bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 32
Numbers 32
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 33 →
1
रूबेन र गादका सन्तानका बथानका बथान गाईबस्तु थिए। तिनीहरूले याजेर र गिलाद गौचरनको लागि उपयुक्त रहेछन् भनी देखे।
2
यसैले गाद र रूबेनका सन्तान मोशा, एलाजार पूजाहारी र समुदायका नायकहरूकहाँ आएर यसो भने,
3
“अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन—
4
जुन देशलाई परमप्रभुले इस्राएलीहरूका समुदायको सामु नष्ट गर्नुभएको थियो यी देश गौचरनको लागि उपयुक्त रहेछन्। हामीसँग गाईबस्तु पनि छन्।
5
यदि हामीमाथि तपाईंको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्। हामीलाई यर्दन पारि चाहिँ नलैजानुहोस्।”
6
मोशाले गाद र रूबेनका सन्तानलाई भने, “तिमीहरूका दाजुभाइ उता लड़ाइँमा जाँदा तिमीहरूचाहिँ यता ढुक्कै बस्छौ?
7
परमप्रभुले दिनुभएको पारिपट्टिको देशतिर जान इस्राएलीहरूका चित्त तिमीहरू किन खलबलाइदिन्छौ?
8
कादेश-बर्नेबाट मैले तिमीहरूका बुबाहरूलाई यो देशको चेवा गर्न पठाउँदा तिमीहरूका बुबाहरूले यसै गरेका थिए।
9
जब तिनीहरू एश्कोलको बेँसीमा गएर यो देश देखे, तब परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाऊन् भनी तिनीहरूले इस्राएलीहरूका चित्त खलबल पारिदिएका थिए।
10
त्यस दिन परमप्रभु क्रोधित हुनुभयो, र यसो भनेर शपथ खानुभएको थियो:
11
‘मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका बीस वर्ष र उँभोका कोही पनि पस्न पाउनेछैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्।
12
कनज्जी यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू मात्र पस्न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्पूर्ण रूपले परमप्रभुलाई पछ्याए’।
13
इस्राएलीहरूसँग परमप्रभु क्रोधित हुनुभयो, र परमप्रभुको दृष्टिमा दुष्टता गर्ने पुस्ताका जम्मै नष्ट नहोउञ्जेल चालीस वर्षसम्म उहाँले तिनीहरूलाई उजाड़-स्थानमा यताउता डुलाउनुभयो।
14
“ए पापिष्ठका सन्तान! इस्राएलतर्फ परमप्रभुको अझ धेरै भयानक क्रोध फेरि जगाउनलाई तिमीहरू उठेका छौ।
15
तिमीहरूले उहाँलाई पछ्याउन इन्कार गर्यौ भने, उहाँले यी सारा मानिसहरूलाई फेरि उजाड़-स्थानमै त्याग्नुहुनेछ र तिनीहरूका विनाशको कारण तिमीहरू बन्नेछौ।”
16
तब तिनीहरू मोशाको नजिक आएर भने, “हामी आफ्ना भेड़ाहरूका निम्ति खोर अनि आफ्ना स्त्री र बालबच्चाका निम्ति सहरहरू यहाँ बनाउन चाहन्छौं,
17
तर हामी आफैचाहिँ इस्राएलीहरूलाई तिनीहरूका ठाउँमा नपुर्याउञ्जेल तिनीहरूका अगि लागेर सशस्त्र जान तयार छौं। यसै बीचमा हाम्रा स्त्री र बालबच्चाहरूचाहिँ यस मुलुकका मानिसहरूबाट ती सहरहरूका पर्खालभित्र सुरक्षित रहनेछन्।
18
इस्राएलको हरेक मानिसले आफ्नो अधिकारको हिस्सा नपाउञ्जेल हामी घर फर्कनेछैनौं।
19
यर्दन पारिपट्टि र त्यसदेखि उता तिनीहरूसित हामीहरू हिस्सा लिनेछैनौं, किनकि हाम्रो अधिकारको हिस्सा यर्दन वारि पूर्वपट्टि नै परेको छ।”
20
