bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 30
Numbers 30
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 31 →
1
मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो:
2
कुनै मानिसले परमप्रभुको निम्ति भाकल गर्यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्यसले आफ्नो वचन भङ्ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नैपर्छ।
3
“आफ्ना बुबाको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्ति भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्छे,
4
र त्यो भाकल वा वाचाबन्धन सुनेर पनि त्यसका बुबा चूप लागी बस्छन्, तब त्यो शपथ वा वाचाबन्धन कायम रहनेछ।
5
तर बुबाले त्यो सुनेको दिन त्यसको विरोध गर्यो भने, त्यसको शपथ अथवा वाचाबन्धन रद्द हुनेछ। त्यसका बुबाले नै विरोध जनाएका हुनाले परमप्रभुले त्यसलाई क्षमा गर्नुहुनेछ।
6
“त्यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्यसको विवाह भयो,
7
अनि त्यसको पतिले त्यो चाल पाएको दिनमा चूप लागी बस्यो भने, त्यो भाकल वा वाचाबन्धन कायम रहनेछ।
8
तर त्यसको पतिले त्यो चाल पाएको दिन आफ्नो विरोध जाहेर गर्यो भने, त्यसको भाकल वा वाचाबन्धन रद्द हुनेछ, अनि परमप्रभुले त्यस स्त्रीलाई क्षमा गर्नुहुनेछ।
9
“विधवा र पतिसँग छुट्टिएकी स्त्रीले गरेको भाकल वा वाचाबन्धनचाहिँ कायम रहनेछ।
10
“कुनै स्त्रीले आफ्नो पतिको घरमा आइसकेर कुनै भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्छे,
11
र त्यो भाकल वा वाचाबन्धन सुनेर पनि त्यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्यो भाकल वा वाचाबन्धन कायम रहनेछ।
12
तर त्यसको पतिले त्यो सुनेको दिनमा त्यसको भाकल वा वाचाबन्धन रद्द गर्छ भने, त्यसको मुखबाट निस्केको वचन निरर्थक हुनेछ। परमप्रभुले त्यस स्त्रीलाई क्षमा गर्नुहुनेछ।
13
पत्नीले आफैलाई इन्कार गर्न कुनै भाकल वा वाचाबन्धनलाई त्यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्छ।
14
तर यदि त्यसको पतिले आफ्नी पत्नीको भाकल वा वाचाबन्धनको बारेमा दिनदिनै चूपै रहन्छ भने, उसले त्यो पक्का गर्छ। सुनेपछि पनि ऊ चूप लागेको हुनाले त्यो स्वीकृति दिएको बराबर हो।
15
तर सुनेको अलिक समयपछि त्यो कुरा उसले रद्द गर्यो भने, त्यस स्त्रीको दोषको उत्तरदायी ऊ नै हुनेछ।”
16
पति, पत्नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्बन्धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36