bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 33
Numbers 33
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
1
मोशा र हारूनको नेतृत्वमा रहेर मिश्रबाट इस्राएलीहरू दल-दल गरी आउँदा तिनीहरूका यात्राको विवरण यही हो।
2
यात्राका विभिन्न भागमा परमप्रभुको आज्ञाअनुसार मोशाले यात्रा प्रारम्भ गर्ने ठाउँहरूका नाउँ लेखे। तिनीहरूका यात्राको विवरण यस प्रकार छ:
3
पहिलो महिनाको पन्ध्रौँ दिनमा तिनीहरू रामसेसबाट यात्रा गरे। निस्तार-चाड़को भोलिपल्ट इस्राएलीहरू सारा मिश्रीहरूका आँखा अगि धूमधामसँग निस्के।
4
त्यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्ना जेठा-जेठा सन्तानहरू गाड्न लागेका थिए। किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्याय गर्नुभएको थियो।
5
इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा पुगी वास बसे।
6
तिनीहरू सुक्कोतबाट हिँड़ेर उजाड़-स्थानको किनारको एथाममा वास बसे।
7
एथामबाट हिँड़ेर बाल-सेफोनका पूर्वपट्टिको पी-हहीरोतमा फर्के, र मिग्दोलको नजिकै वास बसे।
8
तिनीहरू पी-हहीरोतबाट निस्केर समुद्रको बीचबाट भएर उजाड़-स्थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्थानमा हिँड़ेर मारामा वास बसे।
9
माराबाट हिँड़ेर एलीममा गए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूख थिए। तिनीहरू त्यहीँ वास बसे।
10
तिनीहरू एलीमबाट हिँड़ेर लाल समुद्रनेर वास बसे।
11
तिनीहरू लाल समुद्रबाट हिँड़ेर सीनको उजाड़-स्थानमा वास बसे।
12
तिनीहरू सीनको उजाड़-स्थानबाट हिँड़ेर दोफकामा वास बसे।
13
तिनीहरू दोफकाबाट हिँड़ेर आलूशमा वास बसे।
14
तिनीहरू आलूशबाट हिँड़ेर रपीदीममा वास बसे, जहाँ मानिसहरूका निम्ति पिउने पानी थिएन।
15
तिनीहरू रपीदीमबाट हिँड़ेर सीनैको उजाड़-स्थानमा वास बसे।
16
तिनीहरू सीनैको उजाड़-स्थानबाट हिँड़ेर किब्रोथ-हत्तावामा वास बसे।
17
तिनीहरू किब्रोथ-हत्तावाबाट हिँड़ेर हसेरोतमा वास बसे।
18
तिनीहरू हसेरोतबाट हिँड़ेर रित्मामा वास बसे।
19
तिनीहरू रित्माबाट हिँड़ेर रिम्मोन-फारेसमा वास बसे।
20
तिनीहरू रिम्मोन-फारेसबाट हिँड़ेर लिब्नामा वास बसे।
21
लिब्नाबाट हिँड़ेर रिस्सामा वास बसे।
22
तिनीहरू रिस्साबाट हिँड़ेर केहेलातामा वास बसे।
23
तिनीहरू केहेलाताबाट हिँड़ेर शेपेर डाँड़ामा वास बसे।
24
तिनीहरू शेपेर डाँड़ाबाट हिँड़ेर हरादामा वास बसे।
25
तिनीहरू हरादाबाट हिँड़ेर मखेलोतमा वास बसे।
26
मखेलोतबाट हिँड़ेर तहतमा वास बसे।
27
तिनीहरू तहतबाट हिँड़ेर तेरहमा वास बसे।
28
तिनीहरू तेरहबाट हिँड़ेर मित्कामा वास बसे।
29
तिनीहरू मित्काबाट हिँड़ेर हशमोनामा वास बसे।
30
तिनीहरू हशमोनाबाट हिँड़ेर मसेरोतमा वास बसे।
31
तिनीहरू मसेरोतबाट हिँड़ेर बने-याकानमा वास बसे।
32
तिनीहरू बने-याकानबाट हिँड़ेर होर-हगिदगादमा वास बसे।
33
तिनीहरू होर-हगिदगादबाट हिँड़ेर योतबातामा वास बसे।
34
तिनीहरू योतबाताबाट हिँड़ेर अब्रोनामा वास बसे।
35
तिनीहरू अब्रोनाबाट हिँड़ेर एस्योन-गेबेरमा वास बसे।
36
तिनीहरू एस्योन-गेबेरबाट हिँड़ेर जीनको उजाड़-स्थानमा भएको कादेशमा वास बसे।
37
तिनीहरू कादेशबाट हिँड़ेर एदोम देशको सिमानामा भएको होर पर्वतमा वास बसे।
38
त्यहाँ हारून पूजाहारी परमप्रभुको आज्ञा पाएर होर पर्वतमा उक्लेर गए, र इस्राएलीहरू मिश्रदेशबाट निस्केका चालीस वर्षपछि पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।
39
होर पर्वतमा तिनको मृत्यु हुँदा हारून एक सय तेईस वर्ष पुगेका थिए।
40
कनानको नेगेव भनिने देशमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू आउँदैछन् भन्ने कुरा सुने।
41
तिनीहरू होर पर्वतबाट हिँड़ेर सलमोनामा वास बसे।
42
तिनीहरू सलमोनाबाट हिँड़ेर पूनोनमा वास बसे।
43
तिनीहरू पूनोनबाट हिँड़ेर ओबोतमा वास बसे।
44
तिनीहरू ओबोतबाट हिँड़ेर मोआबको सिमानामा भएको इयेअबारीममा वास बसे।
45
तिनीहरू इयीमबाट हिँड़ेर दीबोनगादमा वास बसे।
46
तिनीहरू दीबोन-गादबाट हिँड़ेर अल्मोन-दिब्लातैममा वास बसे।
47
तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँड़ेर नेबोनेरका अबारीमका पहाड़हरूमा वास बसे।
48
तिनीहरू अबारीमका पहाड़हरूबाट हिँड़ेर यर्दन नदीको किनारमा यरीहोदेखि पारि मोआबको मैदानमा वास बसे।
49
यर्दन नदीको किनारनेर मोआबको मैदानमा बेथ-यशीमोतदेखि लिएर हाबिल-शित्तिमसम्मै तिनीहरू वास बसे।
50
तब यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो,
51
“इस्राएलीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्छौ,
52
तब तिमीहरूले त्यस देशका बासिन्दाहरू सबैलाई त्यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्काइदिनू।
53
त्यो देश कब्जा गरेर तिमीहरू त्यहीँ बसोबास गर्नू, किनभने त्यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु।
54
तिमीहरूले आ-आफ्ना वंशअनुसार त्यस देशमा चिट्ठा हालेर हिस्सा बाँड्नू। धेरै परिवार हुने वंशलाई ठूलो अधिकार दिनू, र थोरै परिवार हुने वंशलाई तिमीहरूले सानै अधिकार दिनू। जसको चिट्ठा जहाँ पर्छ त्यो त्यसकै होस्। तिमीहरूका पुर्खाका कुलअनुसार तिमीहरूले हिस्सा बाँड्नू।
55
“‘तर तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने, रहन दिएकाहरूचाहिँ तिमीहरूका आँखामा परेका छेस्का र जीउमा बिझेका काँढ़ाजस्तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दु:ख दिनेछन्।
56
अनि मैले उनीहरूलाई जे गरुँला भनी ठानेको थिएँ, त्यो म तिमीहरूलाई गर्नेछु’।”
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36