तब मोशाले तिनीहरूलाई भने, “ठीकै छ। यदि परमप्रभुको सामुन्ने तिमीहरू सशस्त्र लड़ाइँमा जान्छौ,
21
अनि यदि परमप्रभुले आफ्ना शत्रुहरूलाई धपाएर देश परास्त नगरुञ्जेल तिमीहरू परमप्रभुको अगि सशस्त्र यर्दन पारि गयौ भने,
22
जब परमप्रभुको सामुन्ने त्यो देश वशमा हुन्छ, तब तिमीहरू फर्कन सक्छौ। अनि परमप्रभु र इस्राएलतर्फ तिमीहरूको कर्तव्यबाट तिमीहरू मुक्त हुनेछौ। तब यो मुलुक परमप्रभुको सामु तिमीहरूको अधिकारमा आउनेछ।
23
“तर तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ, र तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ।
24
तिमीहरूका स्त्री र बालबच्चाका निम्ति सहरहरू र भेड़ाबाख्राका निम्ति खोरहरू बनाओ, तर तिमीहरूले गरेका प्रतिज्ञा पनि पूरा गर।”
25
तब गाद र रूबेनका सन्तानले मोशालाई भने, “हजूरले आज्ञा गर्नुभएअनुसार हामीहरू गर्नेछौं।
26
हाम्रा बालकहरू, पत्नीहरू, भेड़ाबाख्रा र गाई-गोरु सबै यहीँ गिलादका सहरहरूमा रहनेछन्।
27
तर हजूरका दासहरू तपाईंको आज्ञाअनुसार परमप्रभुको सामु लड़ाइँ गर्न सशस्त्र पारि जानेछौं।”
28
तब मोशाले तिनीहरूका विषयमा एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलका परिवारका मुखियाहरूलाई आज्ञा दिए।
29
मोशाले तिनीहरूलाई यसो भने, “गाद र रूबेनका सन्तान तिमीहरूका साथमा परमप्रभुको सामु लड़ाइँमा सशस्त्र यर्दन पारि गए भने, जब देश तिमीहरूको कब्जामा आउनेछ तब तिमीहरूले गिलाद देश तिनीहरूको अधिकारमा दिनू।
30
तर तिनीहरू अस्त्र उठाएर तिमीहरूका साथमा पारि जान मानेनन् भने, तिनीहरूले तिमीहरूसँग कनान देशमै अधिकारको हिस्सा पाउनेछन्।”
31
गाद र रूबेनका सन्तानले यसो भने, “परमप्रभुले हामीलाई जे भन्नुभएको छ हामी गर्नेछौं।
32
हामीहरू हातहतियार भिरेर परमप्रभुको सामु पारि कनान देशमा जानेछौं, तर हाम्रो अधिकारको भाग हामीलाई यर्दन वारि नै होस्।”
33
तब मोशाले गाद र रूबेनका सन्तान र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य, उनीहरूका सिमानाभित्र पर्ने सहरहरूसमेत— सम्पूर्ण देश दिए।
34
तब गादका सन्तानले दीबोन, अतारोत, अरोएर,
35
अत्रोत-शोपान, याजेर योगबहा,
36
बेथ-निम्रा, बेथ-हारान— यी पर्खालले घेरेका सहरहरू बनाए, र भेड़ाबाख्राका निम्ति खोरहरू बनाए।
37
रूबेनका सन्तानले हेश्बोन, एलाले र किर्यातैम,
38
नेबो, बाल-मोन (यिनीहरूका नाउँ बद्लिएका छन्), र सिब्मा बनाए, र तिनीहरूले आफूले बनाएका सहरहरूका नाउँ राखे।
39
मनश्शेका छोरा माकीरका सन्तान गिलादमा गए, र त्यो कब्जा गरेर त्यहाँ भएका एमोरीहरूलाई निकालिदिए।
40
यसकारण मोशाले मनश्शेका छोरा माकीरका सन्तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्यहीँ नै बसोबास गरे।
41
मनश्शेका सन्तान याईर गएर त्यसका बस्तीहरू कब्जा गरे, र ती सबको नाउँ हब्बात-याईर राखे।
42
अनि नोबहचाहिँ गएर केनात र त्यसका बस्तीहरू कब्जा गरे, र ती सबलाई आफ्नै नाउँ नोबह दिए।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36