bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 10
Numbers 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 11 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“दुई वटा चाँदीका तुरहीहरू बना। ती पिटेर बनाइएका होऊन्। समुदायलाई भेला गराउँदा र शिविरबाट प्रस्थान गर्दा ती प्रयोग गर्नू।
3
ती दुवै फुक्दा सारा समुदाय भेट हुने पालको ढोकामा तँकहाँ भेला होऊन्।
4
तर एउटा मात्र फुक्दा नेताहरू, अर्थात् इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्।
5
जब जनाउ-ध्वनि बजाइन्छ, तब पूर्वपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्।
6
जब दोस्रो पल्ट जनाउ-ध्वनि बजाइन्छ, तब दक्षिणपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। जनाउ-ध्वनि प्रस्थानको लागि सङ्केत हुनेछ।
7
समुदाय भेला गर्ने समयमा पनि फुक्नू, तर जनाउ-ध्वनि उस्तै नहोस्।
8
“हारूनका छोराहरू, पूजाहारीले नै तुरहीहरू फुक्ने गरून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताका लागि अनन्तको विधि होस्।
9
आफ्नै देशमा तिमीहरूमाथि थिचोमिचो गर्ने शत्रुका विरुद्धमा तिमीहरू लड़ाइँ गर्न जाँदा तिमीहरूले तुरहीद्वारा जनाउ-ध्वनि फुक्नू। तब परमप्रभु तिमीहरूका परमेश्वरको सामु तिमीहरूको सम्झना हुनेछ, र तिमीहरूका शत्रुहरूबाट तिमीहरूको रक्षा हुनेछ।
10
तिमीहरूका हर्षका दिनमा— तिमीहरूका तोकिएका चाड़हरू र औंसीका चाड़हरूमा— आफ्ना होमबलि र मेलबलिहरू चढ़ाउँदा तिमीहरूले तुरही बजाउनू, र आफ्ना परमेश्वरको सामुन्ने ती तिमीहरूका सम्झनाको निम्ति होऊन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
11
दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा गवाहीको मण्डपमाथिबाट बादल हट्यो।
12
सीनैको उजाड़-स्थानबाट प्रस्थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो।
13
पहिलो पटक मोशाद्वारा परमप्रभुले दिनुभएको आज्ञाअनुसार तिनीहरूले आफ्नो यात्रा सुरु गरे।
14
पहिले यहूदाका शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्व गरे।
15
इस्साखारका कुलको दलअगि सूआरका छोरा नतनेल थिए।
16
जबूलूनका कुलको दलअगि हेलोनका छोरा एलीआब थिए।
17
तब पवित्र वासस्थान उठाइयो, र त्यो बोकेर गेर्शोनीहरू र मरारीहरू अगि बढ़े।
18
त्यसपछि रूबेनको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। शदेऊरका छोरा एलीसूरले दलहरूको नेतृत्व गरे।
19
शिमियोनका कुलको दलअगि सूरीशद्दैका छोरा शलूमीएल थिए,
20
अनि गादका कुलको दलअगि दूएलका छोरा एल्यासाप थिए।
21
तब कहातीहरू पवित्र कुरा बोकेर अगि लागे। तिनीहरू आइपुग्नुभन्दा पहिले पवित्र वासस्थान उभ्याइसकेको हुनुपर्थ्यो।
22
त्यसपछि एफ्राइमको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीहूदका छोरा एलीशामाले दलहरूको नेतृत्व गरे।
23
मनश्शेका कुलको दलअगि पदासूरका छोरा गमलिएल थिए,
24
अनि बेन्यामीनका कुलको दलअगि गिदेओनीका छोरा अबीदान थिए।
25
त्यसपछि सबैभन्दा पछाड़ि रहेको दानको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीशद्दैका छोरा अहीएजेरले दलहरूको नेतृत्व गरे।
26
आशेरका कुलको दलअगि ओक्रानका छोरा पगीएल थिए,
27
अनि नप्तालीका कुलको दलअगि एनानका छोरा अहीरा थिए।
28
आ-आफ्ना दलबलअनुसार इस्राएलीहरू यसरी प्रस्थान गरे।
29
अनि मोशाले आफ्ना ससुरा मिद्यानी रूएलका छोरा होबाबलाई भने, “परमप्रभुले हामीलाई दिनेछु भन्नुभएको ठाउँमा हामी जाँदैछौं। तपाईं पनि हामीसितै आउनुहोस्, हामी तपाईंलाई हित नै गर्नेछौं, किनभने परमप्रभुले इस्राएलको बारेमा शुभ प्रतिज्ञा गर्नुभएको छ।”
30
तर उनले तिनलाई भने, “म जान्नँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।”
31
तर मोशाले भने, “बिन्ती छ, हामीलाई नछोड्नुहोस्। तपाईंलाई हामीले उजाड़-स्थानमा कहाँ-कहाँ छाउनी हाल्नुपर्छ सो थाहा छ, अनि तपाईं हाम्रा निम्ति आँखा हुन सक्नुहुनेछ।
32
तपाईं हामीसँग आउनुभयो भने परमप्रभुले हामीलाई जे दिनुहुन्छ हामी तपाईंसित बाँड्नेछौं।”
33
अनि परमप्रभुको डाँड़ाबाट तिनीहरूले तीन दिनसम्म यात्रा गरे। अनि परमप्रभुका करारको सन्दूक बोक्नेहरू तिनीहरूका निम्ति वास बस्ने ठाउँ खोज्न ती तीन दिनसम्म अगिअगि गए।
34
तिनीहरू छाउनीबाट हिँड्दा परमप्रभुको बादल दिउँसो तिनीहरूमाथि रहन्थ्यो।
35
जब सन्दूक अगि लगिन्थ्यो, तब मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस्, तपाईंका शत्रुहरू तितरबितर होऊन्। तपाईंलाई तिरस्कार गर्नेहरू तपाईंका अगिअगि भागून्।”
36
अनि सन्दूकले विश्राम गर्दा तिनले यसो भन्थे, “हे परमप्रभु, इस्राएलका हजारौँ हजारकहाँ फर्केर आउनुहोस्।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36