्तान: माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका पिता थिए।),
30
गिलादबाट गिलादीहरूको वंश भए। गिलादका सन्तान: ईएजेरबाट ईएजेरीहरूको वंश, हेलेकबाट हेलेकीहरूको वंश,
31
अस्रीएलबाट अस्रीएलीहरूको वंश, शकेमबाट शकेमीहरूको वंश,
32
शमीदाबाट शमीदीहरूको वंश, हेपेरबाट हेपेरीहरूको वंश भए। (हेपेरका छोरा सलोफादको कोही छोरा थिएन, तर छोरीहरू मात्र थिए।
33
सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए।)
34
मनश्शेको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ५२,७०० थियो।
35
एफ्राइमका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शूतेलहबाट शूतेलहीहरूको वंश, बेकेरबाट बेकेरीहरूको वंश, तहनबाट तहनीहरूको वंश भए।
36
शूतेलहका सन्तान: एरानबाट एरानीहरूको वंश भयो।
37
एफ्राइमको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ३२,५०० थियो। योसेफका सन्तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्।
38
बेन्यामीनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: बेलाबाट बेलाहीहरूको वंश, अश्बेलबाट अश्बेलीहरूको वंश, अहीरामबाट अहीरामीहरूको वंश,
39
शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूको वंश भए।
40
आर्द र नामानबाट बेलाका सन्तान: आर्दबाट आर्दीहरूको वंश, नामानबाट नामानीहरूको वंश भए।
41
बेन्यामीनको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४५,६०० थियो।
42
दानका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शूहामबाट शूहामीहरूको वंश भयो। दानको कुलका वंशहरू यी नै हुन्।
43
यी सबै शूहामीहरूका वंशहरू भए। तिनीहरूको संख्या ६४,४०० थियो।
44
आशेरका सन्तान तिनीहरूका वंश-वंशअनुसार: यिम्नाबाट यिम्नीहरूको वंश, यिश्वीबाट यिश्वीहरूको वंश, बरीआबाट बरीअतीहरूको वंश भए,
45
अनि बरीआका सन्तानबाट: हेबेरबाट हेबेरीहरूको वंश, मल्कीएलबाट मल्कीएलीहरूको वंश भए।
46
(आशेरकी छोरीको नाउँ सेरह थियो।)
47
आशेरको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ५३,४०० थियो।
48
नप्तालीका सन्तान तिनीहरूको वंश-वंशअनुसार: यहसीलबाट यहसीलीहरूको वंश, गुनीबाट गुनीहरूको वंश,
49
येसेरबाट येसेरीहरूको वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए।
50
नप्तालीको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४५,४०० थियो।
51
इस्राएलीहरूका पुरुषहरूको जम्मा संख्या ६,०१,७३० थियो।
52
परमप्रभुले मोशालाई भन्नुभयो,
53
“तिनीहरूका नाउँको संख्याअनुसार देश तिनीहरूका अधिकारको निम्ति बाँड़िओस्।
54
ठूलो कुललाई ठूलै भूमि र सानो कुललाई सानै भूमि गरी तैंले दिनू। एक-एक कुललाई त्यसका मानिसको संख्याअनुसार अधिकार दिइओस्।
55
तापनि त्यो देश चिट्ठा हालेरै बाँड़िओस्। तिनीहरूका आ-आफ्ना पुर्खाका कुलको नाउँअनुसार तिनीहरूले अधिकार गरून्।
56
ठूला र सानाका बीचमा अधिकार चिट्ठा हालेर नै बाँड़िओस्।”
57
तिनीहरूका वंश-वंशअनुसार गनिएका लेवीहरू यी नै हुन्: गेर्शोनबाट गेर्शोनीहरूको वंश, कहातबाट कहातीहरूको वंश, मरारीबाट मरारीहरूको वंश भए।
58
लेवीको कुलका वंशहरू यी पनि हुन्: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश, (कहात अम्रामका पुर्खा थिए।
59
अम्रामकी पत्नीको नाउँ योकेबेद थियो। तिनीचाहिँ लेवीको कुलबाट मिश्रदेशमा जन्माइएकी छोरी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्।
60
नादाब, अबीहू, एलाजार र ईतामार हारूनका छोराहरू थिए।
61
तर नादाब र अबीहूचाहिँ परमप्रभुको सामु अन्य अग्निद्वारा बलि चढ़ाउँदा मरेका थिए।)
62
एक महिना र त्यसभन्दा माथिका लेवी पुरुषहरूको संख्या २३,००० थियो। तिनीहरू अरू इस्राएलीहरूका साथमा गनिएका थिएनन्, किनभने इस्राएलीहरूका बीचमा तिनीहरूलाई कुनै अधिकार दिइएको थिएन।
63
मोशा र एलाजार पूजाहारीबाट गनिएका सबै यिनीहरू नै थिए। तिनीहरूले इस्राएलीहरूलाई यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा गनेका थिए।
64
तर यिनीहरूमध्ये मोशा र हारून पूजाहारीले सीनैको उजाड़-स्थानमा गनेका इस्राएलीहरूमा एउटै पनि थिएन,
65
किनभने “तिनीहरू उजाड़-स्थानमा नै मर्नेछन्” भनी परमप्रभुले भन्नुभएको थियो। यपुन्नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्येको एउटै मानिस पनि जीवित थिएन।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36